Posts

Showing posts from January, 2023

WTO को सदयस्यको रुपमा नेपालका लागी अवसर र चुनौतीहरु

  WTO को सदयस्यको रुपमा नेपालका लागी अवसर र चुनौतीहरु उच्च व्यापारिक प्रतिस्पर्धा, वैदेशिक निर्भरताको सम्भावना बौद्धिक पलायन कोटा वितरणमा निषेध खुला व्यापारको अवैज्ञानिक प्रावधान अवसरहरु गरिबी निवारणमा सहयोग, अन्तर्राष्ट्रिय बजारको सूचनामा पहुँच, • काननी तथा सुरक्षित अधिकार, विदेशी लगानीकर्ताको आकर्षण व्यापार विविधीकरणमा विस्तार

विश्व व्यापार सङ्गठन (World Trade organization)

  विश्व व्यापार सङ्गठन (World Trade organization) दोस्रो विश्वयुद्धपछि धोस्त संरचनाको पुनः निर्माण तथा पिछडिएका देशहरुको आर्थिक विकासका लागि विश्वका धनी राष्ट्रहरूको सन् १९४६ व्यापार र रोजगार विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले संगठनको आवश्यकता विकास महसुस गरि सन् १९९४ मा विश्व व्यापार सङ्गठन सम्बन्धी संस्था स्थापना गर्ने निर्णय गयो । हाल WTO का नेपाल सहित १६४ सदस्य राष्ट्र रहेका छन् । अन्तर्राष्ट्रिय व्यापार संगठन WTO का उद्देश्य जीवनस्तरमा अभिवृद्धि गर्ने, . रोजगार तथा स्थिर गतिको वास्तविक आम्दानीको परिमाणमा वृद्धि ल्याउने, प्रभावकारी माग एवम् वस्तु तथा सेवाको उत्पादन र बिक्री विस्तार गर्ने, दिगो विकास गर्ने लक्ष्य अनुसार विश्वमा उपलब्ध साधन र स्रोतको प्रयोग गर्न दिँदा वातावरणको संरक्षण तर्क ध्यान दिने, विकासशित र अति कम वकसित राष्ट्रहरु बिच आर्थिक विकासको आवश्यकता अनुसार अन्तर्राष्ट्रिय व्यापारमा सहभागिता बढाउने, WTO का सिद्धान्तहरू भेदभाव बिनाको अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने, स्वच्छ प्रतिस्पर्धामा जोड समानताको सिद्धान्त भन्सार दरमा सिमा नि

BIMSTEC (Bay of Bengal initiative for multi-Sectoral Technical and Economic Cooperation)

  BIMSTEC (Bay of Bengal initiative for multi-Sectoral Technical and Economic Cooperation) बिम्स्टेकको स्थापना १९४७ मा Bankokमा भएको थियो । दक्षिण एसिया र दक्षिण-पूर्वी एसियाका राष्ट्रहरु यसको सदस्य रहेका छन् । BIMSTEC का उद्देश्यहरू तीव्र आर्थिक विकास गर्न सक्षम वातावरणको सृजना गर्न, · विकासका उपक्षेत्रको सामाजिक विकासको गतिमा तिव्रता ल्याउने, - साझा चासोका मामिलामा सक्रिय साझेदारी र आपसी सहयोगमा वृद्धि गर्नु प्रशिक्षण र अनुसन्धान सुविधामा वृद्धि गर्न एक अर्कालाई सहयोग प्रदान गर्न, सदस्य राष्ट्रहरुको राष्ट्रिय विकास योजनाहरुका सफलताका लागि प्रभावकारी सहयोग गर्ने, वर्तमान अन्तराष्ट्रिय र क्षेत्रिय सङ्‌गठनहरूसँग घनिष्ठ र लाभदायक सम्बन्ध कायम गर्न, उपक्षेत्रको विकासमा अधिक लाभदायी परियोजनामा सहयोग पुयाउने, BIMSTEC का सिद्धान्तहरू BIMSTEC का सदस्य राष्ट्र बिच सार्वभौम समानताको सिद्धान्त, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामिलामा हस्तक्षेप नहुने, शान्ती पूर्ण सह अस्तित्व र आपसी फाइदाका आधारमा व्यहार गर्ने, सदस्य राष्ट्रहरू बिचको सहकार्य दुई पक्षीय, क्षेत्रीय

SAFTA का चुनौतिहरु

  SAFTA का चुनौतिहरु स्वतन्त्र व्यापार सम्बन्धि प्रावधानले ठुला राष्ट्रहरू अधिक लाभ लिन सक्ने अवस्थामा पुग्छन् भने साना राष्ट्रहरूले यसको लाभ उठाउन सक्दैनन् । साना राष्ट्रहरूले आफ्ना उत्पादनलाई ठुला राष्ट्रहरूका उत्पादनसँग प्रतिप्रधानमक स्थीतिमा लैजान पर्ने हुदाँ बजार गुमाउनु पर्ने अवस्था देखा पर्न सक्ने छ र परनिर्भताको स्थीति देखा पर्दछ ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रिय सहयोग सङ्गठन

  दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रिय सहयोग सङ्गठन (SAARC) South Asian association For regional cooperation association दक्षिण एसियाका सात संस्थापक राष्ट्र र अफगानिस्तान सहित हाल यसमा आठ सदस्य राष्ट्र रहेका छन् । सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा भएको हो । सार्कको उद्देश्य • दक्षिण एसियाका जनताको हित वृद्धि गर्न, •सामहिक आत्मानिर्भतालाई सुदृढ पार्न, • विभिन्न क्षेत्रमा सक्रिय सहयोग र आपसी हितलाई बढावा दिन, •अन्तराष्ट्रिय तथा क्षेत्रिय संग सँग सहकार्य गर्न, सार्कका सिद्धान्तहरू सार्क राष्ट्रले एक आपसमा गर्ने व्यवहारहरू पाँच सिद्धानमा आधारित छन् : सार्वभौम समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, • आब्तरिक मामिलामा हस्तक्षेप नगर्ने, आपसी हित प्रवर्धन गर्नु, सार्कका सहकार्यका क्षेत्रहरु: कृषि र ग्रामिण विकास • विज्ञान र प्रविधि •उर्जा •जन सम्पर्क •सूचना, संचार र मिडिया •लगानि प्रवर्धन •शिक्षा र संस्कृति •वातावरण •गरिवी निवारण •सामाजिक विकास •Bio technology • पर्यटन •शान्ति र सुरक्षा •आर्थिक व्यापार र वित्त

