Posts

एकाइ ८ कक्षा १२ पाठ१ सरकारको गठन प्रकृया नेपालको शासन प्रणालीको परिचय:

एकाइ ८  कक्षा १२  पाठ१  सरकारको गठन प्रकृया नेपालको शासन प्रणालीको परिचय: नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो। २०६५ सालमा राजतन्त्र अन्त्य भई नेपाल गणतन्त्रमा रूपान्तरण भएको हो। देशमा संघीय प्रणाली लागू भएको छ, जसमा तीन तहका सरकार छन्— संघीय, प्रदेश, र स्थानीय। नेपालको संविधान, २०७२ अनुसार, देशमा बहुदलीय प्रणाली, जनप्रतिनिधिहरूको शासन, र समावेशी लोकतन्त्र लागू गरिएको छ। राष्ट्राध्यक्षको व्यवस्था: नेपालको राष्ट्राध्यक्ष राष्ट्रपति हुन्, जो देशको प्रमुख प्रतीकात्मक पदाधिकारी हुन्। राष्ट्रपति कार्यकारी प्रमुख होइनन्, तर संवैधानिक परम्पराहरू पालन गर्दै देशको एकता र अखण्डताको प्रतीकका रूपमा रहन्छन्। राष्ट्रपति संसदद्वारा निर्वाचित हुन्छन्। राष्ट्रपतिको निर्वाचनका लागि फरक-फरक लिङ्ग वा समुदायका प्रतिनिधित्वलाई प्राथमिकता दिइन्छ। राष्ट्रपतिले सरकारको सिफारिसमा संवैधानिक दायित्वहरू पूरा गर्छन्। राष्ट्रपतिको भूमिका अधिकतर औपचारिक र संवैधानिक सीमामा सीमित छ यसरी, नेपालमा कार्यकारी अधिकार प्रधानमन्त्रीसँग भए पनि राष्ट्रपति राष्ट्रको सम्मानजनक प्रतीक हुन्। संङ्घिय सरकार गठन प्रकृया...

एकाइ ७ पाठ २ कक्षा१२ १. लिङ्ग र लैङ्गिकता लिङ्ग (Sex):

  एकाइ ७ पाठ २ कक्षा१२ १. लिङ्ग र लैङ्गिकता लिङ्ग (Sex): जैविक आधारमा पुरुष र महिलाको पहिचान। जन्मजात अंग, हर्मोन, र गुणसूत्रको आधारमा निर्धारण गरिन्छ। यो प्राकृतिक हो र परिवर्तन गर्न सकिंदैन। लैङ्गिकता (Gender): सामाजिक, सांस्कृतिक, र व्यवहारजन्य आधारमा पुरुष, महिला, वा अन्य लैङ्गिक पहिचान। यो समय र समाज अनुसार परिवर्तनशील हुन्छ। २. महिला, पुरुष, लैङ्गिक अल्पसंख्यक र सामाजिक लैङ्गिकता सामाजिक लैङ्गिकता (Gender Roles) भन्नाले महिलालाई कोमल, पुरुषलाई बलियो, र लैङ्गिक अल्पसंख्यकलाई पन्छाउने संस्कारले बनाएको भूमिका र अपेक्षालाई जनाउँछ। महिलाहरूलाई घरायसी काममा सीमित राख्ने, पुरुषलाई आर्थिक उत्तरदायित्व दिने, र अल्पसंख्यकलाई अस्वीकार गर्ने प्रवृत्तिहरू समाजमा देखिन्छ। ३. लैङ्गिक सवालको अवधारणा लैङ्गिक सवालले समाजमा लैङ्गिक असमानताका कारण उत्पन्न समस्याहरूको अध्ययन र समाधानमा जोड दिन्छ। यसले अधिकार, समानता, न्याय, र अवसरको पहुँच सुनिश्चित गर्न महिलासँगै पुरुष र लैङ्गिक अल्पसंख्यकलाई पनि समेट्नुपर्ने कुरा उठान गर्छ। ४. बेइजिङ घोषणापत्रले निर्धारण गरेका महिला सरोकारका क्षेत्रहरू 1995 मा भ...

एकाइ ७ पाठ ३ कक्षा १२ १. लैङ्गिक समावेशिताको परिचय

  एकाइ ७ पाठ ३ कक्षा १२ १. लैङ्गिक समावेशिताको परिचय लैङ्गिक समावेशिता भन्नाले महिला, पुरुष, लैङ्गिक अल्पसंख्यक लगायत सबैलाई समाजका हरेक क्षेत्रमा समान अवसर र सहभागिताको सुनिश्चितता गर्ने प्रक्रियालाई जनाउँछ। यसले लैङ्गिक असमानता अन्त्य गर्दै सबैलाई समान अधिकार, सम्मान, र पहिचान दिलाउन ध्यान केन्द्रित गर्छ। लक्ष्य: लैङ्गिक समानता स्थापना। हरेक व्यक्ति आफ्नो क्षमता अनुसार समाजमा योगदान पुर्याउन पाउने व्यवस्था। भेदभावमुक्त समाजको निर्माण। २. लैङ्गिक समावेशिताको विकासमा योगदान दिने मुख्य व्यक्ति मेरि वोल्स्टनक्राफ्ट (Mary    Wollstonecraft): पहिलो पटक महिलाको अधिकारका लागि आवाज उठाउने विचारक। उनले "A Vindication of the Rights of Woman" पुस्तक लेखेर शिक्षामा महिलाको समान अधिकारको वकालत गरिन्। एम्मेलिन प्यान्कहर्स्ट (Emmeline Pankhurst): ब्रिटेनमा महिला मताधिकार आन्दोलनकी अगुवा। उनले महिलाको राजनीतिक अधिकार सुनिश्चित गर्न योगदान पुर्याइन्। सिमोन द बोउवार (Simone de Beauvoir): "The Second Sex" लेखेर महिला सशक्तीकरण र लैङ्गिक समानताका लागि बौद्धिक आधार प्रदान गरिन्। ३. पहि...

