Posts

नेपालको संविधान विगत र वर्तमान

 ११Class पाठ :१ एकाइ ८ नेपालको संविधान विगत र वर्तमान राज्य सञ्चालन गर्ने मूल कानुन संविधान हो ।नेपालमा हाल सम्म निम्न संविधानहरु जरि भयका छन। नेपालका संविधानहरू (२००४-२०७२ ) नेपाल सरकारको वैधानिक कानुन २००४ नेपालको अन्तरिम शासन विधान २००७ नेपाल अधिराज्यको संविधान २०१५ नेपालको संविधान २०१९ नेपाल अधिराज्यको संविधान २०४७ नेपालको अन्तरिम संविधान २०६३ नेपालको संविधान संविधान र नागरिक सचेतना नेपाल अधिराज्यको संविधान २०४७ को प्रस्तावना स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको राज्यशक्तिको स्रोत जननता हुन। नेपालको संविधानको प्रस्तावना हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवम् सहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान

जाति, जनजाति १जाति

 ११ Class पाठ :3 जाति, जनजाति १जाति बृहत् नेपाली शब्दकोशमा जाति शब्दलाई शारीरिक बनावट, आकारप्रकार, गुण, स्वभाव आदिका आधारमा छुट्टिने वा चिनिने समुह भनी परिभाषित गरिएको छ यो जन्मका आधारमा स्थापित हुन्छ, जस्तै मङ्गोल, आर्य आदि । नेपाल बहुजातीय मुलुक हो यहाँ सयौँ जातिहरू रहेका छन्। २.जनजाति आफ्नै धर्म, भाषा, संस्कृति, परम्परा एवम् रीतिरिवाज भएका र कुनै निश्चित भौगोलिक क्षेत्रमा बसोबास गर्ने जातिलाई जनजाति भनिन्छ । तामाङ, गुरुङ, राई, लिम्बु, मगर, शेर्पा, नेवार, भोटे, थकाली, चेपाङ, थारु, पहरी आदि जनजातिहरू हुन् विगतमा हाम्रो समाजमा जातजातिका आधारमा भेदभाव गर्ने प्रचलन थियो । हालका केही दशकदेखि देशको संविधान र कानुनहरूले त्यस्तो भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ । त्यसैले हामी आज आफ्नो जातीय पहिचान कायम राख्दै नेपाली हुन पाएकामा गर्व गर्न थालेका छौं । ३. पहिचान हरेक व्यक्तिको आफ्नो पहिचान हुन्छ । उसले जहिले पनि आफ्नो पहिचान खोजिरहेको हुन्छ । यस्तो पहिचान व्यक्तिगत, लैङ्गिक, जातिगत, राष्ट्रिय, सांस्कृतिक, धार्मिक, भौगोलिक क्षेत्रीय, राजनीतिक, आर्थिकलगायत विविध प्रकारक

दलित सवाल (क) दलितको अर्थ

 ११ Class पाठ : २ दलित सवाल (क) दलितको अर्थ दलित शब्दको अर्थ दमन गरिएको वा थिचिएको भन्ने हुन्छ । दलित आयोगले तयार पारेको परिभाषा अनुसार हिन्दु वर्णाश्रम, त्यसको जात व्यवस्था, वि. सं. १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नुपार्ने जातजाति हुन् भनी तोकिएका, जातीय भेदभाव एवम् समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा धार्मिक रूपमा राज्यको मूलप्रवाहबाट पछाडि पारिएका जातजातिको समुदाय दलित समुदाय हो । दलित कुनै जाति होइन बरु अछुत भनिएका विभिन्न जातहरूको समग्र समुदाय हो । नेपालमा दलितहरूको तीनओटा समूह रहेका छन् । पहिलो समूहमा पहाडी दलित पर्दछन् । यिनका धेरैजसो थर तथा गोत्र पहाडी क्षेत्री र बाहुनसँग मिल्छन् । दोस्रो समूहमा नेवारी दलित पर्दछन् जसको जात र जातअनुसारको कामको विभाजन जयस्थिति मल्लले गरेका थिए । तेस्रो समूहमा मधेसी दलित पर्दछन् जसको थर पहाडी र नेवारी दलितभन्दा फरक देखिन्छ । तीनओटै समूहका दलित समुदाय छुवाछुत, दमन र शोषणको अवस्थाबाट गुज्रिदै आएका छन् । दलित वर्ग नेपालका सामाजिक इन्जिनियर र आविष्कारक पनि हुन् । यस वर्गका मानिसहरूले धातु,

सामाजिक पहिचान, विविधता र वर्ग विभाजन नेपालमा जातप्रथा

 ११ Class पाठ :१ एकाइ ७ सामाजिक पहिचान, विविधता र वर्ग विभाजन नेपालमा जातप्रथा वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ । जातसम्बद्ध जातप्रथा हो । नेपालमा लामो समयदेखि जातप्रथाले जरा गाडेर बसेको छ ।  वि.सं . २०२० सालमा बनेको मुलुकी ऐनले जातीय भेदभावलाई पूर्णरूपमा बन्देज गरेको थियो । यस्ता प्रयासहरूका बाबजुद पनि हाम्रो समाजबाट जातका आधारमा हुने छुवाछुत र भेदभावको अन्त्य हुन भने सकेको छैन । जातप्रथाको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा विभिन्न अवधारणाहरू पाइन्छन् । तीमध्ये केही अवधारणाहरूलाई यहाँ प्रस्तुत गरिएको छ : (क) जातको दैवी अवधारणा आजभन्दा झन्डै तीन हजार वर्ष पहिलेदेखि जातको दैवी अवधारणा विकास भएको पाइन्छ पौराणिक कालमा हिन्दु परम्पराअनुसार प्रत्येक गाउँ वा सहर स्वतन्त्र र आत्मनिर्भर हुने प्रचलन थियो। त्यसैले प्रत्येक समाजलाई व्यवस्थित गर्न वर्ण व्यवस्थालाई अनुसरण गरिन्थ्यो । यसका लागि चार प्रकारका पदहरूको सिर्जना गरिएको थिए: ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र । समाजमा श्रम र सिपमा आधारित कामहरूमा रुचि राख्ने व्यक्त