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध

  पाठ ३ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध परिचय दोस्रो विश्वयुद्धभन्दा पहिले सिमित देशहरुको बिचमा मात्र आर्थिक सहयोग, ऋण, र अनुदान आदि प्रचलनमा थिए । सन् १९५० को दशकमा जब संसारका अधिकाम्स देशहरू उपनिवेशबाट मुक्त भए तब आर्थिक रुपमा शक्तिशाली देशहरुले विश्वबजारलाई आफ्नो पहुँच बाहिर जान नदिन आर्थिक सहयोग, अनुदान, ऋण आदिको प्रचलन सुरु गरेका थिए । सन् १९५० पश्चात आर्थिक उदारीकरण, निजीकरण र विश्वव्यापीकरणका अवधारणाको सुरुवात भयो । यस संगै सन् १९८० को दशकमा नेपालले यी अवधारणाहरुलाई पालना गर्दै आर्थिक सहयोग ऋण तथा अनुदान लिन सुरु गरेको देखिन्छ । नेपालले कुल विश्व व्यापारको करिब ०.१% मात्र अंश ओगटेको भएता पनि यसले हाल विश्वका १५० मुलुकहरुसँग व्यापारिक सम्बन्ध कायम गरेको छ । नेपालको वि.सं . १८७३ (1816 AD) मा बेलायत सँगको कुटनैतिक सम्बन्ध तथा वि.स. १८७३ को सुगौलि सन्धी पश्चात अन्तराष्ट्रिय सम्बन्धले नयाँ दिशा लिएको हो । २००७ सालको राजनैतिक परिवर्तन पछि अन्तराष्ट्रिय सम्बन्ध विस्तार हुन पुग्यो । नेपालले २०७७ सालसम्म १७० देशहरुसँग कुटनैतिक सम्बन्ध कायम गरि विश्वका ३९ देशका विभिन्न स्थानम

नेपालको प्रदेशगत आधारमा परिवारको आकार उल्लेख गर्नुहोस

  नेपालको प्रदेशगत आधारमा परिवारको आकार उल्लेख गर्नुहोस प्रदेश १ :- यस प्रदेशमा 1203930 परिवार रहेका छन् यस प्रदेशमा औसत परिवारको आकार 4.13 र लैंगिक अनुपात 95.23 रहेको छ । यस प्रदेशको सहरी जनसंख्या 55.04 % रहेको छ । मधेश प्रदेश : यस प्रदेशमा 1190154 परिवार रहेका छन् । औसत परिवारको आकार 5.15 र लौङक अनुपात 100.99 छ । सहरी जनसंख्या 52.1% देखिन्छ । बाग्मती प्रदेश: यस प्रदेशमा औसत परिवारको आकार 3.68 र लौंडक अनुपात 99.45 छ । यस प्रदेशको सहरी जनसङ्ख्या 62.28 % रहेको छ । गण्डकी प्रदेश : यस प्रदेशमा औसत परिवारको आकार 4.16 र लैङिक अनुपात 90.85 छ। यस प्रदेशको सहरी जनसङ्ख्या 66.08 % रहेको छ । लुम्बिनी प्रदेश : यस प्रदेशमा औसत परिवारको आकार 4.43 लैङ्गिक अनुपात 92.15 छ । यस प्रदेशमा 55.04 % सहरी जनसङ्ख्या रहेको छ । कर्णाली प्रदेश यस प्रदेशमा औसत परिवारको आकार 4.57 र लैंगिक अनुपात 95.58 छ । यस प्रदेशमा 52.10 % सहरी जनसङ्ख्या देखिन्छ । सुदूरपश्चिम प्रदेश : यस प्रदेशमा औसत परिवारको आकार 4.62 लैङ्गिक अनुपात 90.49 छ । यस प्रदेशको सहरी जनसङ्ख्या 62.28 % रहेको छ ।

बौद्धिक चोरी सम्बन्धि कानुनी व्यवस्था

  बौद्धिक चोरी सम्बन्धि कानुनी व्यवस्था नेपालको संविधानको धारा २५ मा बौद्धिक सम्पति लगायत अन्य सम्पति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र व्यावसायिक लाभ प्राप्त गर्ने अधिकारको व्यवस्था गरिएको छ । त्यस्तै प्रतिलिपि अधिकार ऐन २०५९ ले किताब, पर्चा, लेख, सोधपत्र, नाटक, गित सङगित, सभ्य दृश्य, Architectual चित्रकला, वेन्टिङ, मूर्तिकला, काळकला, फोटोजन्य रचना, वैज्ञानिक लेख, प्रोग्राम जस्ता आदि सिर्जनालाई रचना अनि परिभाषित गरेको छ । सो ऐनले यस्ता रचना अनुपयुक्त तरिकाले प्रयोग गरेमा तेस्ता व्यक्ति लाई कसुरको मात्रा अनुसार रु 10,000 देखि 100,000 सम्मको जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरेको छ । सोही कार्य दोस्रो पटक देखि पटकै पिछे रु २०००० देखि २००,००० सम्म जरिवाना वा १वर्ष सम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ। त्यसैगरि, यस्ता रचना प्रकाशन वा पूनरउत्पादन वा वितरण गरेको र पूनरउत्पादन गर्न प्रयोग गरिएका सामानहररु जफत गरिन्छ । यस बाहेक यस्तो कार्य गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई नोक्सानीको क्षतिपूर्ति समेत उपलब्ध गराईदिनु पर्ने व्यवस्था छ।

बौद्धिक चोरीबाट बच्ने उपायहरूको सूची बनाउनु होस्

  ख) बौद्धिक चोरीबाट बच्ने उपायहरूको सूची बनाउनु होस् । उत्तरः बौद्धिक चोरीबाट बच्ने उपायहरु निम्नानुसार रहेका छन्: •अरुको लेख, रचना, पुस्तक आदिबाट कुनै अंश सारेमा उपयुक्त तरिकाले त्यसको स्रोत खुलाउने । •अरुको भनाइ वा रचना जस्ताको तस्तै उल्लेख गर्नेबित्तिकै उद्धरण चिन्ह राख्न र पाद टिप्पणी उल्लेख गर्न नभुल्ने । •आफ्नो सामग्रीको पटक पटक प्रुफ रिडिङ गर्ने । • सकेसम्म अरुको भनाइलाई आफूले बुझेर आफ्नै भाषामा राख्ने । • बौद्धिक चोरी भए नभएको पत्ता लगाउने सफ्टवेयर प्रयोग गरी परिक्षण गर्ने •आफूले अध्ययन गरेका सामग्रीहरु सन्दर्भ सूचीमा उल्लेख गर्ने । •उद्धरण गर्ने मानक ढाँचा प्रयोग गर्ने ।

बौद्धीक चोरी भन्नाले के बुझिन्छ ?

