सहरीकरणको विश्वव्यापी प्रवृत्ति उल्लेख गर्नुहोस

 

सहरका विशेषता के के छन ?
•उच्च जनसङ्ख्या र जनघनत्व,
• केन्द्रिय सेवा सुविधाको उपलब्धता
•गैरकृषि व्यवसाय र पैसामा विविधिकरण,
• औद्योगिक कलकारखाबाको उपलब्धता,
• न्यूनतम मानवीय सेवा सुविधाहरुको प्रयाप्तता,
•उच्च आर्थिक क्रियाकलाप आदि।
सहरीकरण (urbanization)भन्नाले के बुझ्नु हुन्छ?
बस्ती रुपान्तरण हुँदै सहरमा परिणत हुने प्रक्रियालाई सहरीकरण भनिन्छ । जोन फ्रायडम्यानका अनुसार सहरीकरण भन्नाले जनसङ्ख्या, आर्थिक क्रियाकलाप र सहरी जीवनशैलीमा सामाजिक, सांस्कृतिक सहभागितालाई जनाउँछ।
सहरीकरणको विश्वव्यापी प्रवृत्ति उल्लेख गर्नुहोस
टर्कीको मध्य दक्षिणमा रहेको जेरिको र क्याटल हयूक प्रोटो सहर ६ हजार B.C. तिर देखा परेका थिए जुन मेसोपोटामीयाको सभ्यता भन्दा ३ हज़ार B.C पुरानो मानिन्छ । १८औं शताब्दीको अन्त्यतिर औद्योगिक क्रान्तीले आधुनिक सहरको जग बसालेको थियो । यस क्रान्तीले उत्पादनमा विशिष्टता, श्रम विभाजन, बजारीकरण गैरकृषि व्यवसाय, यातायातका साधन र प्रविधिका विकास जस्ता गतिविधिले सहरीकरणमा तिव्रता आयो । सन् १९६० पछि पुजीवादी अर्थतन्त्रको विकास, पुजीको एकीकरण र लगानीले सहरीकरणको विकासमा प्रमुख भूमिका खेल्न थाल्यो । सन १९८० पछि उत्पादन प्रक्रियामा नवीन प्रविधिको प्रयोग, विश्वव्यापीकरण र नवउदारवादले बहु-राष्ट्रिय कम्पनीको लगानी, उत्पादन र बजारीकरणले नयाँ ठाउँमा सहरीकरण तिव्र हुँदै गयो । सन् १९६० मा विश्वको कुल जनसंख्याको ३४% सहरी जनसंख्या रहेको थियो भने सन् २०१४ मा सहरी जनसंख्या 54% रहेको छ। सन २०५० मा यो जनसङ्ख्या ६६% पुग्ने अनुमान छ । सन् २००० देखि २०३० को अवधिमा अति विकसित क्षेत्रको सहरीवृद्धि दर ०.३३% र कम विकसित क्षेत्रमा १.१४% भई रहेको छ । सन् १९५० मा लन्डन सहर१२.३ मिलियन, टोकियो ११.३ मिलियन जनसंख्या भएका ठूला सहर थिए सन् १९७५ मा टोकियो २६.६, न्युयोर्क १५.९ मिलियन सङ्‌घाइ ११.४ मिलियन र मेक्सिको १०.७ मिलियन जनसङ्ख्या भएका सहर हुन् । सन् २००३ मा २० वटा र सन् २०१५ मा २२ वटा सहरहरू Megacity का रूपमा विकासित भएका छन् ।

Comments