औधोगिक क्रान्ती

 ११Class औधोगिक क्रान्ती १८ औँ र १९ औं शताब्दीको मध्यमा बेलायतमा भएको जनवार र मानव मानव श्रमको स्थानमा वस्तुको उत्पादनमा मेसिन र प्रविधिको प्रयोग हुनुलाइ औद्योगिक क्रान्ति भनिन्छ। यसको प्रभाव सम्पूर्ण विश्वमा पर्यो । तीव्र औद्योगिकीकरणले गर्दा ती देशमा उत्पादित सामानहरू आफ्नो देशमा खपत हुन नसक्दा अन्य मुलुकहरूमा व्यापार गर्ने होडबाजी चलेको थियो । यसका निम्ति व्यापारिक गन्तव्यहरूको खोजी भयो । यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया र अफिका जस्ता महादेशहरूमा युरोपियनहरूले उपनिवेश कायम गर्न थाले । यसबाट एकातर्फ वस्तुको बिक्रीका लागि बजार प्राप्त भयो भने अर्कातर्फ उद्योगका लागि आवश्यक कच्चा पदार्थहरू सहज रूपमा प्राप्त भयो । भारतमा इस्ट इन्डिया कम्पनी आउनुभन्दा पहिले स्पेन र पोर्चुगलीहरूको उपनिवेश थियो । त्यसपछि फ्रान्सले भारतमा प्रवेश गर्यो । फ्रान्सपछि मात्र बेलायतले भारतमा व्यापार सुरु गरेको थियो । इस्टइन्डिया कम्पनी भारतमा आएपछि दुवै देशको स्वार्थ बाझियो र दुवै देशका बिचमा भारतमा युद्ध भयो यस युद्धलाई कर्नाटक युद्ध (१७४६-१७६३ ) भनिन्छ । यस युद्धमा फ्रान्सको हार भएपछि

शाब्दीक जानकारीलाई प्रस्तुत गर्ने तरिका

  इकाइ: २ पाठ: ९ शाब्दीक जानकारीलाई प्रस्तुत गर्ने तरिका परिचय प्रतिवेदन लेखनमा विशेष अर्थ दिने प्राविधिक र भाषिक शब्दहरुको जानकारी पाठवलाई प्रस्तुत गर्ने तरिकालाई शाब्दीक जानकारी भनिन्छ । यसरी अनुसन्धान प्रस्तवाना प्रतिवेदनमा प्रयोग भएका विशिष्ट पद वा पदावली र संक्षिप्त रूपको अर्थ स्पष्ट गराउनु पर्दछ जसलाई निम्न तरिकाले शाब्दिक जानकारी प्रस्तुत गरिन्छः संक्षिप्त रूपको प्रयोग बनिसकेका शब्दको छुट्टाछुट्टै अर्थ लगाउनु पर्ने गरि संक्षिप्त रूपको प्रयोग गर्नाले समयको बचत र अनुसन्धाननाई छोटो बनाउन सकिन्छ। जस्तैःUNDP (United Nations Development Program) • प.नि.का (परिक्षा नियन्त्रण कार्यलय) यसरि पहिलो पटक शब्दको अर्थ जानकारी गराइन्छ भने दोस्रो पटक देखि यसको छोटो रूपमात्र प्रयोग गर्दा हुन्छ । छोटो रुपको सूची तयार गर्दा क्रम अनुसार पहिले एउटा भाषाको सूची तयार गरिसके पछि अर्को भाषाको प्रयोग गर्नुपर्दछ । प्राविधिक शब्दहरुको सूची विशेष अर्थ दिने प्राविधिक क्षेत्रमा प्रयोग भएका शब्दहरूको अर्थ पाठक वर्गलाई सरल ढङ्गले बुझ्न सक्ने गरि प्रस्तुत गर्ने कार्य प्राविधिक शब्दको जानकारी

आत्मबोध र आत्म मूल्याङ्कन

एकाइ ३ पाठ ५ आत्मबोध र आत्म मूल्याङ्कन परिचय आत्मबोध भन्नाले आफ्ना विचार, भावना, व्यवहार तथा कार्यहरू आन्तरिक मूल्य र मान्यतासँग मिल्दा छन् कि छैनन्, भनि मुल्याङ्कन गर्नु भन्ने बुझिन्छ । आत्मबोधका प्रकार Tasha eurich का अनुसार आत्मबोधका प्रकारलाई दुई भागमा विभाजन गरिएको छः आन्तरिक आत्मबोध आफ्ना मूल्य, मान्यता तथा इच्छा चाहानाहरू समाज र वातावरणमा उपयुक्त छन् छैनन भनि मुल्याङ्कन गरि आवश्यकता अनुसार परिवर्तन गर्नुलाई आन्तरिक आत्मबोध भनिन्छ। •वाह्आत्मबोध अरु मानिसले आफूलाई कस्तो रुपमा हेर्छन वा लिन्छन् भनि जान्ने क्षमतालाई वाह्य आत्मबोध भनिन्छ। आत्मबोधको महत्त्व आफूले राम्रो गर्न सक्ने र सुधार गर्न आवश्यक कुरा पता लगाई आफ्नो सिप सुधार गर्नु, • आफ्नो विचार र कार्यलाई आफ्नो आदर्शसँग मिलाएर खुसी जीवन जिउनु, आफ्ना अनुयायी, कर्मचारी र सहकर्मीको आफूप्रतिको दृष्टिकोण थाहा पाई असल नेत्तृवकर्ता बन्नु, आफ्नो कार्य क्षमता वृद्धि गर्न व्यक्तिगत सम्बन्ध बलियो बनाउन तथा संवेग व्यवस्थापन गर्न, आफ्नो वास्तविक इच्छा, चाहाना महसुस गर्नु र त्यस सुहाउँदो पेसा छनौट गर्न, आफनो संवेग पहिचान ग

समानुभूतिको अर्थ

  एकाइ ३ पाठ ४ समानुभूति समानुभूतिको अर्थ समानुभूति भन्नाले अरुले भोगिरहेका संवेगात्मक अनुभवलाई पहिचान गर्ने, बुझने र आफूले पनि त्यस्तै महसुस गरि संवेगात्मक अनुभूति गर्ने क्षमता वा सिप भन्ने बुझिन्छ । समानुभूति शब्द 'सम' र 'अनुभूति' दुई शब्द मिलेर बनेको हुन्छ जसको अर्थ बराबर र महसुस गर्ने भन्ने हुन्छ । समानुभूतिका मूल तत्वहरु अरुलाई बझ्नु : मानिसहरुले अरुको कुरा तथा गैरसञ्चारमा ध्यान दिएर सुन्ने, हेर्ने, अरुका दृष्टिकोण बुझ्ने, आफ्नो संवेदनशिलता देखाउने र आवश्यकता अनुसार सहयोग गर्ने अरुलाई विकासित गर्नु : अरुको आवश्यकता र चासो अनुसार उनीहरुका सम्भावयतालाई विकास गर्ने भन्ने बुझिन्छ । जस्तै: अरुको सफलतामा प्रशंसा गर्ने, सुदारका लागि रचनात्मक सुझाव दिने आदि । • सेवा भाव राख्नु: सेवा ग्राहीको आवश्यकतालाई प्राथमिकतामा राख्ने, उनीहरुप्रति इमानदार हुने र उनीहरूको सन्तुष्टिका लागि नयाँ उपाय खोज्ने भन्ने बुझिन्छ • विविधताको उपयोग गर्नु : व्यक्तिमा रहेका फरक फरक क्षमतालाई पहिचान गरि उनीहरूका आवश्यकता अनुसार वस्तु, सेवा र अवसरको सिर्जना गरि विकास गर्ने प्रकृयालाई