एकाई: २ पाठ: ४ क) बौद्धीक चोरी भन्नाले के बुझिन्छ ? बौद्धिक चोरी भन्नाले अरुको बौद्धिक सम्पत्ति कला सिर्जना, लेखरचना,अनुसन्धान कार्य कम्प्युटर कोड आदि नक्कल गरी मेरो हो भनि दावी प्रस्तुत |गर्ने कार्यलाई जनाउँछ । बौद्धिक चोरी एक अनैतिक र गैरकानुनी क्रियाकलाप हो । बौद्धिक चोरीलाई सामन्यता दुई वर्गमा विभाजन गरिन्छ : जानाजान हुने बौद्धिक चोरी अरुको लेख रचना, कला सिर्जनालाई आफ्नो भनी प्रकाशित गर्नु अन्य व्यक्तिको लेख रचना हुबहु सार्नु, • बजारबाट लेखरचना किनेर विश्वविद्यालयमा बुझाउन । • पुस्तक, लेख रचना तथा विद्युतिय स्रोतबाट बिना उद्धरण सार्नु, इन्टरनेटबाट महबह सार्नु अन्जानमा हुने बौद्धिक चोरी लापरवाहि तरिकाबाट पुर्नलेखन गर्नु •अनुपयुक्क तरिकाबाट उद्धरण गर्नु, • अनावश्यक रुपमा जथाभावी उदारण गर्नु •अर्काले पहिला प्रकासित गरेको लेख रचनाबाट बिना उद्धरण सुचन उल्लेख गर्नु ।

शिक्षाको विकासमा समुदायले पुर्याउन सक्ने योगदानहरूबारे चर्चा गर्नुहोस् ।

  ङ.) शिक्षाको विकासमा समुदायले पु र्या उन सक्ने योगदानहरूबारे चर्चा गर्नुहोस् । उत्तरः शिक्षासम्बन्धी कुनै पनि समस्याको समाधान गर्न समुदायको योगदान महत्त्वपूर्ण हुन्छ । समुदायको योगदानले शिक्षालयको भौतिक स्रोत र साधनामा वृद्धि गर्छ यसबाहेक शिक्षा, अभिभावक र समुदायबिचको सहकार्यबाट विद्यार्थीको सिकाइमा उच्च सफलता सम्भव हुन्छ । शिक्षालयको समय भन्दा पहिला र शिक्षालयको समय भन्दा पछाडिको समय विद्यार्थीले समुदाय र परिवारमा नै बिताउने भएकोले उनीहरुको सिकाइमा समुदायले महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको हुन्छ । समुदायको संलग्नताले विद्यार्थीहरुको शिक्षालयमा भर्नादर, नियमितता र उपलब्धता वृद्धि गर्दछ ।आफू सहभागी भएर गरिएका कार्यहरुमा अपनत्वको भावना विकास हुन्छ । त्यसैले त्यस्ता कार्यहरुको संरक्षणमा समुदाय नै लागि रहनेछ । शिक्षाको विकासमा समुदायले पुर्याउन सकने योगदानहरू यसप्रकार रहेका छन्ः - सामुदायिक स्कूलको स्थापना - शिक्षाको उद्देश्यको निर्माण तथा शिक्षामाथि नियन्त्रण - सार्वजनिक शिक्षाको व्यवस्था - व्यावसायिक तथा औद्योगिक शिक्षाको व्यवस्था - प्रौढ शिक्षाको व्यवस्था आदि । नेपालमा शिक

शिक्षाको विकासमा समुदायको भूमिका के कस्तो हुन्छ ? व्याख्या गर्नुहोस् ।

  पाठ ४ ख) राणा शासनकालमा विद्यालयहरू विकास नहुनाको एक कारण दिनुहोस् । उत्तर : राणा शासनकालमा विद्यालयहरू विकास नहुनाको कारण विद्यालय राणा परिवारका बालकहरुलाई मात्रै अङ्ग्रेजी शिक्षा दिन खोलिएको र यसको व्यवस्थापनमा प्रत्यक्ष रुपमा जनसहभागिता नरहनु हो । शिक्षाले समुदायको विकासमा खेल्ने कुनै एक भुमिका उल्लेख गर्नुहोस् । उत्तर : शिक्षाले समुदायको विकासमा खेल्ने एक भूमिका यसप्रकार रहेको छः ●शिक्षाले समुदायमा रहेको आवश्यकताको पुर्ती एवम् समस्याको समाधान गर्दै समुदायलाई दिन-प्रतिदिन अग्रसर गर्दछ । घ) शिक्षाको विकासमा समुदायको भूमिका के कस्तो हुन्छ ? व्याख्या गर्नुहोस् । उत्तर : शिक्षाको विकासमा समुदायको भुमिका निम्नानुसार रहेका छन् : विद्यालयका लागि आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्ने, घर र विद्यालयबिच सम्बन्ध स्थापना गरी आफ्ना सन्तानको पढाइबारे चासो राख्ने र जिम्मेवार बन्ने, विद्यार्थीबाई गृहकार्य, परियोजना कार्य गर्न सहयोग गर्ने, शिक्षालयको निर्णय प्रक्रियामा सहभागि हुने आदि ।

गुणस्तरीय जीवनस्थर र शिक्षा

  गुणस्तरीय जीवनस्थर र शिक्षा शिक्षित व्यक्तिहरु असल तथा स्वास्थ्य बनी व्यवहार गर्ने भएकाले यिनीहरुको जीवन गुणस्तरीय हुन्छ । घ) सांस्कृतिक विकास र प्रवर्धनमा शिक्षाको कस्तो भूमिका हुन्छ ? व्याख्या गर्नुहोस् । उत्तर : शिक्षाले पुरानो संस्कृतिलाई समाजिकीकरणका माध्यमबाट निरन्तरता दिन्छ भने नयाँ ज्ञान र अनुभवका आधारमा पुराना संस्कृतिलाई परिमार्जन तथा नयाँ संस्कृतिको सिर्जना गर्दछ । यसरी शिक्षाले सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यस्तै शिक्षाले संस्कृतिको संरक्षण र प्रसारण गर्नका साथै परिवर्तित परिस्थिति अनुसार संस्कृतिमा परिवर्तन र सुधार पनि ल्याउँछ । पुराना असान्दर्भिक सांस्कृतिक मूल्य मान्यता हरुलाई विस्थापित गर्ने वा सुधार गर्ने कार्य शिक्षाले नै गर्दछ यसरी सांस्कृतिक विकास र प्रवर्धनमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ ।

सामाजिक विकास भन्नाले के बुझिन्छ ?

