आत्मबोध र आत्म मूल्याङ्कन
एकाइ ३ पाठ ५ आत्मबोध र आत्म मूल्याङ्कन परिचय आत्मबोध भन्नाले आफ्ना विचार, भावना, व्यवहार तथा कार्यहरू आन्तरिक मूल्य र मान्यतासँग मिल्दा छन् कि छैनन्, भनि मुल्याङ्कन गर्नु भन्ने बुझिन्छ । आत्मबोधका प्रकार Tasha eurich का अनुसार आत्मबोधका प्रकारलाई दुई भागमा विभाजन गरिएको छः आन्तरिक आत्मबोध आफ्ना मूल्य, मान्यता तथा इच्छा चाहानाहरू समाज र वातावरणमा उपयुक्त छन् छैनन भनि मुल्याङ्कन गरि आवश्यकता अनुसार परिवर्तन गर्नुलाई आन्तरिक आत्मबोध भनिन्छ। •वाह्आत्मबोध अरु मानिसले आफूलाई कस्तो रुपमा हेर्छन वा लिन्छन् भनि जान्ने क्षमतालाई वाह्य आत्मबोध भनिन्छ। आत्मबोधको महत्त्व आफूले राम्रो गर्न सक्ने र सुधार गर्न आवश्यक कुरा पता लगाई आफ्नो सिप सुधार गर्नु, • आफ्नो विचार र कार्यलाई आफ्नो आदर्शसँग मिलाएर खुसी जीवन जिउनु, आफ्ना अनुयायी, कर्मचारी र सहकर्मीको आफूप्रतिको दृष्टिकोण थाहा पाई असल नेत्तृवकर्ता बन्नु, आफ्नो कार्य क्षमता वृद्धि गर्न व्यक्तिगत सम्बन्ध बलियो बनाउन तथा संवेग व्यवस्थापन गर्न, आफ्नो वास्तविक इच्छा, चाहाना महसुस गर्नु र त्यस सुहाउँदो पेसा छनौट गर्न, आफनो संवेग पहिचान ग...