नेपालमा विपत

  एकाइ : ५  पाठ: ६ नेपालमा विपत मानवीय तथा प्राकृतिक कारणले जीवनमा आउने सङ्कटपूर्ण अवस्था विपत हो । विपतको कारण धन जनको क्षतिका साथै वातावरणमा प्रतिकूल असर पर्दछ । विवतसँग सम्बन्धित केहि शब्दावली र तिनीहरूको परिभाषा: प्रकोप : विपत ल्याउन सक्ने घटना, जस्तै: वाढी, पहिरो आगलागी आदि । विपतः प्रकोपको कारण उत्पन्न मानवीय सङ्कट, जस्तै : मानिस मर्ने, हराउने घाइते हुने, पशु तथा खेतबारीको विनाश जोखिम : प्रकोपबाट क्षति हुने सम्भावना रहेको अवस्था, जस्तै: नदी किनारको बस्ती, कमलो माटो तथा भिरालो जमिन भन्दा तल रहेका घर बस्ती, सङ्कट : अति जोखिम वा विपत उन्मुख भएको अवस्था, जस्तैः खोला किनारमा रहेको बस्ती, पहिरो जान लागेको छेऊ को घर आदि न्युनीकरण र अल्पिकरण: प्रकोप हुनभन्दा अगाडी त्यसको सामना गर्न गरिने तयारी न्यूनीकरण हो भने क्षति कम गर्न गरिने कार्यलाई अलपीकरण भनिन्छ । जस्तैः खोला किनारमा तटबन्द लगाउने, तार जाली लगाउने, टेवा, पर्खाल लगाउने आदि। क्षमता : विपतको सामना गर्ने, श्रोत साधत, ज्ञान र सिप आदि । जस्तैः विपत आउन भन्दा पहिले उदार, राहत, पूर्नवास, उपचार आदिमा चाहिने सामानको

समुदायमा आएका परिवर्तन र सामाजिक रुपान्तरण

एकाइ: ४ पाठ: ५ परिचय समुदायमा आएका परिवर्तन र सामाजिक रुपान्तरण सामाजिक परिवर्तन र रुपान्तरण भन्नाले परम्परागत सामाजिक,आर्थिक, सांस्कृतिक, राजनितिक व्यवस्थामा परिवर्तन भई नयाँ सामाजिक व्यवस्था, संरचना र सम्बन्धको विकास हुने प्रक्रिया हो । सामाजिक परिवर्तन र रुपान्तरण विश्व मानव समाजमा निरन्तर चलिरहन्छ तसर्थ यो एउटा गतिशिल प्रक्रिया हो। सामाजिक रुपान्तरण र परिवर्तनका लागि निम्न तत्वहरुको भूमिका महत्त्वपूर्ण हुन्छ ! शिक्षा र सूचनाको पहुँचमा वृद्धि बढ्दो मानव अन्तरक्रिया, अन्तरनिर्भरता र बसाइसराई प्रविधिको विकास • मिडियाको भूमिका वैचारिक विस्तारमा सहजता अन्तराष्ट्रिय संघ संस्थाहरू • खुला बजार अर्थतन्त्र सामाजिकिकरण र संस्कृतिकरणका परिवर्तित प्रवृत्ति।

दैनिक जीवनमा दर्शनको प्रभाव

  एकाइ: ४ पाठ:४ दैनिक जीवनमा दर्शनको प्रभाव दर्शन जीवन र जगत बारे मानव अनुभव र अनुभूतिलाई व्याख्या तथा विश्लेषण गर्न सिकाउने ज्ञानको भण्डार हो । दर्शनमा चिन्तन पद्धतिका साथ साथै जीवनका लागि पनि आवश्यक मार्ग निर्देशन पाइन्छ । त्यसैले दर्शनको उपयोगिता बौद्धिक विचार, प्राज्ञिक चिन्तनका साथसाथै व्यवहारिक जीवनमा पनि रहेको छ । तसर्थ जीवनमा दर्शनको उपयोगीतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ: जीवनलाई बुझेर लक्ष्य निर्धारण गर्न, कुनै पनि कुराको गहिराई सम्म पुगेर निर्णय गर्ने क्षमताको विकास गर्न, विभिन्न व्यवहार, समाज र विश्वका हरेक गतिविधिहरु प्रति आफ्नो धारणा बनाउन, कुनै पनि विषयवस्तुको विश्लेषण गर्न, आफना अधिकार, कर्तव्य र जीवनका उद्देश्य बुझ्न, • समालोचानात्मक चिन्तन सिपको विकास गर्न, . व्यक्तित्व विकास गर्न, कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न, कर्नै पनि विषयको मूल्य मान्यता बारे स्पष्ट हुन, बौद्धिक स्तरको विकास गर्न, • आफ्ना संस्कार र संस्कृतिहरुको औचित्य बोध गर्न, ता र्कि क क्षमताको विकास गर्न, अध्ययन प्रतिको रुचि वृद्धि गर्न, वास्तविकताको खोजी गर्न, विचार र व्यव

संवेग व्यवस्थापन

  एकाइ: ३ पाठ: ६ संवेग व्यवस्थापन परिचय कुनै वस्तु वा परिस्थितीको चेतना युक्त मानसिक प्रतिकृया नै संवेग हो । यो दुई प्रकारको हुन्छ । जस्तै: सुरव, खुसी, उत्साह आदि सकरात्मक संवेग हुन भने दुःख पिडा, रिस ईष्या आदि नकारात्मक संबेग हुन् । संवेगात्मक अनुभव शारिरिक र मानसिक अनुभव हुन्छ । रिसाएको अवस्थामा रक्त प्रवाह छिटो छिटो हुन्छ भने उसको अनुहार रातो देखिन्छ संवेगले विभिन्न रसायन पनि उत्पादन गर्ने भएकाले  मानिसलाई विभिन्न क्रियाकलाप गर्न वा प्रतिकृया  देखाउन प्रेरित गर्छ । जस्तै: रिसाएको मानिसले अस्लिल शब्द प्रयोग गर्दै ठूलो स्वरले गाली गर्छ भने खुसी भएको मानिसले ठूलो स्वरमा कराउँदै नजिकको मानिसलाई अङ्गालो हाल्न पुग्छ । संवेग व्यवस्थापन सकारात्मक तथा नकारात्मक संवेग प्रति सचेत भई तिनलाई रचनात्मक तरिकाले परिचालन गर्ने क्षमतालाई संवेग व्यवस्थापन भनिन्छ। यसमा नकारात्मक संवेग ल्याउन सक्ने परिस्थिती प्रति सचेत रहने तथा त्यस्तो परिस्थिती आइहालेमा स्वभाविक प्रकृयाको रुपमा लिने प्रयास गर्ने । त्यस्तै सकारात्मक संवेगलाई पनि नियन्त्रित अवस्थामा अति खुसि र उत्साहित हुनबाट बच्नु पर्दछ। नत