पाठ ३ ● शिक्षाले सामाजिक र सांस्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभाव सामाजिक विकास भन्नाले के बुझिन्छ ? उत्तरः समाजको सफलता यसका सदस्यहरूको सफलतासँग जोडिने भएकाले प्रत्येक व्यक्तिले आफ्नो क्षमताको उच्चतम तहसम्म पुग्न सकने गरी उनीहरूको सुविधामा सुधार गर्नु नै सामाजिक विकास हो । शिक्षाले देशको अर्थतन्त्रलाई कसरी सबल बनाउँछ ? उत्तरः शिक्षा व्यक्तिको विकासको समग्र रूप नै राष्ट्रिय विकास हो । शिक्षाले ●व्यक्तिहरुको क्षमता विकास गरी आर्थिक विकाससमेत गर्ने भएकाले यसले अर्थतन्त्रलाई सबल बनाउन सहयोग गर्दछ । ग) शिक्षाले सामाजिक विकासमा प्रत्याउन सक्ने कुनै पाँच योगदानहरूको सूची बनाउनुहोस् । उत्तर: शिक्षाले सामाजिक विकासमा पुर्याउन सक्ने कुनै पाँच सुचि यस प्रकार छन सामाजिकीकरण मानिसलाई समाजको मूल्य मान्यता, नैतिकता, नीति नियम, परम्परा,रीतिरिवाज, कला, साहित्य जस्ता समाजिकीकरणका प्रक्रिया सिकाउने एउटा महत्त्वपूर्ण माध्यम शिक्षा हो । • क्षमता विकास शिक्षाले ज्ञान, सिप र प्रविधि दिएर व्यक्तिलाई दक्ष जनशक्ति बनाउँछ ।यस्तै, आफूलाई आवश्यक परेको ज्ञान, सिप र प्रविधि प्राप्त गर्ने क्षमता

शिक्षामा समावेशिता

  शिक्षामा समावेशिता UNESCO का अनुसार सिकाई, संस्कृति र समुदायको सहभागितामा वृद्धि तथा शिक्षामा भएको वहिष्करणलाई घटाउने र निमूल पान प्रकृया नै समावेशिता हो । नेपालमा शिक्षामा पहुँच र समावेशिता समावेशि शिक्षा नेपालमा सन् २००० मा 'सबैका लागि शिक्षा' कार्यक्रम सगैं भित्रीएको हो । सन 2011 देखि नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार तथा शैक्षिक अवसरका लागि विद्यालय सुधार कार्य भई रहेको छ। विभिन्न अन्तराष्ट्रिय महासन्धिहरुले शिक्षामा समावेशिता र पहुँच विकास गर्ने नीति ल्याए सँगै नेपाल सरकारले पनि अवलम्बन गर्दै आएको छ । सन्  १९८९ मा बाल अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिले सबै बालबालिकाहरुलाई निःशुल्क प्राथमिक शिक्षा पाउने अधिकारको व्यवस्था गरेको छ । यसैगरि सन् २०३० सम्ममा सबै बालबालिकाहरुलाई नि: शुल्क, समतामुलक तथा गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा पूरा गर्ने सुनिश्चित गराउने भनेको छ । नेपालको संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुलक तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक प्रदान गरिएको छ । हाल नेपालमा विशेष

शिक्षामा पहुँच भन्नाले के बुझिन्छ?

  पाठ २ शिक्षामा पहुँच  भन्नाले के बुझिन्छ? शिक्षामा पहुँच भन्नाले लिङ, सामाजिक वर्ग, जाति, अपाङ्गता आदिका आधारमा कर्नै भेदभाव बिना सबैले शिक्षा लिन सक्ने क्षमता र अवसर प्राप्त गर्नु हो।शिक्षामा पहुँचका वाधाहरू उपयुक्त शिक्षा प्रणाली र पाठ्यक्रमको अभाव, कानुनी व्यवस्था र यसको पालना, घर र विद्यालय बिचको दूरी आदि •जातिय, लैङ्‌गिक तथा बालअधिकारको संरक्षणमा उदासिनता, भेदभाव, कम तालिम प्राप्त शिक्षक, परम्परागत शिक्षा विधि, मातृभाषी शिक्षाको अभाव र महिला शिक्षाको कमी। •महिला र पुरुषबिचको भेदभाव, गरिबी, बाल विवाह, सामाजिक भेदभाव र परम्परागत जातिय पेसा आदि । •चेतनाको कमि, शिक्षामा छोरालाई प्राथमिकता, आधुनिक शिक्षा प्रति अविश्वास, दाइजो, देउकी, भुमी, कुमारी जस्ता कुरितीहरु आदि । •रुचिकार विषय नहुनु, पारिवारिक प्रवृत्ति, सांस्कृतिक मूल्य मान्यता, शिक्षामा असफलता र कमजोर मनोवृत्ति आदि। •प्राकृतिक प्रकोप, महामारी, युद्ध र बन्द आदि । •विद्युत, कम्प्युटर, इन्टरनेट, सूचना तथा सञ्चार प्रविधिमा पहुँच नहुनु ।

शिक्षा र मानव संसाधन विकास

  एकाई:११ पाठ: १ शिक्षा र मानव संसाधन विकास शिक्षा देश विकासको मेरुदण्ड हो । यसले दक्ष जनशक्ति विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । शिक्षाले विभिन्न जानकारी प्रदान गरेर, सिप र तालिम मार्फत मानव संसाधन विकास गर्दछ । अनुशासन, नैतिकता, जिम्मेवारी वहन, सदाचार,प्रविधिको विकास, संस्कार र संस्कृतिको विकास जस्ता गुण र सिप विकास गरि देशको लागि आवश्यक मानव संसाधन विकास गर्नु शिक्षाको लक्ष्य हो । मानव संसाधन कनै पनि कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने सामान्य तथा प्राविधिक जनशक्ति नै मानव संसाधन हो । देशको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक उन्नतिको लागि मानव संसाधनको आवश्यकता पर्दछ ।मानव संसाधन विकास भनेको जनशक्तिका व्यक्तिगत तथा संस्थागत ज्ञान सिप र क्षमता विकास गर्न सहयोग पुयाउने एउटा प्रक्रिया हो मानव संसाधन विकास दुई तरिकाले गरिन्छ : - औपचारिक - अनौपचारिक मानव संसाधन विकासका तरिकाहरुलाई दुई भागमा वर्गिकरण गरिन्छ। •पूर्वसेवाकालिक मानव संसाधन विकास व्यक्तिले  संस्थाको सेवामा प्रवेस गर्न अगाडि आवश्यक ज्ञान सिप र क्षमता हासिल गर्ने, गराउने तरिकालाई पूर्वसेवाकालिक मानव संसाधन व

बसाइँ सराइँका कारणहरु

  बसाइँ सराइँका कारणहरु बसाइँ सराइँलाई प्रभाव पार्ने विभिन्न आकर्षण र विकर्षणका तत्त्वहरू यस प्रकार रहेका छन आकर्षणका तत्वहरू: रोजगारी र आर्थिक अवसर - प्राकृतिक स्रोतहरु र उपलब्धता सेवा तथा सुविधाहरु शिक्षा र स्वस्थ्यका अवसर शान्ति सुरक्षाको व्यवस्था व्यापार व्यवसायको सम्भावना - औद्योगिक विकास आदि। विकर्षणका तत्वहरु :- रोजगारी र आर्थिक अवसरको अभाव :- बेरोजगारी . कृषि भूमिको अभाव . सामाजिक तथा आर्थिक विपन्नता धार्मिक र सांस्कृतिक द्वन्द • हिसां र विवेद सामाजिक सुरक्षाको अभाव • आतङ्ककारी गतिविधि आदि

