वर्गीय विभाजनले के कस्ता समस्या सिर्जना हुन्छन् ? बुंदगत रुपमा उल्लेख गर्नुहोस् ।

 वर्गीय विभाजनले के कस्ता समस्या सिर्जना हुन्छन् ? बुंदगत रुपमा उल्लेख गर्नुहोस् ।

उत्तर: विशेषगरी आर्थिक अवस्थालाई आर्थिक आधार मानेर समाजमा रहेको उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ण गरी तीन वर्ग पाइन्छ । कृषि र उद्योगको विकाससँगै समाजमा धनी र गरिब, सम्पति भएका र नभएका, शोषक र शोषित वर्गमा विभाजित भयो । परिमाणस्वरूप यसरी स्थापना भएको वर्गीय विभाजनका कारण निम्न प्रकाकारका समस्याहरू सिर्जना हुन्छन्
• सामाजिक-सांस्कृतिष रुपमा रहेको एकता भङ्ग भएर पारस्परिक सहसम्बन्धमा खाडल आउन सक्छ,
• विभिन्न वर्गका मानिसहरुबिच रहेको आर्थिक भिन्नतामा अझ बढी दरार र मनमुटाबको अवस्था हुनसक्छ,
• राज्यबाट वितरण गरिने सेवासुविधा र स्रोतसाधनको समतामूलक वितरण हुन सक्दैन। विभिन्न विकासका योजनाहरूमा सबै नागरिकको सहभागिता समान
तवरले हुन सक्दैन र अपेक्षित परिणाम प्राप्त हुँदैन ।
समाजमा गरिबीको रेखामुनि रहेका व्यक्तिहरूको सङ्ख्यामा वृद्धि हुन्छ र बन्दको अवस्था पनि सिर्जना हुन्छ २. समाजमा सबैभन्दा धेरै वर्गहरूको सिर्जना सामाजिक आधारमा हुन्छ । किन ?
उत्तर: समाजलाई विभाजन गर्ने आर्थिक आधार वर्ग निर्माणको केबल एउटा प्रक्रिया हो भने वर्ग निर्माणका सामाजिक आधारहरु धेरै छन् । जस्तै :महिला, पुरुष, दलित, युवा, विदयार्थी, कर्मचारी, किसान आदि त्यसैले
आर्थिक भन्दा सामाजिक आधारमा सबैभन्दा धेरै वर्गहरूको सिर्जना हुन्छ।
समाज विविधता युक्त छ । समय, स्थान, देश, काल र परिस्थिति अनुसार सामाजिक विशेषताका आधारमा वर्गको निर्माण हुन्छ । यो गतिशिल र परिवर्तनशिल पनि हुन्छ । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक,
भौगोलिक, पेशागत, आधारहरू वर्ग निर्माणका सामाजिक तत्वहरु हुन् । त्यसैकारणले काल मार्क्सले भने जस्तै वर्ग निर्माणको आधार
आर्थिक मात्र नभएर सामाजिक पनि हुन्छ भन्ने तथ्यलाई स्वीकार गरिनु पर्दछ ।

Comments