सिर्जनात्मक चिन्तन सिप

  एकाई- ३ पाठ- ३ सिर्जनात्मक चिन्तन सिप परिचय कनै पनि परिस्थिती वा परिदृश्यमा नयाँ विकल्पहरु सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो जस्तै:-कर्नै चित्र, पोस्टर, वा web page लाई नयाँ तरिकाले डिजाइन गर्नु,पत्र-पत्रिका वा Blog मा कुनै समस्या समाधानमा आफ्नो विचार वा सुझाव व्यक्त गर्न, कथा, कविता, गीत, संगित आदि सृजना गर्नु । सिर्जनात्मक चिन्तनका चरण १) तयारी चरण यसमा सिर्जना गर्नका लागि आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान र मस्तिष्क मन्थन गरि नयाँ विकल्पको विचार गरिन्छ र ज्ञान तथा अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ । विकास चरण तयारी गरेको योजनालाई आफ्नो दिमागमा परिपक्क हुन समय दिइन्छ । उक्त समयमा सिर्जनाकार अफु अरुनै काममा व्यस्त हुन सक्छ तर दिमागमा सिर्जनाको विकास भई रहेको हुन्छ । ३) प्रदिप्ती चरण यसलाई अन्तरदृष्टि पनि भनिन्छ । सिर्जनाकारको दिमागमा आश्चर्य जनक रुपमा नयाँ विचार आउछँ जसले तयार गरेको योजना र समस्या समाधान बिचको सम्बन्ध स्पष्ट हुन्छ । मुल्याङ्कन चरण योजनाकारको नवीन विचारले काम गर्छ वा गर्दैन भनेर मूल्याङ्कन वा अनुसन

तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग

  एकाइ २ पाठ ८ तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग कम्प्युटर सफ्टवेयरले परिमाणात्मक तथा गुणात्मक दुवै प्रकारका तथ्याङ्क प्रशोधन र विश्लेषण गर्न सहयोग पुऱ्याउँछ। गुणात्मक तथ्याङ्कका लागि ATLAS.ti , NVivo, Quirkos, MAXQDA,Dedoose, Raven's Eye, Transana, Datagrav आदि तथा परिमाणात्मक तथ्याङ्कका लागि IBM SPSS, RStudio, Stata, OriginPro, TIMi Suite आदि सफ्टवेयरहरू प्रचलित छन् १. माइक्रोसफ्ट एक्सेलको परिचय माइक्रोसफ्ट एक्सेल ( Microsoft Excel) एक स्प्रिंडसिट (Spreadsheet) मा आधारित सफ्टवेयर हो यसलाई Windows, macOS, Android and iOS जस्ता अपरेटिङ सिस्टमका लागि Microsoft कम्पनीले विकसित गरेको हो। Microsoft Excel को एउटा Sheet मा १६,३८४ ओटा Columns र १०,४८, ५७६ ओटा Rows हुन्छन् (क) खोल्ने तरिका विन्डोज (Windows) को कुनै पनि भर्सनमा निम्नलिखित चरणहरूबाट Microsoft Excel खोल्न सकिन्छ : Start मेन्युमा क्लिक गर्नुहोस् । All Programsमा जानुहोस् । Scroll गर्दै गएर Microsoft Excel मा Click गर्नुहोस् । अब Microsoft Excel आफैँ खुल्छ । यदि Microsoft Excel लाई Taskbar

तथ्याङ्क तथा सुचनाको विश्लेषण र प्रस्तुतिकरण

  एकाइ २ पाठ ७ तथ्याङ्क तथा सुचनाको विश्लेषण र प्रस्तुतिकरण परिचय प्राप्त गरिएका सूचना सर्वप्रथम तयारी गरिन्छ । त्यसपछि प्रशोधन गरी विश्लेषण गर्न योग्य बनाइन्छ । सबै कार्य सकिए पछि तयाङक भण्डारण गरिन्छ र लक्षित समूहलाई जानकारी दिनका लागि सञ्चारका विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ । तथ्याङ्क तयारी यसमा अनावश्यक तथा त्रुटीयुक्त तथ्याङ्कलाई हटाइन्छ त्यस्तै शंकास्पद तथ्याङकलाई पुनः पुष्टि गर्ने, तथ्याङ्कलाई तालिका, सुची आदिमा प्रस्तुत गरि प्रशोधनका लागि तयार पारिन्छ । यसका लागि विभिन्न सफट्वेयरको प्रयोग गर्न सकिन्छ । जस्तै: IBM, SPSS, Statistics RSstudio, Stata,TIMi Suite आदि । तथ्याङ्क प्रशोधन संख्यातमक तवयाङ्कलाई विभिन्न तथ्याङ्क शास्त्रीय विधि जस्तैः ?Mean median, mode, Standard Deviation, Co-relation, Regression विभिन्न विधि प्रयोग गरि विश्लेषण गरिन्छ । गुणात्मक तथ्याङकलाई विभिन्न शब्द वा वाक्यको बारम्बरता गणना गर्न तेस्तै coading Quotation, निकाली तिनीहरुको अन्तरसम्बन्धको जालो बनाइन्छ । तथ्याङ्क विश्लेषण प्रशोधनबाट आएका नतिजाको विश्लेषण गरि अर्थ निकाल्ने कार्यलाई