बसाइँ सराइँका विशेषता

  बसाइँ सराइँका विशेषता बसाइँ सराइ उमेर, लिङ्ग, व्यवसाय आदिसँग सम्बन्धित हुन्छ बसाइँ सराइँ सामन्यतय गाउँबाट सहर उन्मुख हुन्छ । • बसाइँ सराइलाई आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक र अध्य यस्तै आकर्षण र विकर्षणका तत्वहरुले प्रभाव पार्दछ । बसाइँ सराइँ मानवीय प्रवृत्ति हो, मानिस प्राय नातेदार, साथी र छरछिमेकीको सम्पर्कले बसाइँ सर्ने गर्दछ । बसाइँ सराइँका प्रकार आन्तरिक र अन्तराष्ट्रिीय बसाइँ सराइँ अस्थाई र स्थाई स्वइच्छिक र बाध्यात्मक कानुनि र अवैध सहरी र ग्रामीण आन्तरिक बसाइँ सराइँका प्रकार स्थानीय गाउँबाट सहर • गाउँबाट गाउँ सहरबाट गाउँ सहरबाट सहर आन्तरिक बसाइँ सराइँका प्रकार जिल्ला भित्रको एक स्थानबाट सोही जिल्लाको अर्को जिल्लामा हुने बसाइँ सराइँ (अन्त: जिल्ला) एक जिल्लाबाट अर्को जिल्लाबामा हुने बसाइँ सराइँ (अब्तर: जिल्ला) अन्तर प्रदेश बसाइँ सराइँ

बसाइँ सराइँ भन्नाले के बुझिन्छ?

  पाठ ५. बसाइँ सराइँ: अवधारणा, विशेषता र प्रभाव बसाइँ सराइँ भन्नाले के बुझिन्छ? एक भौगोलिक क्षेत्रबाट अर्को भौगोलिक क्षेत्रमा व्यक्तिले स्थाइ वा अस्थाइ रुपमा आफ्नो बसोबास परिवर्तन गर्ने प्रक्रियालाई बसाइँ सराइँ भनिन्छ । बसाइँ सराइँ हुनका लागि भौगोलिक क्षेत्र र बसोबासको स्थान परिवर्तन हुनु पर्दछ । बसाइँ सराइँ सम्बन्धी अवधारणा बसाइँ सराइँको धार एक निश्चित समय अवधिमा बसोबासका लागी एक क्षेत्रबाट अर्को क्षेत्रमा हुने मानिसहरुको प्रवाहलाई बसाइँ सराइँको धार भनिन्छ । बसाइँ सराइँको अन्तराल बसाइँ सराइँ सम्बन्धी तथ्याङ्क लिनका लागि निश्चित समयको आवश्यकता पर्दछ । तसर्थ विशेष समयावधिसँग  सम्बन्धित बसाइँ सराइँलाई यसको अन्तराल भनिन्छ । उत्पत्ति र गन्तव्यस्थान बसाइँ सराइँ गर्ने व्यक्तिको प्रवाह हुने श्रोतलाई उत्पत्ति स्थान र बसाइँ सराइँ गर्ने मानिसको प्रवाह रोकिने स्थानलाई गन्तव्य स्थान भनिन्छ। गन्तव्य स्थलसम्म प्रवाह हुने बाटोलाई माध्यम भनिन्छ । बसाइँ सराइँ गर्ने व्यक्ति (Migrant) व्यक्ति देश छोडेर बाहिर बसाइँ सराइँ गर्छ भने यो प्रक्रियालाई उत्प्रवासन भनिन्छ ।र व्यक्ति बसाइँ सराइँ गरेर

गाउँ सहर सम्बन्धको महत्त्व

  गाउँ सहर सम्बन्धको महत्त्व गाउँ सहर सम्बन्धले कृषि क्षेत्रको रुपान्तरणमा मद्दत गर्दछ यसले आम्दानी र रोजगारीमा विविधीकरण ल्याउँछ । आम्दानी र रोजगारका असमान्ताहरुलाई घटाउँदै सामाजीक ध्रुविकरण कम गर्छ । • गाउँ सहर सम्बन्धले स्थानीय विकासलाई अवसर प्रदान गर्दछ । • राष्ट्रिय आम्दानीको वृद्धिमा सहयोग पृप्याउँछ । विद्वान सेसिलीया टाकोलीले सन् १७७६ मा गाउँ सहर सम्बन्ध स्थापनामा स्थानीय अन्तरसम्बन्धले प्रभाव पार्ने धारणा व्यक्त गरेका छन् उनका अनुसार मानिसको प्रवाह, समानको वहाब र क्षेत्रगत अन्तरक्रियाबाट गाउँ सहर सम्बन्ध स्थापना हुन्छ । उनका धाराणालाई निम्नानुसार उल्लेख गरिन्छ : मानिसको प्रवाह सामानको आदनप्रदान बजार केन्द्रको भूमिका जीविकोपार्जनमा विविधीकरण

गाउँ सहर सम्बन्ध भन्नाले के बुझिन्छ?

  पाठ ३ गाउँ सहर सम्बन्ध र जीविकोपार्जन गाउँ सहर सम्बन्ध भन्नाले के बुझिन्छ? गाउँ सहर सम्बन्ध भन्नाले गाउँ र सहरबिच हुने वस्तु, सेवा, व्यक्ति,सूचना, सामाजीक, सांस्कृतिक सम्बन्ध आदीको आदान प्रदानलाई जनाउँछ । तसर्थ ग्रामिण क्षेत्र र सहरबिचको कार्यात्मक सम्बन्धलाई गाउँ सहर सम्बन्ध भनिन्छ । देशको सन्तुलित र दिगो विकासको लागि गाउँसहर सम्बन्ध अपरिहार्य हुन्छ । यो सम्बन्धले सहर र गाउँ बिचको आर्थिक सम्बन्धलाई एकिकरण गर्दछ । गाउँलाई शहरको एक पृष्ठक्षेत्रका रुपमा हेर्ने गरिन्छ । यस्तो सम्बन्धले ग्रामीण क्षेत्रलाई उत्पादन र उपभोग दुवैको केन्द्र बनाउन जोड दिन्छ । गाउँको जीवनशैली कृषिमा आधारीत छ सहरी अर्थतन्त्र उद्योगधन्दा,कल कारखाना, व्यापार व्यवसाय र सेवामूलक क्षेत्रको व्यापक विस्तारमा केन्द्रित छ गाउँमा उत्पादीत सभोग्य वस्तुहरू विक्री हुन्छ भने सहरले वस्तु तथा सेवाको वितरण गाउँसम्म विस्तार गर्दछ तसर्थ गाउँको विकास लागि शहरले ग्रामीण उत्पादन र श्रमशक्तिको माग स्रीजना गर्नु पर्दछ ग्रामिण उत्त्पादनलाइ बजार र उद्योगसँग आबद्ध गराई सामाजीक र आर्थिक रुपान्तरणको वातावरण बनाउनु पर्छ । यसरी गाउँ र सह

विकास भन्नाले के बुझिन्छ?

