नेपाल चिन राजनीतिक सम्बन्ध

 (ख) राजनीतिक सम्बन्ध

नेपालले औपचारिक रूपमा चीनसँग सन् १९५५ देखि कूटनीतिक सम्बन्ध कायम गरी सौहार्दपूर्ण
व्यवहार गर्दै आएको छ । नेपालले चीनसँग सार्वभौम समानता, पारस्परिक सम्मान, विश्वास, सद्भाव
र समझदारीका आधारमा सम्बन्ध राख्दै आएको छ । नेपालका लागि चिनियाँ दुतावासका अनुसार यी
दुई देशहरू एक अर्कालाई कहिलै धम्क्याउँदैनन, चोट पुऱ्याउदैनन्। यसका साथै सधैँ एक अर्कालाई सम्मान गर्छन्, विश्वास गर्छन् र सहयोग गर्छन् । चीनले अवलम्बन गर्दै आएको एक चीन नीतिलाई नेपालले सधैँ आत्मसात् गरेको छ । समय समयमा चीनको उच्च राजनीतिक नेतृत्व
नेपाल आउने गर्छन्। त्यसैगरी नेपालको राजनीतिक नेतृत्वबाट पनि समय समयमा चीनको भ्रमण हुँदै
आएको छ । यसले पनि यी दुई देशका बिचमा राजनीतिक सम्बन्ध प्रगाढ छ भन्न सकिन्छ ।
,
(ग) आर्थिक सम्बन्ध
चीन नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार हो । इतिहासमा नेपालको उत्तरी सीमाबाट नेपालीहरू चीनको स्वशासित क्षेत्र तिब्बतमा नुन, सुन,उन जस्ता वस्तुहरू खरिद गर्न र तिब्बतीहरू नेपालको उत्तरी क्षेत्रमा रहेका बजारमा खाद्यान्न खरिद गर्न जाने आउने चलन थियो । आर्थिक वर्ष २०७५ / ७६ मा नेपालको कुल आयातमध्ये चीनबाट मात्र
२२.६९ प्रतिशत र कुल निर्यातमध्ये चीनमा मात्र २.२७ प्रतिशत भएको थियो । नेपाल चीनबिचको
पहिलो आर्थिक सहयोग सम्झौता वि. सं. २०१३ आश्विन १६ (अक्टोबर १, १९५६) मा हस्ताक्षर भएको
थियो । वि.सं. २०३० (सन् १९८०) को दशकको मध्यदेखि चिनियाँ सरकारले आर्थिक र प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत नेपाल सरकारलाई अनुदान सहयोग दिने बाचा गरिरहेको छ । चीनले नेपाललाई अनुदान, ब्याजमुक्त ऋण र सहुलियत ऋणका रूपमा सहयोग गर्दै आएको छ।

Comments