एकाइ ७ पाठ ४ कक्षा १२ अपाङ्गता र समावेसिकरण अपाङ्गताको परिचय

 एकाइ ७ पाठ ४ कक्षा १२ अपाङ्गता र समावेसिकरण अपाङ्गताको परिचय अपाङ्गता भन्नाले जन्मजात वा पछि प्राप्त विभिन्न शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी कमजोरी जसले व्यक्तिको दैनिक जीवनमा कठिनाइ उत्पन्न गर्छ, त्यसलाई जनाउँछ। अपाङ्गता भएका व्यक्ति समाजमा अन्य व्यक्तिहरू जस्तै अवसर र पहुँचको हकदार भए पनि प्रायः उपेक्षा, भेदभाव र सीमित स्रोतका कारण चुनौतीहरूको सामना गर्न बाध्य हुन्छन्।यस्ता व्यक्तिहरूलाई आत्मसम्मान र समान अवसर प्रदान गर्दै, उनीहरूको लागि अनुकूल वातावरण सिर्जना गर्नु समाजको दायित्व हो। ‘अपाङ्गता भएका र आर्थिक रूपमा विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ। दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर र बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाका माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ। अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने तथा सार्वजनिक सेवा र सुविधामा समान पहुँच हुने व्यवस्था हुनेछ। नेपालको संविधान “तसर्थ अन्धा, अपाङ्ग, बहिरा तथा सुस्त मनस्थित भएका व्यक्तिलाई नेपालभरि...

model questions class 11

    सेट ४:  समूह क अति सक्षिप्त उत्तरात्मक प्रश्नहरू : १. जीवनोपयोगी शिक्षामा प्रयोग हुने कुनै दुई सिपहरू प्रस्तुत गर्नुहोस् । २. सर्च इन्जिन भनेको के हो? एक वाक्यमा लेख्नुहोस् । ३. टोलीकार्यबाट नेतृत्व सिप विकास गर्भ कसरी मद्दत पुगेको हुन्छ ? प्रस्तुत गर्नुहोस् । ४. सामाजिक सञ्जालको प्रयोग गर्दा के कस्तो साइवर नैतिकता तपाईंले प्रर्दशन गर्नुहुन्छ ? दुईओटा उदाहरण प्रस्तुत गर्नुहोस् । ५. बहुसांस्कृतिकता भनेको के हो ? ६. तपाईं इटालीको व्यवसायिक कृषक हुनुभएको भए फलफूल खेती किन गर्नुहुन्थ्यो ? एक वाक्यमा लेख्नुहोस् । ७. नेपालको वर्तमान संविधानका कुनै दुई राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् । ८. होमोयोप्याथी कस्तो चिकित्सा पद्धति हो ? ९. कर आय र गैरकर आयबिच कुनै एक फरक लेख्नुहोस् १०. तपाईं सङ्घीय सरकारको अर्थमन्त्री भएको भए विप्रेषणको सदुपयोग गर्न के कस्तो कार्यक्रम 

Model questions class 11

  सेट ३ समूह क अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू :(११×१=११) १.सामाजिक अध्ययनमा प्रयोग हुने कुनै दुई सिपहरू प्रस्तुत गर्नुहोस् । सकिन्छ ? आफ्ना साथीलाई कुनै पांचओटा सुझावहरू प्रस्तुत गर्नुहोस् । २.ब्राउजर भन्नाले के बुझिन्छ ? एक वाक्यमा लेख्नुहोस् । ३.दोहोरो सञ्चार हुन नसक्दा के प्रभाव पर्न सक्छ ? लेख्नुहोस्  ४. अपेक्षा गरिएअनुरुप उपलब्धि हासिल नभएको अवस्थामा हुने तनावलाई तपाईं कसरी व्यवस्थापन गर्नुहुन्छ ? ५. पूँजीवादी समाजको परिभाषा उल्लेख गर्नुहोस् । ६. वातावरण संरक्षण कार्यमा तपाईंले निर्वाह गरेको भूमिका प्रस्तुत गर्नुहोस्  ७. संविधानमा प्रस्तावना भनेको के हो ८. प्राणायाम गर्दा मानव स्वास्थ्यलाई हुने कुनै दुई लाभ उल्लेख गर्नुहोस् । ९. चालु खर्च र पूँजीगत खर्चबिचको एक फरक लेख्नुहोस् १०. तपाईं सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएको भए नेपालमा जनसङ्ख्या व्यवस्थापन गर्न के रणनीति तय गर्नुहुन्थ्यो ? लेख्नुहोस् । ११. विप्रेषणबाट नेपाली अर्थतन्त्रमा के कस्तो सहयोग पुगेको छ ?लेख्नुहोस् । समूह ख सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू : (८×५=४०) १२. माइक्रोसफ्ट वर्ड (Micro...

Model questions class11

  समूह क तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् : १. जीवनोपयोगी शिक्षा भनेको के हो ? २. सामाजिक अध्ययन र सामाजिक विज्ञानविचको कुनै एक भिन्नता लेख्नुहोस् । ३. तनावमा परेको नजिकको साथीलाई तनाव व्यवस्थापन गर्ने कुनै एक सुझाव दिनुहोस् । ४. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसँग कसरी कुराकानी सुरू गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् । ५. आधुनिक मानवको पुर्खा कसलाई मानिन्छ ? ६. तपाईं बस्ने पर्यावरणीय क्षेत्रमा अनुकूलन हुन तपाईले गर्नुभएका कुनै दुईओटा कार्यहरू लेख्नुहोस् । ७. नेपालको प्रतिनिधि सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ८. जनसाङ्ख्यिक लाभांश भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । ९. विप्रेषणले नेपालको अर्थतन्त्रमा पारेको कुनै दुई प्रभाव लेख्नुहोस् । १०. विपद् जोखिमका दृष्टिकोणमा तपाईं रहेको बस्ती कस्तो प्रकारको बस्ती हो? यदि जोखिमयुक्त भएमा यस्ता जोखिमबाट सुरक्षित गर्ने कुनै एक उपाय लेख्नुहोस् । ११. आहार र स्वस्थ जीवनबिचको सम्बन्ध एक वाक्यमा प्रस्ट पार्नुहोस् । समूह ख तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : १२. बर्ड फाइल (Word file) मा टाइप...