सामाजिक तप्याङक सङ्कलनका साधनहरू

  एकाइ: २ पाठः ६ सामाजिक तप्याङक सङ्कलनका साधनहरू सामाजिक तथ्याङ्क सामाजिक तथ्याङ्क भन्नाले आर्थिक, सामाजिक, व्यक्तिगत, पारिवारिक, भाषिक आदि विषयका बारेमा सङ्कलन गरिएका सूचना भन्ने बुझिन्छ । यस्ता सूचनाहरु दुई प्रकारका हुन्छन: गुणात्मक सङ्ख्यात्मक सामाजिक तथ्याङ्क सङ्कलनका विधि अनुसन्धानका प्रश्नहरुको समाधान गर्नका लागि सान्दर्भिक र विशिष्ट जानकारी प्राप्त गर्ने एक व्यवस्थित प्रक्रिया नै तथ्याङ्क सङ्कलन हो । तसर्थ अनुसन्धानकर्ताले तथ्याङ्क सङ्कलन गर्नु भन्दा पहिले कुन / कस्तो सङ्‌कलन गर्ने, कसरि गर्ने, कसले गर्ने र कहिले गर्ने जस्ता कुराहरु निश्चित गर्नु पर्दछ अनुसन्धानको प्रकार, आवश्यकता, उद्देश्य र दक्षता, तथ्याङ्कका प्रकार परिस्थिती, स्रोत र साधनको उपलब्धता आदिलाई ध्यानमा राखी तथ्याङ्क संकलनका साधनहरूको छनौट गर्नुपर्दछ । आवश्यकता अनुसार     एउटै अनुसन्धानमा एक भन्दा बढी साधनहरूको प्रयोग गर्न सकिन्छ। सामाजिक अनुसन्धानमा प्रचलित साधनहरु निम्नानुसार छन्ः प्रश्नावली आवश्यक सूचना प्राप्त गर्ने प्राथमिक तथ्याङ्क संकलनको साधन प्रश्नावली हो । यसमा प्रश्नहरुको सूची

सामाजिक अनुसन्धानका लागि समस्या निर्माण र अध्ययन विधि चयन

एकाई २ पाठ: ५ सामाजिक अनुसन्धानका लागि समस्या निर्माण र अध्ययन विधि चयन परिचय समस्याको पहिचान भन्नाले कनें पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक उपयुक्त विषयवस्तुको पहिचान भन्ने बुझिन्छ। अनुसन्धान विधिको छनौट गर्दा सामान्यतया निम्न कुराहरुमा ध्यान दिनु पर्दछ : अरु कसैले पहिले नै अनुसन्धान गरेको विषय हुबहु दोहोरिनु हुँदैन । सोत,साधन र समयले भ्याउने विषय वस्तु छनौट गर्नु पर्दछ। अनुसन्धान कर्ताको चासोको विषय छनौट गर्न उपयुक्त हुन्छ। अनुसन्धानबाट नया ज्ञान प्राप्त हुनु पर्दछ । अनुसन्धान विधिको छनोट अनुसन्धान कार्यलाई तार्किक निष्कर्षमा पुप्याउन उपयुक्त विधिको छनोट आवश्यक पर्दछ । एउटै अनुसन्धानका लागि विभिन्न विधिहरु प्रयोग गर्न सकिन्छ । यस्ता विधिहरू मुख्यत तीन प्रकारका हुन्छन् : क)परिमाणात्मक ख) गुणात्मक ग) मिश्रीत सर्वेक्षण विधि यसमा एउटा जनसंख्याबाट निश्चित संख्याको नमुना लिइन्छ । प्रश्नवाली तयार गरि नमूना लिइएको संख्यामा मात्र प्रश्न सोधि तक्याङ्क सङ्‌क लन गरिन्छ । प्रयोग विधि यसमा छनौट गरिएका नमुनालाई दुई समूहमा बाढिन्छ । एक समूहलाई अवलोकन

WTO को सदयस्यको रुपमा नेपालका लागी अवसर र चुनौतीहरु

  WTO को सदयस्यको रुपमा नेपालका लागी अवसर र चुनौतीहरु उच्च व्यापारिक प्रतिस्पर्धा, वैदेशिक निर्भरताको सम्भावना बौद्धिक पलायन कोटा वितरणमा निषेध खुला व्यापारको अवैज्ञानिक प्रावधान अवसरहरु गरिबी निवारणमा सहयोग, अन्तर्राष्ट्रिय बजारको सूचनामा पहुँच, • काननी तथा सुरक्षित अधिकार, विदेशी लगानीकर्ताको आकर्षण व्यापार विविधीकरणमा विस्तार

विश्व व्यापार सङ्गठन (World Trade organization)

  विश्व व्यापार सङ्गठन (World Trade organization) दोस्रो विश्वयुद्धपछि धोस्त संरचनाको पुनः निर्माण तथा पिछडिएका देशहरुको आर्थिक विकासका लागि विश्वका धनी राष्ट्रहरूको सन् १९४६ व्यापार र रोजगार विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले संगठनको आवश्यकता विकास महसुस गरि सन् १९९४ मा विश्व व्यापार सङ्गठन सम्बन्धी संस्था स्थापना गर्ने निर्णय गयो । हाल WTO का नेपाल सहित १६४ सदस्य राष्ट्र रहेका छन् । अन्तर्राष्ट्रिय व्यापार संगठन WTO का उद्देश्य जीवनस्तरमा अभिवृद्धि गर्ने, . रोजगार तथा स्थिर गतिको वास्तविक आम्दानीको परिमाणमा वृद्धि ल्याउने, प्रभावकारी माग एवम् वस्तु तथा सेवाको उत्पादन र बिक्री विस्तार गर्ने, दिगो विकास गर्ने लक्ष्य अनुसार विश्वमा उपलब्ध साधन र स्रोतको प्रयोग गर्न दिँदा वातावरणको संरक्षण तर्क ध्यान दिने, विकासशित र अति कम वकसित राष्ट्रहरु बिच आर्थिक विकासको आवश्यकता अनुसार अन्तर्राष्ट्रिय व्यापारमा सहभागिता बढाउने, WTO का सिद्धान्तहरू भेदभाव बिनाको अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने, स्वच्छ प्रतिस्पर्धामा जोड समानताको सिद्धान्त भन्सार दरमा

BIMSTEC (Bay of Bengal initiative for multi-Sectoral Technical and Economic Cooperation)