  विकास भन्नाले के बुझिन्छ? सामाजिक, आर्थिक र वातावरणीय पक्षमा आएको सकारात्मक र प्रगतिउन्मुख परिवर्तनलाई विकास भनिन्छ । सन् १९५० पश्चात् विकासका विभिन्न अवधारणाहरु अवलम्बन गरिदै आएका छन् । ५० को दशकमा आर्थिक वृद्धिलाई विकाससँग जोडेर हेर्ने गरियो । विभिन्न अवधारणा हुँदै सन् १९९० को दशकमा मानिसको समग्र विकास नै वास्तविक विकास हो भन्ने मानव विकासको धारणा आयो जुन अहिले सम्मको विकास सम्बन्धि अतिम अवधारणा बनेको छ । विकासका सूचक उच्च प्रतिव्यक्ति आय उच्च राष्ट्रिय आय उच्च मानव विकास सूचकाङ्क उच्च जीवनको भौतिक गुण आधारभूत आवश्यकताको परिपूर्ति गरिबी बेरोजगारी र असमानतामा कमी मानव कल्याणमा वृद्धि सम्पदाको उचित प्रयोग तथा संरक्षण वातावरणीय सन्तुलन मानव खुसी नेपालको अर्थतन्त्र नेपालले मिश्रित आर्थिक प्रणालीलाई अवलम्बन गरेको छ । नेपालको अर्थतन्त्रका प्रमुख आधारहरु कृषि, उद्योग, व्यापार, पर्यटन र वैदेशिक रोजगारि आदि हुन् । अर्थ मन्त्रालय २०७८ का अनुसार आर्थिक वर्ष २०७६/७७ मा कृषि क्षेत्रको योगदान कूल मूल्य अभिवृदिमा २६.४ प्रतिशत र कुल गार्हस्थ उत्पादनमा ३०.७ प्रतिशत रहेको थि

अर्थतन्त्र भन्नाले के बुझिन्छ?

  एकाई- १० पाठ- १ नेपालको अर्थतन्त्र र विकास अर्थतन्त्र भन्नाले के बुझिन्छ? अर्थतन्त्र भन्नाले उत्पादन, उपभोग विनिमय, वितरण तथा राजस्वको अन्तरसम्बन्धित क्रियाकलापहरुको समस्टिगत संरचना हो । यसले दुलर्भ साधनहरूको उचित वितरण र सदुपयोग द्वारा मानवीय आवश्यकता पूरा गर्ने उद्देश्य लिएको हुन्छ । वर्तमान समयमा पूँजीवादी, समाजवादी र मिश्रित गरि तिन प्रकारका आर्थिक प्रणालीहरु रहेका छन् : १) पूँजीवादी अर्थ व्यवस्था पूँजीवादी अर्थ व्यवस्था भन्नाले अहस्तक्षेपकारी, सरकारी भूमिका, माग र पूर्तिको अन्तरक्रियाबाट मूल्य निर्धारण र निजी क्षेत्रको प्रमुख भूमिका रहने स्वतन्त्र आर्थिक प्रणालीलाई जनाउँछ । समाजवादी अर्थ व्यवस्था यो अर्थ व्यवस्था राज्यद्वारा पूर्ण रुपमा नियन्त्रिण तथा निर्देशित,निजी क्षेत्रको कुनै भूमिका नरहने, सरकारले योजनाबद्ध रुपमा सम्पूर्ण आर्थिक समस्याको समाधान गर्ने आर्थिक प्रणाली हो । यसलाई केन्द्रिय योजनाबद्ध अर्थ व्यवस्था पनि भनिन्छ । ३) मिश्रित अर्थ व्यवस्था पूँजीवादी तथा समाजवादी अर्थ व्यवस्थाका राम्रा पक्षलाई समावेश गरी बनाइएको आर्थिक प्रणालीलाई मिश्रित अर्थ व्यवस्था भनिन्

नेपालमा सञ्चालित चिनिया सहायताका केही परियोजनाहरू

  हाल नेपालमा सञ्चालित चिनिया सहायताका केही परियोजनाहरू माथिल्लो त्रिशुली हाइड्रोपावर काठमाडौँ चक्रपथ सुधार परियोजना पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निमार्ण परियोजना स्याप्रुबेंसी रसुवागढी सडक स्तरोन्नति परियोजना सिभिल अस्पताल स्तरोन्नति परियोजना कोदारी राजमार्ग स्तरोन्नति कार्यक्रम भेरी बबई डाइभर्सन बहुउद्देश्य परियोजना

नेपाल चिन राजनीतिक सम्बन्ध

  (ख) राजनीतिक सम्बन्ध नेपालले औपचारिक रूपमा चीनसँग सन् १९५५ देखि कूटनीतिक सम्बन्ध कायम गरी सौहार्दपूर्ण व्यवहार गर्दै आएको छ । नेपालले चीनसँग सार्वभौम समानता, पारस्परिक सम्मान, विश्वास, सद्भाव र समझदारीका आधारमा सम्बन्ध राख्दै आएको छ । नेपालका लागि चिनियाँ दुतावासका अनुसार यी दुई देशहरू एक अर्कालाई कहिलै धम्क्याउँदैनन, चोट पुऱ्याउदैनन्। यसका साथै सधैँ एक अर्कालाई सम्मान गर्छन्, विश्वास गर्छन् र सहयोग गर्छन् । चीनले अवलम्बन गर्दै आएको एक चीन नीतिलाई नेपालले सधैँ आत्मसात् गरेको छ । समय समयमा चीनको उच्च राजनीतिक नेतृत्व नेपाल आउने गर्छन्। त्यसैगरी नेपालको राजनीतिक नेतृत्वबाट पनि समय समयमा चीनको भ्रमण हुँदै आएको छ । यसले पनि यी दुई देशका बिचमा राजनीतिक सम्बन्ध प्रगाढ छ भन्न सकिन्छ । , (ग) आर्थिक सम्बन्ध चीन नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार हो । इतिहासमा नेपालको उत्तरी सीमाबाट नेपालीहरू चीनको स्वशासित क्षेत्र तिब्बतमा नुन, सुन,उन जस्ता वस्तुहरू खरिद गर्न र तिब्बतीहरू नेपालको उत्तरी क्षेत्रमा रहेका बजारमा खाद्यान्न खरिद गर्न जाने आउने चलन थियो । आर्थिक वर्ष २०७५ / ७६ मा नेपा