medel question class 11

 सेट २:  समुह क तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् । - समय : ३ घन्टा (११×१=११) १. सामाजिक अध्ययन र सामाजिक विज्ञानविचको अन्तरसम्बन्ध एक वाक्यमा उल्लेख गर्नुहोस् । २. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसंग कसरी कुराकानी सुरू गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् । ३. इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनुपर्दछ । किन ?कुनै एक तर्क प्रस्तुत गर्नुहोस् । ४ होमो स्यापियन्स मानव जातिको कुनै एक विशेषता लेख्नुहोस ? ५. होरोडोबसले लेखेको इतिहासको चर्चित पुस्तकको नाम लेख्नुहोस । ६. तपाईं कुन पर्यावरणीय क्षेत्रमा बस्नुहुन्छ र त्यसले तपाईंको जीवनमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् ।  ७.जात र जनजातिविचको कुनै एक फरक लेख्नुहोस् । ८. नेपालको राष्ट्रिय सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ? ९. उद्यमशीलता भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । १०. ग्रामिण बस्ती र सहरी बस्तीबिचको कुनै एक भिन्नता उल्लेख गर्नुहोस। ११.गुपदार्थको दुर्वेसन बाट बच्ने कुनै एक उपाय सुझाउनुहोस् । . समुह ख तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् । १२. अन्तरवैयक्तिक सिपको प्रभावक...

modelquestions class ११

  सबै प्रश्नहरुको उत्तर दिनुहोस् । समुह क तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस् । ११x१= ११ १.सामाजिक अध्ययन र सामाजिक विज्ञान विचको अन्तरसम्वन्ध एक वाक्यमा उल्लेख गर्नुहोस । २. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरुसँग कसरी कुराकानी शुरु गर्नुहुन्छ ? एक वाक्यमालेख्नुहोस । ३ इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनु पर्दछ । किन ? कुनै एक तर्क प्रस्तुत गर्नुहोस । ४. होमो सेपियन्स मानव जातीको कुनै एक विशेषता लेख्नुहोस ? ५ होरोडोटसले लेखेको इतिहासको चर्चित पुस्तकको नाम लेख्नुहोस । ६ तपाईं कुन पर्यावरणीय क्षेत्रमा बस्नुहुन्छ र त्यसले तपाइँको जीवनमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् । ७ जात र जनजाति बिचको कुनै एक फरक लेख्नुहोस् । ८ नेपालको राष्ट्रिय सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्वन गरिएको छ ? ९ उद्यमशीलता भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । १०. ग्रामिण बस्ती र सहरी बस्ती विचको कुनै एक भिन्नता लेख्नुहोस् । ११. लागुपदार्थको दुर्व्यसनवाट बच्ने कुनै एक उपाय सुझाउनुहोस् । तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । समुह ख ८X ५ = ४० १२. अन्तरवैयक्तिक सीपको प्रभावका...

Cultural nepali dance

Cultural nepali dance

Cultural nepali dance

Image
 

Cultural nepali dance

Image
 

Cultural nepali dance

Image
 

Cultural nepali dance

Image
 

एकाइ १० कक्षा११ पाठ :२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र

एकाइ १० कक्षा११ पाठ :२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र देश विकास गर्नका लागि क्रियाशील भएका हुन्छन् नेपालमा यी तीनओटै क्षेत्रबिच एकआपसका सहकार्य गरी जनतालाई बढीभन्दा बढी सुविधा दिने नीति अपनाइएको छ जसलाई तीन खम्बे नीति भनिन्छ । (क) सार्वजनिक क्षेत्र सार्वजनिक क्षेत्रलाई सरकारी क्षेत्र भनिन्छ । सरकारसँग राष्ट्र विकासका लागि दूरदृष्टि, योजना, स्रोत र साधनहरू उपलब्ध हुन्छन् । स्रोत र साधनको परिचालन गर्नका लागि संविधान, कानुन, मानव संसाधन र जनताद्वारा प्रदान गरिएको शक्ति पनि हुन्छ र बजेट खर्च गर्ने अधिकार पनि हुन्छ । सरकारले देश निर्माणका लागि नीति,योजना, रणनीति तथा मापदण्डको तर्जुमा गर्दछ । सोहीअनुसार विभिन्न निकायमार्फत विकास निर्माण र सामाजिक सेवाका कार्यहरू सञ्चालन हुन्छन् । सार्वजनिक क्षेत्रले समग्र विकास प्रयासमा निजी, सहकारी, सामुदायिक र गैरसरकारी क्षेत्रको लगानी र सहभागिताका लागि समेत उत्प्रेरणा प्रदान गर्दछ । यसले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि र स्थायित्व कायम गर्न लगानीको वातावरण निर्माण गर्दछ । नेपालमा सार्वजनिक क्षेत्रको लगानीका लागि तीन तहका सरकारहरू रहेका ...

एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू

एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू १. नेपालको अर्थतन्त्रका आधार विश्वमा पाइने धेरै प्रकारका हावापानी, वनस्पति र धरातलीय स्वरूप यहाँ पाइन्छन् । नेपालमा प्रशस्त जल विद्युत् निकाल्न सकिने अपार जल स्रोतको भण्डार  रहेको छ। हावापानी र प्राकृतिक सुन्दरताका कारण पर्यटन व्यवसायको पनि ठुलो सम्भावना रहेको छ । औद्योगिकीकरणको पनि उत्तिकै सम्भावना छ । यति ठुलो सम्भावना भएर पनि नेपालले त्यसको पर्याप्त उपयोग गर्न अझै धेरै काम गर्न बाँकी छ । हालको नेपालको अर्थतन्त्रलाई विश्लेषण गर्दा अर्थतन्त्रका आधारहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ : (क) कृषि नेपालमा ६०.४ प्रतिशत जनसङ्ख्या कृषिमा आबद्ध छन् अधिकांश नेपालीहरू कृषिलाई सुरक्षित पेसा मान्दछन् किनकि कृषिमा थोरै लगानीमा नै निर्वाहका लागि आवश्यक खाद्यवस्तु प्राप्त गर्न सकिन्छ । नेपालका अधिकांश कृषकको आफ्नै जग्गा भएका कारण पनि यो पेसाबाट बाहिरिन नेपाली कृषकहरूलाई कठिन भएको देखिन्छ । नेपालमा कुल गार्हस्थ उत्पादनमा २७.६ प्रतिशत योगदान कृषिको रहेको छ । त्यसैले नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो भन्न सकिन्छ । न...

सेट ख नमुना प्रस्न पत्र कक्षा 12

सेट ख नमुना प्रस्न पत्र कक्षा 12 ३ समस्या पहिचान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस। ४ अरुको दुखलाइ आफ्नै दुख झै ठानेर व्यावहार गर्नु कुन जीवन उपयोगी सीप हो ५ समानता र समताबिचको एक भिन्नता लेख्नुहोस। ६ धर्म निरपेक्षताको अर्थलाइ एक वाक्यमा स्पष्ट पार्नुहोस। ७ कस्तो अवस्थामा संयुक्त सङघिय सरकारको गठन हुन्छ?एक वाक्यमा लेख्नुहोस। ८शहरिकरणका कुनै दुई अवसरहरु उल्लेख गर्नुहोस। ९ बसाइँसराइका कुनै दुई आर्थिक प्रभावहरु लेख्नुहोस। १०बिप्रेषणलाइ किन राष्ट्रीय आयको स्थाइ स्रोत मान्न सकिन्न? ११ शिक्षाले समुदायको विकासमा खेल्ने कुनै एक भुमिका लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ समानुभुती सीप सिक्नाले तपाइको जीवनमा हुने पाँच फाइदाहरु उल्लेख गर्नुहोस् । अथवा तपाइको जीवनमा आत्ममुल्याङ्कनको महत्व कस्तो रहेको छ ? लेख्नुहोस १३ वैयक्तिकवादी दृष्टिकोण र समुदायवादी दृष्टिकोणमा के भिन्नता रहेको छ?नेपाली समाजमा तिनिहरुको समन्वय कसरी गरियको छ? उल्लेख गर्नुहोस। १४ लुम्विनि प्रदेशको सामाजिक तथा सांस्कृतिक अवस्था उल्लेख गर्नुहोस। १५ पृथ्विनारायण शाहको मृत्युपछि भएको नेपाल एकिकरणका प्...

कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग

  कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग जनसाङ्ख्यिक घटना (जन्म र मृत्यु) का कारणले जनसङ्ख्या वृद्धिदर पनि उच्च, निम्न र स्थिर हुन्छ । यिनै जनसाङ्ख्यिक घटनाका प्रभावले गर्दा जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुँदै जान्छ । यही प्रक्रियालाई जनसाङ्ख्यिक सङ्क्रमण भनिन्छ। सन् १९४५ मा F.W. Notyestein ले पहिलो पटक Demographic Transition शब्दको प्रयोग गरेका थिए । जनसाङ्ख्यिक सङ्क्रमणलाई निम्नलिखित तीन भागमा विभाजन गरी व्याख्या गर्न सकिन्छ : (क) प्रारम्भिक अवस्था यो जनसाङ्ख्यिक सङ्क्रमणको पहिलो अवस्था हो । यसमा जन्मदर र मृत्युदर दुवै उच्च हुने हुनाले जनसङ्ख्या बिस्तारै वृद्धि भइरहेको हुन्छ । (ख) मध्य अवस्था यो जनसाङ्ख्यिक सङ्क्रमणको दोस्रो अवस्था हो । यस अवस्थामा व्यक्तिहरू शिक्षित हुनुका साथै स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएका कारण मृत्युदरमा निकै कमी आइसकेको हुन्छ तर व्यक्तिका अभिवृत्ति तथा व्यवहारमा खासै परिवर्तन नआइसकेको हुनाले जन्मदर भने उच्च नै रहन्छ । त्यसकारण जनसङ्ख्या तीव्र रूपले वृद्धि भएको हुन्छ । यस अवस्थालाई...

कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास (बाकी)

  नेपालमा प्रादेशिक विकास र जनसङ्ख्याको प्रादेशिक वितरण कुनै पनि देशको भौगोलिक तथा प्रशासनिक क्षेत्रका आधारमा छरिएर रहेको जनसङ्ख्यालाई जनसङ्ख्याको प्रादेशिक वितरण भनिन्छ । नेपाललाई प्राकृतिक संरचनाका आधारमा हिमाल, पहाड र तराई गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । त्यसैगरी, सङ्घीय संरचनाका आधारमा सात प्रदेशमा विभाजन गरिएको छ । यी भौगोलिक तथा प्रशासनिक क्षेत्रको भौगोलिक, आर्थिक र सामाजिक विविधताका कारण जनसङ्ख्याको वितरण सबै प्रदेशमा समान छैन । भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण २०६८ हिमाल  १७,८१, ७९२ पहाड   १,१३,९४,००७ तराई १,३३, १८, ७०५ जम्मा २,६४,९४,५०४ प्रतिशत ६.७३ हिमाल ४३.०१पहाड ५०.२७ तराई १००.०० जम्मा हिमाली प्रदेशमा विषम हावापानी, कठिन भौगोलिक अवस्था र पूर्वाधारको कमीका कारण जनसङ्ख्या पातलो छ । त्यसमा पनि सुविधाको खोजीमा त्यहाँबाट अन्यत्र बसाइँसराइ गर्नाले त्यहाँको जनसङ्ख्या घट्दो क्रममा छ । पहाडी प्रदेशमा पनि कठिन भूबनोट, उत्पादकत्वमा कमी, जनशक्ति पलायनका कारण विकासले गति लिन नसकेको, कमजोर भूबनोटका कारणले सडकलगायतका पूर्वाधारहरू छिटो छ...

कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास

  कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास जनसङ्ख्या दुईओटा शब्दहरू 'जन' र 'सङ्ख्या' मिलेर बनेको शब्द हो । यसमा 'जन' को अर्थ मानिस र ‘सङ्ख्या'को अर्थ गणना गर्दाको परिमाण भन्ने हुन्छ । यसका आधारमा जनसङ्ख्याको अर्थ गणना गर्दा आउने मानिसहरूको परिमाण भन्ने बुझिन्छ । अतः कुनै खास ठाउँमा कुनै निश्चित समयमा बसोबास गर्ने मानिसहरूको कुल सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ। विकासको शाब्दिक अर्थ उन्नति वा प्रगति हो । कुनै व्यक्ति, संस्था, समाज वा राष्ट्रको भौतिक, मानसिक, बौद्धिक उन्नति हुनुलाई विकास भनिन्छ । मानवीय चाहनाहरू परिपूर्ति गरी सुख, सुविधा बढाउन विद्यमान प्राकृतिक, भौतिक, मानवीय र सांस्कृतिक स्रोतहरूको रचनात्मक, सकारात्मक र सन्तुलित रूपमा प्रयोग गरी जीवनमा सुधार ल्याउनु नै विकास हो । विकास एक गतिशील प्रक्रिया हो । जनसङ्ख्या र विकास एकअर्काका पूरक हुन् । यी दुवैबिच अन्योन्याश्रित सम्बन्ध रहेको छ । जनसङ्ख्या विकासको आधारभूत तत्त्व हो । जनसङ्ख्याले देशमा उपलब्ध स्रोतसाधनको परिचालन गरी विकासको गतिलाई अगाडि बढाउन मदत गर्दछ । जनसङ्ख्याको वृद्धिसँगै मानिसले जी...

कक्षा ११(ख) सहरी बस्ती (Urban Settlement):

  (ख) सहरी बस्ती (Urban Settlement): सहरको अङ्ग्रेजी शब्द Urban, Latin भाषाको Urbs बाट आएको हो । यसको अर्थ नगर अथवा नगरसँग सम्बन्धित हुन्छ । सामान्यतया सहरी बस्ती सेवा उद्योग, व्यापार, पर्यटन आदिमा आधारित हुन्छ। कुनै बस्ती सहर हुनका लागि देशअनुसार फरक फरक मापदण्ड निर्धारण गरिएको पाइन्छ। नेपालमा हिमाली क्षेत्रमा १०,०००, पहाडी क्षेत्रमा ४०, ००० भित्री मधेसमा ५०,००० तराईमा ७५,००० हजार र काठमाडौँ उपत्याकामा १,००,०००, जनसङ्ख्यासहित नगरीय सेवा तथा सुविधाहरू,जस्तै : विद्युत्, सडक, खानेपानी, सार्वजनिक उद्यान, नगर सभागृह भएको अर्धसहरी क्षेत्रलाई नगर घोषणा गरिन्छ । तसर्थ सहरी बस्तीलाई परिभाषित गर्न कठिन छ । यद्यपि केही विद्वान्हरूले आआफ्नै ढङ्गबाट १. A.B. Gallion का अनुसार : “सहर भन्नाले त्यस ठाउँमा बस्ने सम्पूर्ण बासिन्दाहरू, बस्नका लागि घरहरू, किनबेचका लागि पसल, हिँड्नका लागि सडक (गल्ली) र व्यापारका लागि स्थान उपलब्ध भएको क्षेत्रलाई जनाउँछ ।” Von Richthofen का अनुसार : "सहरले त्यस्तो क्षेत्र समावेश गरेको हुन्छ, जहाँ कृषिभन्दा फरक मुख्य पेसाका रूपमा व्यापार र उद्योग हुन्छ ।” सहरी...

कक्षा ११ एकाइ ९ पाठ १ मानव वस्ती

  कक्षा ११ एकाइ ९ पाठ १ मानव वस्ती मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई मानव बस्ती भनिन्छ । मानव बस्ती जमिनमा प्रत्यक्ष रूपमा देख्न सकिने एक सांस्कृतिक भुस्वरुप हो। Jean Brunhes का अनुसार घर मानिसको खानापछिको दोस्रो आवश्यकता हो । उनका विचारमा खाना प्रथम जैविक आवश्यकता हो भने निद्रा दोस्रो जैविक आवश्यकता हो । चाहे त्यो सामान्य झुपडी होस् या ठुला महल, सुत्नका लागि मानिसलाई घरको आवश्यकता पर्दछ । Ellsworth Huntington का अनुसार घर मानिसको खाना र कपडापछिको तेस्रो आवश्यकता हो । यसले आश्रय मात्र दिने होइन जङ्गली जनावर, घाम, पानी, हावा, हुरी आदिबाट जोगाउँछ । R.L. Sing का अनुसार : बस्न, प्रयोग गर्न, कुनै कुरा सञ्चित गर्न आदि जुनसुकै उद्देश्यका लागि निर्माण गरिएका घर तथा सडक गल्ली नै बस्ती हुन् । यी सबैका भनाइका आधारमा मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई बस्ती भनिन्छ ।बस्तीले मानिस र प्राकृतिक वातावरणबिचको सम्बन्धलाई उजागर गर्दछ किनकि बस्ती निर्माणमा मानिसले विभिन्न भौतिक वस्तुहरूको प्रयोग गरेका हुन्छन् । यसले मानिसको भौतिक वस्तुको प्रयोग गर्ने क्षमतालाई ...

कक्षा ११ पाठ : ३ नेपालको निर्वाचन प्रणाली

  कक्षा ११ पाठ : ३ नेपालको निर्वाचन प्रणाली  निर्वाचन आयोगले संविधान र सङ्घीय कानुनअन्तर्गत रही राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्दछ । यसले निर्वाचनका लागि निम्ति मतदाताको नामावलीसमेत तयार गर्दछ । नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई किसिमको निर्वाचन प्रणालीको व्यवस्था गरेका छन् । एउटालाई पहिलो हुने निर्वाचित हुने प्रणाली भनिन्छ भने अर्कोलाई समानुपातिक प्रणाली भनिन्छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार एक निर्वाचन क्षेत्र एक पदका आधारमा निर्वाचन हुन्छ । यसमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सदस्यमा निर्वाचित हुने प्रावधान छ । समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रतिनिधि सभा सदस्यको हकमा सम्पूर्ण देशलाई र प्रदेश सभाको हकमा सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानिन्छ । यस प्रणालीमा आफूले चाहेको दललाई मतदान गरिन्छ । प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दल...

कक्षा ११ पाठ :२

  कक्षा ११ पाठ :२ वर्तमान संविधानका राजनितिक कानुनि आर्थिक र सांकृतिक विशेसताहरु। जनताका आर्थिक, राजनीतिक, सांस्कृतिक र कानुनी अधिकारहरूको संरक्षण गर्दै देशलाई एक सार्वभौम र समृद्ध राष्ट्रका रूपमा सञ्चालन गर्न संविधानको भूमिका महत्वपुर्ण हुन्छ । यस संविधानका विशेषताहरू निम्नलिखित छन् : (क) राजनीतिक विशेषता वर्तमान संविधानको राजनीतिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषता (अ) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको व्यवस्था गरिएको (आ) तीन तहमा राज्यशक्तिको बाँडफाँड गरिएको (इ) गणतान्त्रिक व्यवस्थाअन्तर्गत राष्ट्रिपति र उपराष्ट्रपतिको व्यवस्था रहेको (ई) कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचमा शक्ति सन्तुलन एवम् नियन्त्रणको व्यवस्था (उ) बहुदलीय प्रतिस्पर्धा र बालिक मताधिकारको प्रत्याभूत गरिएको (ऊ) दलसम्बन्धी व्यवस्था रहेको (ॠ) आवधिक निर्वाचनको प्रावधान रहेको (ख) कानुनी विशेषता (अ) कानुनी शासनको प्रत्याभूत गरिएको (आ) कानुन बनाउने अधिकार संसद्मा निहित रहेको (इ) मौलिक हकको हनन भएमा संवैधानिक उपचारको हकको व्यवस्था रहेको (ई) न्यापालिकाका रूपमा सङ्घमा सर्वोच्च अदालत...

नमुना प्रस्न पत्र कक्षा12

 क बाट 5 ओटा ख बाट 3 ओटा र ग बाट 1 गर्नु होस सेट क  बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा नमुना प्रस्न पत्र कक्षा 12 पुणाङ्क 75समय 3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ सामाजिक अध्यायन विषयको प्रमुख उदेश्य के हो? २ तथ्याङ्क भन्नाले के बुझिन्छ? ३ स्वतन्त्र चर र निर्भर चरका एक एक ओटा उदहरण दिनुहोस। ४ स्वरुपान्तरणको परिभाषा एक वाक्यमा दिनुहोस। ५ सामाजिक सम्बन्ध भनेको के हो? परिभाषित गर्नुहोस। ६ अन्तरप्रादेशिक सम्बन्धका कुनै दुई आयामहरु के के हुन? लेख्नुहोस ७ नागरिक अधिकार भनेको के हो? ८ किशोराअवस्थामा हुने एक शारिरिक र एक मानसिक परिवर्तनहरु लेख्नुहोस। ९ फौजदारी अभियोग कस्तो प्रकारको अभियोग हो? लेख्नुहोस। १० सुचनाको हकअन्तर्गत पर्ने कुनै दुई अधिकार के के हुन ? लेख्नुहोस। ११ सामाजिक जवाफदेहिता भनेको के हो? लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ सामाजिक अनुसंधानमा समस्या निर्माण गर्दा ध्यान दिनुपर्ने कुनै पाँच कुराहरु उल्लेख गर्नुहोस। अथवा सामाजिक अध्ययन तथा जीवनउपयोगि शिक्षाबिचको भिन्नता छुट्याउनुहोस १३ नेपाली समाजमा भयका समाजिक विविधताका विभिन्न ...