  BIMSTEC (Bay of Bengal initiative for multi-Sectoral Technical and Economic Cooperation) बिम्स्टेकको स्थापना १९४७ मा Bankokमा भएको थियो । दक्षिण एसिया र दक्षिण-पूर्वी एसियाका राष्ट्रहरु यसको सदस्य रहेका छन् । BIMSTEC का उद्देश्यहरू तीव्र आर्थिक विकास गर्न सक्षम वातावरणको सृजना गर्न, · विकासका उपक्षेत्रको सामाजिक विकासको गतिमा तिव्रता ल्याउने, - साझा चासोका मामिलामा सक्रिय साझेदारी र आपसी सहयोगमा वृद्धि गर्नु प्रशिक्षण र अनुसन्धान सुविधामा वृद्धि गर्न एक अर्कालाई सहयोग प्रदान गर्न, सदस्य राष्ट्रहरुको राष्ट्रिय विकास योजनाहरुका सफलताका लागि प्रभावकारी सहयोग गर्ने, वर्तमान अन्तराष्ट्रिय र क्षेत्रिय सङ्‌गठनहरूसँग घनिष्ठ र लाभदायक सम्बन्ध कायम गर्न, उपक्षेत्रको विकासमा अधिक लाभदायी परियोजनामा सहयोग पुयाउने, BIMSTEC का सिद्धान्तहरू BIMSTEC का सदस्य राष्ट्र बिच सार्वभौम समानताको सिद्धान्त, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामिलामा हस्तक्षेप नहुने, शान्ती पूर्ण सह अस्तित्व र आपसी फाइदाका आधारमा व्यहार गर्ने, सदस्य राष्ट्रहरू बिचको सहकार्य दुई पक्षीय, क्

SAFTA का चुनौतिहरु

  SAFTA का चुनौतिहरु स्वतन्त्र व्यापार सम्बन्धि प्रावधानले ठुला राष्ट्रहरू अधिक लाभ लिन सक्ने अवस्थामा पुग्छन् भने साना राष्ट्रहरूले यसको लाभ उठाउन सक्दैनन् । साना राष्ट्रहरूले आफ्ना उत्पादनलाई ठुला राष्ट्रहरूका उत्पादनसँग प्रतिप्रधानमक स्थीतिमा लैजान पर्ने हुदाँ बजार गुमाउनु पर्ने अवस्था देखा पर्न सक्ने छ र परनिर्भताको स्थीति देखा पर्दछ ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध

  पाठ ३ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध परिचय दोस्रो विश्वयुद्धभन्दा पहिले सिमित देशहरुको बिचमा मात्र आर्थिक सहयोग, ऋण, र अनुदान आदि प्रचलनमा थिए । सन् १९५० को दशकमा जब संसारका अधिकाम्स देशहरू उपनिवेशबाट मुक्त भए तब आर्थिक रुपमा शक्तिशाली देशहरुले विश्वबजारलाई आफ्नो पहुँच बाहिर जान नदिन आर्थिक सहयोग, अनुदान, ऋण आदिको प्रचलन सुरु गरेका थिए । सन् १९५० पश्चात आर्थिक उदारीकरण, निजीकरण र विश्वव्यापीकरणका अवधारणाको सुरुवात भयो । यस संगै सन् १९८० को दशकमा नेपालले यी अवधारणाहरुलाई पालना गर्दै आर्थिक सहयोग ऋण तथा अनुदान लिन सुरु गरेको देखिन्छ । नेपालले कुल विश्व व्यापारको करिब ०.१% मात्र अंश ओगटेको भएता पनि यसले हाल विश्वका १५० मुलुकहरुसँग व्यापारिक सम्बन्ध कायम गरेको छ । नेपालको वि.सं . १८७३ (1816 AD) मा बेलायत सँगको कुटनैतिक सम्बन्ध तथा वि.स. १८७३ को सुगौलि सन्धी पश्चात अन्तराष्ट्रिय सम्बन्धले नयाँ दिशा लिएको हो । २००७ सालको राजनैतिक परिवर्तन पछि अन्तराष्ट्रिय सम्बन्ध विस्तार हुन पुग्यो । नेपालले २०७७ सालसम्म १७० देशहरुसँग कुटनैतिक सम्बन्ध कायम गरि विश्वका ३९ देशका विभिन्

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रिय सहयोग सङ्गठन

  दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रिय सहयोग सङ्गठन (SAARC) South Asian association For regional cooperation association दक्षिण एसियाका सात संस्थापक राष्ट्र र अफगानिस्तान सहित हाल यसमा आठ सदस्य राष्ट्र रहेका छन् । सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा भएको हो । सार्कको उद्देश्य • दक्षिण एसियाका जनताको हित वृद्धि गर्न, •सामहिक आत्मानिर्भतालाई सुदृढ पार्न, • विभिन्न क्षेत्रमा सक्रिय सहयोग र आपसी हितलाई बढावा दिन, •अन्तराष्ट्रिय तथा क्षेत्रिय संग सँग सहकार्य गर्न, सार्कका सिद्धान्तहरू सार्क राष्ट्रले एक आपसमा गर्ने व्यवहारहरू पाँच सिद्धानमा आधारित छन् : सार्वभौम समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, • आब्तरिक मामिलामा हस्तक्षेप नगर्ने, आपसी हित प्रवर्धन गर्नु, सार्कका सहकार्यका क्षेत्रहरु: कृषि र ग्रामिण विकास • विज्ञान र प्रविधि •उर्जा •जन सम्पर्क •सूचना, संचार र मिडिया •लगानि प्रवर्धन •शिक्षा र संस्कृति •वातावरण •गरिवी निवारण •सामाजिक विकास •Bio technology • पर्यटन •शान्ति र सुरक्षा •आर्थिक व्यापार र वित्त

नेपालको प्रदेशगत आधारमा परिवारको आकार उल्लेख गर्नुहोस

  नेपालको प्रदेशगत आधारमा परिवारको आकार उल्लेख गर्नुहोस प्रदेश १ :- यस प्रदेशमा 1203930 परिवार रहेका छन् यस प्रदेशमा औसत परिवारको आकार 4.13 र लैंगिक अनुपात 95.23 रहेको छ । यस प्रदेशको सहरी जनसंख्या 55.04 % रहेको छ । मधेश प्रदेश : यस प्रदेशमा 1190154 परिवार रहेका छन् । औसत परिवारको आकार 5.15 र लौङक अनुपात 100.99 छ । सहरी जनसंख्या 52.1% देखिन्छ । बाग्मती प्रदेश: यस प्रदेशमा औसत परिवारको आकार 3.68 र लौंडक अनुपात 99.45 छ । यस प्रदेशको सहरी जनसङ्ख्या 62.28 % रहेको छ । गण्डकी प्रदेश : यस प्रदेशमा औसत परिवारको आकार 4.16 र लैङिक अनुपात 90.85 छ। यस प्रदेशको सहरी जनसङ्ख्या 66.08 % रहेको छ । लुम्बिनी प्रदेश : यस प्रदेशमा औसत परिवारको आकार 4.43 लैङ्गिक अनुपात 92.15 छ । यस प्रदेशमा 55.04 % सहरी जनसङ्ख्या रहेको छ । कर्णाली प्रदेश यस प्रदेशमा औसत परिवारको आकार 4.57 र लैंगिक अनुपात 95.58 छ । यस प्रदेशमा 52.10 % सहरी जनसङ्ख्या देखिन्छ । सुदूरपश्चिम प्रदेश : यस प्रदेशमा औसत परिवारको आकार 4.62 लैङ्गिक अनुपात 90.49 छ । यस प्रदेशको सहरी जनसङ्ख्या 62.28 % रहेको छ ।