नेपाल- चिन सम्वन्ध

  नेपाल- चिन सम्वन्ध सामाजिक तथा सांस्कृतिक सम्बन्ध नेपाल चीनबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि रहँदै आएको छ । ७औं शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको विवाह तिब्बतका सम्राट सङ्चङ गम्पोसँग भएको थियो । नेपाली भिक्षु तथा विद्वान बुद्धभद्र ५औं शताब्दीको सुरुमा, नेपाली सिल्पकार अरनिको ११औं शताब्दीको उत्तरार्द्धमा चीनको भ्रमण गरेका थिए । त्यसैगरी जिन शासनको पालामा चिनियाँ भिक्षु मन्त फा जियान र जाटा शासनका पालामा चिनियाँ भिक्षु मङ्क जुआन नेपाल भ्रमणमा आएका थिए । यी दुई देशको सीमाक्षेत्रमा बसोबास गर्ने मानिसहरू एकआपसमा वैवाहिक सम्बन्ध पनि कायम हुने गरेको छ । यसका साथै उनीहरू एकअर्काको घरपरिवार तथा समाजमा जानेआउने पनि गर्छन वर्तमान समयमा नेपालमा पर्यटक आवागमनको हिसाबले चीन चौथो देश हो । नेपाल सरकार अर्थमन्त्रालय (२०७८ ) का अनुसार सन् २०२० मा नेपालमा ८.४ प्रतिशत पर्यटकहरू चीनबाट आएका थिए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत अन्य क्षेत्रको भम्रणका लागि चिनियाँ पर्यटकहरू नेपाल आउने गर्छन् । नेपालीहरूलाई उच्च शिक्षा अध्ययनका लागि चीनका विश्वविद्यालयहरूमा छात्रवृत्त

नेपाल भारतआर्थिक सम्बन्ध

  आर्थिक सम्बन्ध हाल नेपालमा सञ्चालित भारतीय सहायताका केही परियोजनाहरू (क) बुटवल नारायणगढ सडक विस्तार परियोजना (ख) दक्षिणकाली कुलेखानी सडक विस्तार परियोजना (ग) राष्ट्रिय ट्रमा सेन्टर निर्माण परियोजना (घ) रक्सौल विरगन्ज रेल परियोजना (ङ) महेन्द्रनगर टनकपुर सडक परियोजना भारतमा काम वा जागिर, पेसा व्यवसाय तथा आर्थिक सहयोग आदान प्रदानले नेपाल भारतको आर्थिक सम्बन्ध अत्यन्तै नजिकको छ । दुई देशबिचको खुला सिमाना र भाषिक समानतका कारण ठुलो संख्यामा नेपालीहरू भारत तथा भारतीयहरु नेपालमा बसि कर्य गरेका छन नेपालका लागि आयात निर्यातको प्रमुख बजार भारत हो । आर्थिक वर्ष २०७५/७६ मा संसारका विभिन्न देशहरुबाट नेपालले आयात गर्ने कुल वस्तुहरुमध्ये भारताबाट ६४.० प्रतिशत आयात गरेको छ भने संसारका विभिन्न देशहरुमा नेपाले निर्यात गर्ने वस्तुहरुमध्ये भारतमा मात्र ६३.० प्रतिशत निर्यात गरेको थियो नेपाल र भारतका बिचमा आर्थिक सहयोग आदान प्रदान हुने  गर्छ नेपालले भारतलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्दै आएको छ भने भारतले पनि नेपालका लागि विकास निर्माणका साथै अन्य क्षेत्रमा सहयोग प्रधान गर्दै आयको छ। नेपाल रा

नेपाल-भारत सम्बन्ध

  नेपाल-भारत सम्बन्ध यी दुई देश बिचमा आर्थिक सामाजिक सांस्कृतिक तथा धार्मिक, सम्बन्ध परापूर्व कालदेखि नै रहदै आएको देखिन्छ नेपाल भारत बिचको सम्बन्धलाई निम्नानुसार उल्लेख गरिन्छ । सामाजिक-सांस्कृतिक सम्बन्ध नेपाल - भारतबिच आदिकाल देखि नै सांस्कृतिक र परम्परागत सम्बन्ध रही आएको छ । यी दुवै देशको सामाजिक पृष्ठभूमि एउटै आर्य वैदिक सभ्यताबाट विकसित भएको हो । पौराणिक कालमा भारतीय ऋषिमुनिहरु नेपालको भूमिमा आई तपस्या गर्थे, राजा जनकको समयमा भारतीय विद्वानहरू दार्शनिक बहसका लागि नेपाल आउने गर्थे । अयोध्याका राजा रामले नेपाली राजकुमारी सीतासँग विवाह गरेका थिए । खुला सीमाना र धार्मिक, सांस्कृतिक समानताका कारण यी दुई देश बिच जनस्तरको सम्बन्ध अहिले पनि निकै घनिष्ठ छ। यी दुई देशका मानिसहरु एक अर्का देशमा रहेका पवित्र धार्मिक स्थलहरूको तीर्थाटन गर्ने गर्छन । राजनीतिक सम्बन्ध नेपाल-भारतबिचको सम्बन्ध अनौपचारिक रूपमा परापूर्वकालदेखि थियो भने औपचारिक रूपमा सन १९४७ देखि कुटनीतिक सम्बन्ध कायम गरी सौहार्दपूर्ण व्यवहार गर्दै आएका छन । राजनीतिक रुपमा नेपालले भारतसँग सधैँ स्वतन्त्र तथा सार्वभौम सम्पन्न

नेपालको विदेश नितिका आधारहरु

  नेपालको विदेश नितिका आधारहरु निम्न रहनेछन् : •सबैको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने, •कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने • समनता र पारस्परिक हितका आधारमा नयाँ सन्धि सम्झौताहरू गर्ने, •पारस्परिक समानताको सम्मान गर्ने • विवादको शान्तिपूर्ण समाधान खोज्ने •पारस्परिक लाभका आधारमा व्यवहार गर्ने • सम्युक्त राष्ट्रसङ्घको बडापत्रप्रति प्रतिबद्ध हुने •पञ्चशीलको सिद्धान्तका आधारमा व्यवहार गर्ने •विश्वशान्तिको मान्यतालाई जोड दिने •तिगतका सन्धिहरूको पुनरावलोकन गर्दै जाने

कुटनितिक सम्बन्ध भन्नाले के बुझिन्छ?