आधुनिक कालको अर्थतन्त्र, कानुन र संस्कृती

  ● आधुनिक कालको अर्थतन्त्र, कानुन र संस्कृती नेपालको इतिसासमा वि.सं . १८२५ देखि हालसम्मको समयावधिलाई आधुनिक काल भनिन्छ । यस कालखण्डको अर्थतन्त्र, कानुन, संस्कृति र कलाकौशललाई बेग्लाबेग्लै बुदागत रूपमा चर्चा गरिएको छ । • आर्थिक अवस्था (Economic Situation) पृथ्वीनारायण शाहले नेपाल तिब्बत व्यापार सुधार्ने प्रयास गरेका थिए • बहादुर शाहले भूमि व्यवस्था र कर प्रणालीमा सुधार गरेका थिए । भीमसेन थापाले पहाड र तराईको बाँझो जग्गालाई खेतीयोग्य बनाउन किसानहरूलाई प्रोत्साहन गरेका थिए । भीमसेन थापाले भूमिको वैज्ञानिक किसिमले नापी गराएर मालपोत सङ्कलन कार्य व्यवस्थित गरेका थिए । राणाशासन कालमा नेपालको बाह्य व्यापार भारत र तिब्बतसँग हुन्थ्यो । वि.सं . १९९३ मा पहिलो कम्पनी ऐन जारी भएपछि विराटनगर जुटमिलको स्थापना भयो र औद्योगिकीकरणको सुरू भयो । नेपालमा धेरैजसो उद्योगहरू जुद्धशमशेरको पालामा स्थापन भएका थियो । वि.सं . १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना भयो वि.सं . २००८ सालमा अर्थमन्त्री सुवर्ण शमशेरको पालामा पहिलो पटक बजेट निर्माण भयो । वि.सं . २०१३ मा नेपाल राष्ट्र बैंकको ...
 अन्तरिम संविधानमा तोकिएको मितिमा संविधान बन्न सकेन र वि.सं . २०६९ जेठ १४ मा विघटन भयो र पुनः वि.सं . २०७० मंसिर ४ मा संविधान सभाको निर्वाचन भयो ।वि.सं . २०७२ बैशाख १२ मा विनाशकारी भूकम्प गएपछि सबै दलहरू एकै ठाउँमा आएपछि नेपाली काँग्रेसको नेता सुशील कोइरालाको नेतृत्वको सरकारले सबै दलहरूबिचमा सहमति जुटाई वि.सं . २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भयो । त्यसपछि दोस्रो जनआन्दोलनको भावनाअनुसार नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रूपमा स्थापित भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक काल, वि.सं . २०७२ देखि हालसम्म (Federal Democratic Republic Period) वि.सं . २०७२ को नेपालको संविधान घोषणापछि नेपालमा ७ प्रदेश र ७५३ ओटा स्थानीय तह रहने गरी राज्यको पुनर्संरचना गरियो । वि.सं . २०७४ बैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । वि.सं . २०७४ मंसिर १० र मंसिर २१ मा प्रतिनिधि सभा र ७ ओटै प्रदेश सभाको निर्वाचन भयो । यो निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठुलो दल बन्न पुग्यो तर उक्त दलभित्र नेतृत्वमा अनेक खालका व्यक्तिगत स...
 एकीकरण पछिको राज्य सात्ता continue दशरथ चन्द,शुक्रराज शास्त्री) लाई फाँसीको सजाय भयो बि.स. २००६ मा नेपालीकाङ्ग्रेसको नेतृत्वमा सशत्र युद्ध गरी वि.स. २००७ सालमा दिल्ली सम्झौता भई १०४ वर्षको राणाशासन सधैका लागि अन्त्य भयो । क्रमणकालीन अवधि, वि.स. २००७-२०१७ (Transitional Period) वि.सं . २००७ फागुन ७ गते राजा त्रिभुवनले नेपालमा १०४ वर्षे राणा शासन अन्त्य भएको घोषणा गरे । वि.स. २००७ सालमै अन्तरिम शासन विधान जारी भई देशमा पहिलोपल्ट संवैधानिक शासन व्यवस्था लागु वि.सं . २०११ सालमा राजा त्रिभुको मृत्युपछि राजा महेन्द्र नेपालका राजा भए । वि.स. २०१५ मा राजा महेन्द्रले केही विज्ञहरूको सहयोगमा संविधान बनाई जारी गरे र सोही संविधानअनुसार नेपालमा पहिलोपटक आम निर्वाचन भयो । जुन निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत ल्याई विजयी भयो । वि.पी . कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित मन्त्रिमण्डल बन्यो । प्रजातान्त्रिक सरकारको देश विदेशमा प्रभाव बढेको राजा महेन्द्रलाई मन नपरेपछि अनेकौं आरोप लगाई वि.सं . २०१७ पुस १ गते मन्त्रिमण्डल भङ्ग गरी सबै राजनीतिज्ञहरूलाई जेल हाले...
  एकीकरणपछिको राज्य सत्ता State Power after Unification एकीकरणपछिको नेपाल (Nepal after Unification) नेपाल एकीकरणको काम समाप्त भएपछि नेपालको दरबार षडयन्त्रको भुमरीमा फस्यो । त्यसपछि नेपालको राज्य सत्ता तथा सेना कमजोर हुन थाल्यो । वि.सं . १८७१ मा नेपाल अङ्ग्रेज युद्ध भयो र वि.सं . १८७२ मा नेपाल र अङ्ग्रेजबिच सुगौली सन्धि भयो र नेपालले एक तिहाइ भूभाग गुमायो त्यसपछि नेपालको सिमाना मेची र काली नदीका बिचमा सीमित हुन गयो । राणाकाल अघि(Prior Rana Period) ● पृथ्वीनारायण शाहको मृत्युपछि नेपालको राजदरबारमा षड्यन्त्र सुरू हुन थालेको, सानो उमेरमा राजा हुने, नायब शासन चल्ने गरेको अवस्थाको फाइदा उठाई भारदारहरू शक्तिशाली हुन थालेका थिए । • रणबहादुर शाह अढाइ वर्षमा, गीर्वाणयुद्ध विक्रम शाह दुई वर्षमा र राजेन्द्रविक्रम पनि सानैमा राजा भएका थिए • रणबहादुर शाह नाबालक हुदा बहादुर शाह र राजेन्द्रलक्ष्मी मुख्तियार भई शासन गरेका, गीर्वाणयुद्ध विक्रम शाहको मुख्तियार भई उनका रानी सुवर्णप्रभा, राजराजेश्वरी र स्वयम् रणबहादुरले नायब भएर काम गरेका थिए । रणबहादुर शाहको हत्या भएपछि गीर्वाणयुद्धक...