बौद्धिक चोरी सम्बन्धि कानुनी व्यवस्था

  बौद्धिक चोरी सम्बन्धि कानुनी व्यवस्था नेपालको संविधानको धारा २५ मा बौद्धिक सम्पति लगायत अन्य सम्पति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र व्यावसायिक लाभ प्राप्त गर्ने अधिकारको व्यवस्था गरिएको छ । त्यस्तै प्रतिलिपि अधिकार ऐन २०५९ ले किताब, पर्चा, लेख, सोधपत्र, नाटक, गित सङगित, सभ्य दृश्य, Architectual चित्रकला, वेन्टिङ, मूर्तिकला, काळकला, फोटोजन्य रचना, वैज्ञानिक लेख, प्रोग्राम जस्ता आदि सिर्जनालाई रचना अनि परिभाषित गरेको छ । सो ऐनले यस्ता रचना अनुपयुक्त तरिकाले प्रयोग गरेमा तेस्ता व्यक्ति लाई कसुरको मात्रा अनुसार रु 10,000 देखि 100,000 सम्मको जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरेको छ । सोही कार्य दोस्रो पटक देखि पटकै पिछे रु २०००० देखि २००,००० सम्म जरिवाना वा १वर्ष सम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ। त्यसैगरि, यस्ता रचना प्रकाशन वा पूनरउत्पादन वा वितरण गरेको र पूनरउत्पादन गर्न प्रयोग गरिएका सामानहररु जफत गरिन्छ । यस बाहेक यस्तो कार्य गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई नोक्सानीको क्षतिपूर्ति समेत उपलब्ध गराईदिनु पर्ने व्यवस्

बौद्धिक चोरीबाट बच्ने उपायहरूको सूची बनाउनु होस्

  ख) बौद्धिक चोरीबाट बच्ने उपायहरूको सूची बनाउनु होस् । उत्तरः बौद्धिक चोरीबाट बच्ने उपायहरु निम्नानुसार रहेका छन्: •अरुको लेख, रचना, पुस्तक आदिबाट कुनै अंश सारेमा उपयुक्त तरिकाले त्यसको स्रोत खुलाउने । •अरुको भनाइ वा रचना जस्ताको तस्तै उल्लेख गर्नेबित्तिकै उद्धरण चिन्ह राख्न र पाद टिप्पणी उल्लेख गर्न नभुल्ने । •आफ्नो सामग्रीको पटक पटक प्रुफ रिडिङ गर्ने । • सकेसम्म अरुको भनाइलाई आफूले बुझेर आफ्नै भाषामा राख्ने । • बौद्धिक चोरी भए नभएको पत्ता लगाउने सफ्टवेयर प्रयोग गरी परिक्षण गर्ने •आफूले अध्ययन गरेका सामग्रीहरु सन्दर्भ सूचीमा उल्लेख गर्ने । •उद्धरण गर्ने मानक ढाँचा प्रयोग गर्ने ।

बौद्धीक चोरी भन्नाले के बुझिन्छ ?

एकाई: २ पाठ: ४ क) बौद्धीक चोरी भन्नाले के बुझिन्छ ? बौद्धिक चोरी भन्नाले अरुको बौद्धिक सम्पत्ति कला सिर्जना, लेखरचना,अनुसन्धान कार्य कम्प्युटर कोड आदि नक्कल गरी मेरो हो भनि दावी प्रस्तुत |गर्ने कार्यलाई जनाउँछ । बौद्धिक चोरी एक अनैतिक र गैरकानुनी क्रियाकलाप हो । बौद्धिक चोरीलाई सामन्यता दुई वर्गमा विभाजन गरिन्छ : जानाजान हुने बौद्धिक चोरी अरुको लेख रचना, कला सिर्जनालाई आफ्नो भनी प्रकाशित गर्नु अन्य व्यक्तिको लेख रचना हुबहु सार्नु, • बजारबाट लेखरचना किनेर विश्वविद्यालयमा बुझाउन । • पुस्तक, लेख रचना तथा विद्युतिय स्रोतबाट बिना उद्धरण सार्नु, इन्टरनेटबाट महबह सार्नु अन्जानमा हुने बौद्धिक चोरी लापरवाहि तरिकाबाट पुर्नलेखन गर्नु •अनुपयुक्क तरिकाबाट उद्धरण गर्नु, • अनावश्यक रुपमा जथाभावी उदारण गर्नु •अर्काले पहिला प्रकासित गरेको लेख रचनाबाट बिना उद्धरण सुचन उल्लेख गर्नु ।

शिक्षाको विकासमा समुदायले पुर्याउन सक्ने योगदानहरूबारे चर्चा गर्नुहोस् ।

  ङ.) शिक्षाको विकासमा समुदायले पु र्या उन सक्ने योगदानहरूबारे चर्चा गर्नुहोस् । उत्तरः शिक्षासम्बन्धी कुनै पनि समस्याको समाधान गर्न समुदायको योगदान महत्त्वपूर्ण हुन्छ । समुदायको योगदानले शिक्षालयको भौतिक स्रोत र साधनामा वृद्धि गर्छ यसबाहेक शिक्षा, अभिभावक र समुदायबिचको सहकार्यबाट विद्यार्थीको सिकाइमा उच्च सफलता सम्भव हुन्छ । शिक्षालयको समय भन्दा पहिला र शिक्षालयको समय भन्दा पछाडिको समय विद्यार्थीले समुदाय र परिवारमा नै बिताउने भएकोले उनीहरुको सिकाइमा समुदायले महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको हुन्छ । समुदायको संलग्नताले विद्यार्थीहरुको शिक्षालयमा भर्नादर, नियमितता र उपलब्धता वृद्धि गर्दछ ।आफू सहभागी भएर गरिएका कार्यहरुमा अपनत्वको भावना विकास हुन्छ । त्यसैले त्यस्ता कार्यहरुको संरक्षणमा समुदाय नै लागि रहनेछ । शिक्षाको विकासमा समुदायले पुर्याउन सकने योगदानहरू यसप्रकार रहेका छन्ः - सामुदायिक स्कूलको स्थापना - शिक्षाको उद्देश्यको निर्माण तथा शिक्षामाथि नियन्त्रण - सार्वजनिक शिक्षाको व्यवस्था - व्यावसायिक तथा औद्योगिक शिक्षाको व्यवस्था - प्रौढ शिक्षाको व्यवस्था आदि । नेप

शिक्षाको विकासमा समुदायको भूमिका के कस्तो हुन्छ ? व्याख्या गर्नुहोस् ।

  पाठ ४ ख) राणा शासनकालमा विद्यालयहरू विकास नहुनाको एक कारण दिनुहोस् । उत्तर : राणा शासनकालमा विद्यालयहरू विकास नहुनाको कारण विद्यालय राणा परिवारका बालकहरुलाई मात्रै अङ्ग्रेजी शिक्षा दिन खोलिएको र यसको व्यवस्थापनमा प्रत्यक्ष रुपमा जनसहभागिता नरहनु हो । शिक्षाले समुदायको विकासमा खेल्ने कुनै एक भुमिका उल्लेख गर्नुहोस् । उत्तर : शिक्षाले समुदायको विकासमा खेल्ने एक भूमिका यसप्रकार रहेको छः ●शिक्षाले समुदायमा रहेको आवश्यकताको पुर्ती एवम् समस्याको समाधान गर्दै समुदायलाई दिन-प्रतिदिन अग्रसर गर्दछ । घ) शिक्षाको विकासमा समुदायको भूमिका के कस्तो हुन्छ ? व्याख्या गर्नुहोस् । उत्तर : शिक्षाको विकासमा समुदायको भुमिका निम्नानुसार रहेका छन् : विद्यालयका लागि आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्ने, घर र विद्यालयबिच सम्बन्ध स्थापना गरी आफ्ना सन्तानको पढाइबारे चासो राख्ने र जिम्मेवार बन्ने, विद्यार्थीबाई गृहकार्य, परियोजना कार्य गर्न सहयोग गर्ने, शिक्षालयको निर्णय प्रक्रियामा सहभागि हुने आदि ।

गुणस्तरीय जीवनस्थर र शिक्षा

  गुणस्तरीय जीवनस्थर र शिक्षा शिक्षित व्यक्तिहरु असल तथा स्वास्थ्य बनी व्यवहार गर्ने भएकाले यिनीहरुको जीवन गुणस्तरीय हुन्छ । घ) सांस्कृतिक विकास र प्रवर्धनमा शिक्षाको कस्तो भूमिका हुन्छ ? व्याख्या गर्नुहोस् । उत्तर : शिक्षाले पुरानो संस्कृतिलाई समाजिकीकरणका माध्यमबाट निरन्तरता दिन्छ भने नयाँ ज्ञान र अनुभवका आधारमा पुराना संस्कृतिलाई परिमार्जन तथा नयाँ संस्कृतिको सिर्जना गर्दछ । यसरी शिक्षाले सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यस्तै शिक्षाले संस्कृतिको संरक्षण र प्रसारण गर्नका साथै परिवर्तित परिस्थिति अनुसार संस्कृतिमा परिवर्तन र सुधार पनि ल्याउँछ । पुराना असान्दर्भिक सांस्कृतिक मूल्य मान्यता हरुलाई विस्थापित गर्ने वा सुधार गर्ने कार्य शिक्षाले नै गर्दछ यसरी सांस्कृतिक विकास र प्रवर्धनमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ ।

सामाजिक विकास भन्नाले के बुझिन्छ ?

पाठ ३ ● शिक्षाले सामाजिक र सांस्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभाव सामाजिक विकास भन्नाले के बुझिन्छ ? उत्तरः समाजको सफलता यसका सदस्यहरूको सफलतासँग जोडिने भएकाले प्रत्येक व्यक्तिले आफ्नो क्षमताको उच्चतम तहसम्म पुग्न सकने गरी उनीहरूको सुविधामा सुधार गर्नु नै सामाजिक विकास हो । शिक्षाले देशको अर्थतन्त्रलाई कसरी सबल बनाउँछ ? उत्तरः शिक्षा व्यक्तिको विकासको समग्र रूप नै राष्ट्रिय विकास हो । शिक्षाले ●व्यक्तिहरुको क्षमता विकास गरी आर्थिक विकाससमेत गर्ने भएकाले यसले अर्थतन्त्रलाई सबल बनाउन सहयोग गर्दछ । ग) शिक्षाले सामाजिक विकासमा प्रत्याउन सक्ने कुनै पाँच योगदानहरूको सूची बनाउनुहोस् । उत्तर: शिक्षाले सामाजिक विकासमा पुर्याउन सक्ने कुनै पाँच सुचि यस प्रकार छन सामाजिकीकरण मानिसलाई समाजको मूल्य मान्यता, नैतिकता, नीति नियम, परम्परा,रीतिरिवाज, कला, साहित्य जस्ता समाजिकीकरणका प्रक्रिया सिकाउने एउटा महत्त्वपूर्ण माध्यम शिक्षा हो । • क्षमता विकास शिक्षाले ज्ञान, सिप र प्रविधि दिएर व्यक्तिलाई दक्ष जनशक्ति बनाउँछ ।यस्तै, आफूलाई आवश्यक परेको ज्ञान, सिप र प्रविधि प्राप्त गर्ने क्षमता

शिक्षामा समावेशिता

  शिक्षामा समावेशिता UNESCO का अनुसार सिकाई, संस्कृति र समुदायको सहभागितामा वृद्धि तथा शिक्षामा भएको वहिष्करणलाई घटाउने र निमूल पान प्रकृया नै समावेशिता हो । नेपालमा शिक्षामा पहुँच र समावेशिता समावेशि शिक्षा नेपालमा सन् २००० मा 'सबैका लागि शिक्षा' कार्यक्रम सगैं भित्रीएको हो । सन 2011 देखि नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार तथा शैक्षिक अवसरका लागि विद्यालय सुधार कार्य भई रहेको छ। विभिन्न अन्तराष्ट्रिय महासन्धिहरुले शिक्षामा समावेशिता र पहुँच विकास गर्ने नीति ल्याए सँगै नेपाल सरकारले पनि अवलम्बन गर्दै आएको छ । सन्  १९८९ मा बाल अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिले सबै बालबालिकाहरुलाई निःशुल्क प्राथमिक शिक्षा पाउने अधिकारको व्यवस्था गरेको छ । यसैगरि सन् २०३० सम्ममा सबै बालबालिकाहरुलाई नि: शुल्क, समतामुलक तथा गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा पूरा गर्ने सुनिश्चित गराउने भनेको छ । नेपालको संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुलक तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक प्रदान गरिएको छ । हाल नेपालमा विशेष