तथ्याङ्क तथा सुचनाको विश्लेषण र प्रस्तुतिकरण
एकाइ २ पाठ ७ तथ्याङ्क तथा सुचनाको विश्लेषण र प्रस्तुतिकरण परिचय प्राप्त गरिएका सूचना सर्वप्रथम तयारी गरिन्छ । त्यसपछि प्रशोधन गरी विश्लेषण गर्न योग्य बनाइन्छ । सबै कार्य सकिए पछि तयाङक भण्डारण गरिन्छ र लक्षित समूहलाई जानकारी दिनका लागि सञ्चारका विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ । तथ्याङ्क तयारी यसमा अनावश्यक तथा त्रुटीयुक्त तथ्याङ्कलाई हटाइन्छ त्यस्तै शंकास्पद तथ्याङकलाई पुनः पुष्टि गर्ने, तथ्याङ्कलाई तालिका, सुची आदिमा प्रस्तुत गरि प्रशोधनका लागि तयार पारिन्छ । यसका लागि विभिन्न सफट्वेयरको प्रयोग गर्न सकिन्छ । जस्तै: IBM, SPSS, Statistics RSstudio, Stata,TIMi Suite आदि । तथ्याङ्क प्रशोधन संख्यातमक तवयाङ्कलाई विभिन्न तथ्याङ्क शास्त्रीय विधि जस्तैः ?Mean median, mode, Standard Deviation, Co-relation, Regression विभिन्न विधि प्रयोग गरि विश्लेषण गरिन्छ । गुणात्मक तथ्याङकलाई विभिन्न शब्द वा वाक्यको बारम्बरता गणना गर्न तेस्तै coading Quotation, निकाली तिनीहरुको अन्तरसम्बन्धको जालो बनाइन्छ । तथ्याङ्क विश्लेषण प्रशोधनबाट आएका नतिजाको विश्लेषण गरि अर्थ निकाल्ने कार्...