पृथ्वीनारायण शाहको एकीकरण अभियानका महत्त्वपूर्ण घटनाहरू (Major Events of Unification Campaign of Prithivi Narayan Shah)

  पृथ्वीनारायण शाहको एकीकरण अभियानका महत्त्वपूर्ण घटनाहरू (Major Events of Unification Campaign of Prithivi Narayan Shah) पृथ्वीनारायण शाहको राज्यरोहण : वि.सं . १७९९ साल नुवाकोट विजय : वि.सं . १८०१ (२ पटक आक्रमण) ३. कीर्तिपुर विजय : वि.सं . १८१४ पहिलो, वि.सं . १८२१ दोस्रो र वि.सं . १८२२ मा तेस्रो पटकमा सफल मकवानपुर विजय: वि.सं . १८१९ साल कान्तिपुर विजय : वि.सं . १८२५ असोज १३ गते इन्द्रजात्राको दिन पाटन विजय : वि.सं . १८२५ असोज २४ गते भादगाउँ विजय: वि.सं . १८२६ मंसिर १ गते विजयपुर विजय: वि.सं . १८३१ साल पृथ्वीनारायण शाहको मृत्यु : वि.सं . १८३१ माघ १ गते । पृथ्वीनारायण शाहको मृत्युपछि भएका नेपाल एकीकरणका प्रयासहरू (Efforts to Unified Nepal after Prithivi Narayan Shah) पृथ्वीनारायण शाहको मृत्युपछि पनि एकीकरण अभियानलाई उनकी जेठी बुहारी राजेन्द्र लक्ष्मी र कान्छा छोरा बहादुर शाहद्वारा संयुक्त रूपमा निरन्तरता दिइयो । उनीहरूले कुशलतापूर्वक एकीकरणको कार्यभार सम्हाले र नेपाल एकीकरणमा ठुलो योगदान गरे । बहादुर शाहले नेपालको पश्चिमतर्फको ठुलो भूभाग नेपालमा...

आधुनिक काल Modern Period • आधुनिक कालको परिचय

  पाठ ६ आधुनिक काल Modern Period • आधुनिक कालको परिचय (Introduction to Modern Period) वि.सं . १८२५ मा पृथ्वीनारायण शाहले कान्तिपुर कब्जा गरी एकीकृत नेपालको निर्माण पछिको समयलाई नेपालको आधुनिक काल भनिन्छ । यस कालअन्तर्गत निम्नानुसारका ऐतिहासिक राजनीतिक काल खण्डहरू पर्दछन् : ● पृथ्वीनारायण शाहको शासन ( वि.सं . १७९९-१८३१ . सम्म) राणा शासन ( वि.सं . १९०३-२००७ सम्म) • सङ्क्रमणकालीन अवधि ( वि.सं . २००७-२०१७ सम्म) पञ्चायत काल ( वि.सं . २०१७-२०४६ सम्म) बहुदलीय प्रजातन्त्र ( वि.सं . २०४७-२०६३ सम्म) दोस्रो सङ्क्रमणकालीन अवधि ( वि.सं . २०६३-२०७२ सम्म) सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक काल ( वि.सं . २०७२ देखि हालसम्म) नेपाल एकीकरण (Nepal Unification) नेपालको इतिहासमा शाहवंशीय राज्यसत्ताको स्थापना गर्ने राजा पृथ्वीनारायण शाह हुन् । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ सुपुत्रको रूपमा वि.सं . १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो । आधुनिक नेपालको निर्माताको रूपमा उनलाई चिनिन्छ र त्यसैले उनलाई राष्ट्रनिर्माता पनि भनिन्छ । तत्कालीन समयमा ...

नेपालको संविधान विगत र वर्तमान

 ११Class पाठ :१ एकाइ ८ नेपालको संविधान विगत र वर्तमान राज्य सञ्चालन गर्ने मूल कानुन संविधान हो ।नेपालमा हाल सम्म निम्न संविधानहरु जरि भयका छन। नेपालका संविधानहरू (२००४-२०७२ ) नेपाल सरकारको वैधानिक कानुन २००४ नेपालको अन्तरिम शासन विधान २००७ नेपाल अधिराज्यको संविधान २०१५ नेपालको संविधान २०१९ नेपाल अधिराज्यको संविधान २०४७ नेपालको अन्तरिम संविधान २०६३ नेपालको संविधान संविधान र नागरिक सचेतना नेपाल अधिराज्यको संविधान २०४७ को प्रस्तावना स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको राज्यशक्तिको स्रोत जननता हुन। नेपालको संविधानको प्रस्तावना हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवम् सहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान ...

जाति, जनजाति १जाति

 ११ Class पाठ :3 जाति, जनजाति १जाति बृहत् नेपाली शब्दकोशमा जाति शब्दलाई शारीरिक बनावट, आकारप्रकार, गुण, स्वभाव आदिका आधारमा छुट्टिने वा चिनिने समुह भनी परिभाषित गरिएको छ यो जन्मका आधारमा स्थापित हुन्छ, जस्तै मङ्गोल, आर्य आदि । नेपाल बहुजातीय मुलुक हो यहाँ सयौँ जातिहरू रहेका छन्। २.जनजाति आफ्नै धर्म, भाषा, संस्कृति, परम्परा एवम् रीतिरिवाज भएका र कुनै निश्चित भौगोलिक क्षेत्रमा बसोबास गर्ने जातिलाई जनजाति भनिन्छ । तामाङ, गुरुङ, राई, लिम्बु, मगर, शेर्पा, नेवार, भोटे, थकाली, चेपाङ, थारु, पहरी आदि जनजातिहरू हुन् विगतमा हाम्रो समाजमा जातजातिका आधारमा भेदभाव गर्ने प्रचलन थियो । हालका केही दशकदेखि देशको संविधान र कानुनहरूले त्यस्तो भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ । त्यसैले हामी आज आफ्नो जातीय पहिचान कायम राख्दै नेपाली हुन पाएकामा गर्व गर्न थालेका छौं । ३. पहिचान हरेक व्यक्तिको आफ्नो पहिचान हुन्छ । उसले जहिले पनि आफ्नो पहिचान खोजिरहेको हुन्छ । यस्तो पहिचान व्यक्तिगत, लैङ्गिक, जातिगत, राष्ट्रिय, सांस्कृतिक, धार्मिक, भौगोलिक क्षेत्रीय, राजनीतिक, आर्थिकलगायत विविध प्रकारको...