११ Class पाठ :१ एकाइ ७ सामाजिक पहिचान, विविधता र वर्ग विभाजन नेपालमा जातप्रथा वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ । जातसम्बद्ध जातप्रथा हो । नेपालमा लामो समयदेखि जातप्रथाले जरा गाडेर बसेको छ । वि.सं . २०२० सालमा बनेको मुलुकी ऐनले जातीय भेदभावलाई पूर्णरूपमा बन्देज गरेको थियो । यस्ता प्रयासहरूका बाबजुद पनि हाम्रो समाजबाट जातका आधारमा हुने छुवाछुत र भेदभावको अन्त्य हुन भने सकेको छैन । जातप्रथाको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा विभिन्न अवधारणाहरू पाइन्छन् । तीमध्ये केही अवधारणाहरूलाई यहाँ प्रस्तुत गरिएको छ : (क) जातको दैवी अवधारणा आजभन्दा झन्डै तीन हजार वर्ष पहिलेदेखि जातको दैवी अवधारणा विकास भएको पाइन्छ पौराणिक कालमा हिन्दु परम्पराअनुसार प्रत्येक गाउँ वा सहर स्वतन्त्र र आत्मनिर्भर हुने प्रचलन थियो। त्यसैले प्रत्येक समाजलाई व्यवस्थित गर्न वर्ण व्यवस्थालाई अनुसरण गरिन्थ्यो । यसका लागि चार प्रकारका पदहरूको सिर्जना गरिएको थिए: ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र । समाजमा श्रम र सिपमा आधारित कामहरूमा रुचि राख्...