समानुभूतिको अर्थ

 

एकाइ ३ पाठ ४
समानुभूति
समानुभूतिको अर्थ
समानुभूति भन्नाले अरुले भोगिरहेका संवेगात्मक अनुभवलाई पहिचान गर्ने, बुझने र आफूले पनि त्यस्तै
महसुस गरि संवेगात्मक अनुभूति गर्ने क्षमता वा सिप भन्ने
बुझिन्छ । समानुभूति शब्द 'सम' र 'अनुभूति' दुई शब्द मिलेर बनेको हुन्छ जसको अर्थ बराबर र महसुस गर्ने भन्ने हुन्छ ।
समानुभूतिका मूल तत्वहरु
अरुलाई बझ्नु: मानिसहरुले अरुको कुरा तथा गैरसञ्चारमा ध्यान दिएर सुन्ने, हेर्ने, अरुका दृष्टिकोण बुझ्ने, आफ्नो संवेदनशिलता देखाउने र आवश्यकता अनुसार सहयोग गर्ने
अरुलाई विकासित गर्नु : अरुको आवश्यकता र चासो अनुसार उनीहरुका
सम्भावयतालाई विकास गर्ने भन्ने बुझिन्छ । जस्तै: अरुको सफलतामा प्रशंसा गर्ने, सुदारका लागि रचनात्मक सुझाव दिने आदि ।
• सेवा भाव राख्नु: सेवा ग्राहीको आवश्यकतालाई प्राथमिकतामा राख्ने, उनीहरुप्रति इमानदार हुने र उनीहरूको सन्तुष्टिका लागि नयाँ उपाय खोज्ने भन्ने बुझिन्छ
• विविधताको उपयोग गर्नु : व्यक्तिमा रहेका फरक फरक क्षमतालाई पहिचान गरि उनीहरूका आवश्यकता अनुसार वस्तु, सेवा र अवसरको सिर्जना गरि विकास गर्ने प्रकृयालाई विविधताको उपयोग भनिन्छ।
राजनितिक सचेतना: राजनितिक सचेतना भनेको एउटा समूहको संवेगात्मक भावना र शक्ति सम्बन्धलाई बराबर र सोही अनुसाएको व्यवहार देखाउनु हो ।
यस्ता सिप भएका मानिसले संवेगात्मक सम्बन्ध जान्न र विफलताको अनुभवबाट पाठ सिकेर आफूलाई सुधार गर्न जान्दछन।
समानुभूतिका किसिम
समानुभूतिका किसिमलाई मुख्य तीन भागमा विभाजन गरिएको छः
संज्ञानात्मक समानुभूति
संज्ञानात्मक समानुभूति भन्नाले अरुको संज्ञानात्मक अनुभवलाई पहिचान गरि बुझ्ने क्षमता वा सिप हो । जस्तै: कसैको अनुहार हेरि ऊ रिसाएको वा खुसी छ भनि थाहा पाउनु ।संज्ञानात्मक समानुभूति हो।
संवेगात्मक अनुभूति
अरुको संवेगात्मक अनुभुति देखेर आफूले पनि त्यस्तै अनुभव गनु नै संवेगात्मक अनुभूति हो । जस्तैः सिनेमामा कुनै पात्रले दुःख पाएको देखेर रुनु वा हिरोले 'भिलेनलाई पिटदा खुसी लाग्नु ।
• दयालु समानुभूति
अरुको संवेगात्मक अनुभूति आफूले पनि अनुभव गरेर त्यस अनुभवमा आवश्यकता अनुसारको सहयोग गर्नु वा सहयोगी हुन दयालु समानुभूति हो ।
जस्तै: बाढी पहिरो जाँदा अरु स्थानका मानिसले पिडित मानिसहरुको दुःख अनुभव गरि त्यस स्थानका मानिसलाई सहयोग गर्नु ।
समानुभूति सिपका फाइदाहरु
यो सिप भएका मानिस बाल्य तथा वयस्क दुवै अवस्थामा मिलनसार हुने भएकाले सबैका प्रिय हुन्छन् ।
समानुभूति सिपले कार्यस्थलमा श्रमिक तथा व्यवस्थापक दुवैको कार्य प्रभावकारी रुपमा सम्पादन गर्न सहयोग गर्छ ।
परिवारका स्वस्थ तथा दमपत्ति बिच समानुभूति भएमा वैवाहिक तथा पारिवारिक जीवन सुखी र सफल हुन्छ ।
समानुभूति सिव भएका आमाबाबु आफ्ना सन्तान प्रति बढि सहनशिल हुने भएकाले सन्तान हुर्काउने क्रममा आइ पर्ने चुनौतिलाई सामना गर्न सक्षम हुन्छन् ।
समानुभूति सिव, विकास र अभ्यास
अन्य व्यक्तिका बारेमा ऊसुक रहने,
• नयाँ नयाँ मानिसहरुसँग अन्तरक्रिया गर्ने र नयाँ ठाउँ भ्रमण गर्ने,आफ्ना बानी व्यवहार र विचार बारे परिवार, साथी तथा सहकर्मीबाट पृष्ठपोषण लिने,
आफ्ना पक्षधरताले सामाजिक सम्बन्धमा प्रभाव पार्न नदिने,
आफूलाई अन्य व्यक्तिको स्थानमा राखेर अनुभूति गर्ने,
कुराकानी गर्दा अरुका विचारलाई सम्मान पूर्वक सुन्ने र आफ्नो  धारणा र सुझाव राख्ने।
• कथा, उपन्यास, समाचार लगायतका साहित्य पढ़ने बानी बसाल्ने ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता