११ Class पाठ : २ दलित सवाल (क) दलितको अर्थ दलित शब्दको अर्थ दमन गरिएको वा थिचिएको भन्ने हुन्छ । दलित आयोगले तयार पारेको परिभाषा अनुसार हिन्दु वर्णाश्रम, त्यसको जात व्यवस्था, वि. सं. १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नुपार्ने जातजाति हुन् भनी तोकिएका, जातीय भेदभाव एवम् समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा धार्मिक रूपमा राज्यको मूलप्रवाहबाट पछाडि पारिएका जातजातिको समुदाय दलित समुदाय हो । दलित कुनै जाति होइन बरु अछुत भनिएका विभिन्न जातहरूको समग्र समुदाय हो । नेपालमा दलितहरूको तीनओटा समूह रहेका छन् । पहिलो समूहमा पहाडी दलित पर्दछन् । यिनका धेरैजसो थर तथा गोत्र पहाडी क्षेत्री र बाहुनसँग मिल्छन् । दोस्रो समूहमा नेवारी दलित पर्दछन् जसको जात र जातअनुसारको कामको विभाजन जयस्थिति मल्लले गरेका थिए । तेस्रो समूहमा मधेसी दलित पर्दछन् जसको थर पहाडी र नेवारी दलितभन्दा फरक देखिन्छ । तीनओटै समूहका दलित समुदाय छुवाछुत, दमन र शोषणको अवस्थाबाट गुज्रिदै आएका छन् । दलित वर्ग नेपालका सामाजिक इन्जिनियर र आविष्कारक पनि हुन् । यस वर्गका मानिसहरूले ध...