  पाठ-२ नेपालको विदेश नीति र नेपाल भारत तथा नेपाल चीन सम्बन्ध | कुटनितिक सम्बन्ध भन्नाले के बुझिन्छ? कुटनितिक सम्बन्ध भन्नाले देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई जोड दिदै सामाजिक र आर्थिक विकास गर्न दुई पक्षिय, क्षत्रिय र बहु पक्षिय राजनैतिक मित्रवत सम्बन्धलाई जनाउछ। कुटनितिक सम्बन्ध मार्फत नेपालले विश्वका सबै देशहरू र विशेष गरि छिमेकीहरुसँग  मित्रवत सम्बन्धलाई प्रगाढ बनाउने सार्वभौम समान्ता,पारस्परिक सम्मान, विश्वास, सद्भाव र समझदारीका आधारमा संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तराष्ट्रिय संस्थाका बिच सक्रिया व्यवहार गर्ने र विश्वमा शान्ति सुरक्षा तथा विकासको प्रवधन र विस्तारका लागि सकारात्मक भूमिका निर्वाह गर्ने निति लिएको छ । नेपालको संविधान २०७२ को धारा ५१ मा विदेश नितीका बारेमा उल्लेख गरिएको छ । जस अनुसार

नेपालमा सहरीकरणका चनौति

  नेपालमा सहरीकरणका चनौति १५औँ पञ्च वर्षीय योजनाले सहरीकरणका चुनौतिहरुनाई निम्नानसार पहिचान गरेको छ : भूउपयोग योजानामा व्यवस्थित सहरीकरण गर्न, योजनाबद्ध सहर विकास गर्न, पूर्वाधारको मापदण्ड  सुद्रढ गर्दै लैजानु अन्तर सम्बन्ध व्यवस्थित गर्नु • राष्ट्रिय सहरी नितीले अवलम्बन गरेका नितिहरुको कार्यन्वयन गर्नु यसका साथै सहरीकरणका अन्य चुनौतीहरु निम्नानुसार देखिन्छ, लगानी र पूर्वाधारको समस्या, समन्वय र सहकार्यको कमि, वातावरणमैत्री विकास नहुनु, शान्ति सुरक्षाको विकासमा कठिनाइ खुला स्थानको अतिक्रमण अव्यवस्थित बसाइसराई न्यून रोजगारीको अवसर जनसंख्या वृद्धि महामारी, ट्राफिक व्यवस्थापन आदीको समस्या सहरीकरणको अवसर गतिशील आवधिक योजना पूर्वाधारको योजनाबद्ध विकास • नागरिक सचेतना रोजगारीका अवसरमा वृद्धि शिक्षा र स्वस्थ्यका अवसरमा वृद्धि दात्री निकायको उत्साहपूर्ण सहभागिता सबल स्थानीय सरकार

नेपालमा सहरीकरणको प्रवृत्ति

  नेपालमा सहरीकरणको प्रवृत्ति सन् १९५२-५४ मा नेपालको २.१% सहरी जनसंख्या थियो यो जनसङ्ख्या सन् १७७१ मा ४.१%, सन् १९९१ मा ७.२%, सन् २०११ मा १७% सहरी जनसङ्ख्या रहेको थियो। । सन् १९५२-५४ मा १० वटा नगरपालिका रहेकोमा हाल २९३ नगरपालिका पुगेका छन । नेपालको सन् २०१४ मा ३८.२% सहरी जनसङ्ख्या रहेकोमा हाल यो सङ्ख्या ६२.२% पुगेको छ।(तथ्याङ्क विभाग २०१८ ) नेपालमा सहरीकरणको दर विश्वका अन्य देशहरुको तुलनामा निकै कम देखिन्छ । नेपालमा सहरको सुरुवात काठमाडौँ उपत्यकाबाट भएको मानिन्छ । काठमाडौँ बाहिर पहाडी क्षेत्रमा व्यापारीक मार्ग, सदरमुकाम र विभिन्न किल्लाहरुमा सहरीकरण भएको देखिन्छ । नेपालमा सहरीकरणका प्रवृत्ति निम्नानुसार छन् : सहरिकरणको जग नेपालमा कृषि अर्थतन्त्र र खाधन्न बचतमा बसेको देखिन्छ । प्राचीन सहरहरुको विकासमा गैर कृषि व्यवसाय, श्रम विभाजन,शैनिक तथा प्रशासनिक सेवाको विस्तारले योगदान दिँदै आएको पाइन्छ । भारतीय रेल मार्गको विस्तार नेपालको सिमानासम्म भएपछि तराई क्षेत्रमा विराटनगर, जनकपूर, विरगञ्ज, भैरवहा, नेपालगञ्ज, धनगढी आदी स्थानमा सहरीकरणको विकास हुन पुग्यो । सन् १९५० देखि १९६० क

महानगर पालिका

  १) महानगर पालिका - कम्तिमा ५००,००० स्थायी बासिन्दा भएको, - पछिल्लो पाँच वर्षको औसद वार्षिक आन्तरिक आम्दानी १ अर्ब रुपैया भएको - स्नातकोत्तर (Master clegree) सम्मको अध्ययन संस्था भएको, - कम्तीमा ५०० सैया सम्मको अस्पताल भएको - आधारभूत सहरी सुविधाका २१ वटा सूचक पूरा भएको । २) उपमहानगर पालिका - कम्तिमा 200,000 स्थायी बासिन्दा भएको - पछिल्लो पाँच वर्षको औसद वार्षिक आन्तरीक आम्दानी २५ करोड रुपैयाँ भएको, - कम्तीमा 100 सैयाको अस्पताल भएको - आधारभूत सहरी सुविधाका १५ वटा सूचक पूरा भएको । ३) नगरपालिका - सडक, सडक पेटी, विद्युत, खानेपानी, सञ्चार र अन्य आधारभूत सहरी सुविधा भएको, - पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरीक आम्दानी - तराई र पहाडी क्षेत्रमा कम्तीमा ३ करोड र हिमाली क्षेत्रमा कम्तीमा १ करोड भएको, न्यूनतम सहरी वातावरणमा हुनुपर्ने १६ वटा सूचकहरु पूरा भएको ।

नेपालमा सहरीकरणको विस्तार, प्रवृत्ति र मापदण्ड

  पाठ २ नेपालमा सहरीकरणको विस्तार, प्रवृत्ति र मापदण्ड स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगरपालिका, उप महानगरपालिका र महानगर पालिकाको क्षेत्रलाई सहर भनेको छ । अहिले नेपालमा २७३ वटा नगरपालिकाहरु रहेका छन् जसमा २७६ नगर पालिका, ११ उपमहानगर पालिका र ६ वटा माहानगर पालिका रहेका छन् । नेपालमा नगरपालिका घोषणा हुन आवश्यक मापदण्ड सहर निर्माणको लागि नेपाल सरकारले जनसांख्यिक मापदण्ड तोकेको छ । जसमा :हिमाली जिल्लाको हिमाली क्षेत्रमा 10,000 जनसंख्या हुनु पर्ने छ । हिमाली जिल्लाको पहाडी क्षेत्र र पहाडमा ४०,००० जनसंख्या, भित्री मधेसमा ५०,००० जनसंख्या, तराईमा ७५,००० र काठमाडौँ उपत्यकामा १00,000 जनसंख्या हुनु पर्ने छ।

सहरीकरणको विश्वव्यापी प्रवृत्ति उल्लेख गर्नुहोस

  सहरका विशेषता के के छन ? •उच्च जनसङ्ख्या र जनघनत्व, • केन्द्रिय सेवा सुविधाको उपलब्धता •गैरकृषि व्यवसाय र पैसामा विविधिकरण, • औद्योगिक कलकारखाबाको उपलब्धता, • न्यूनतम मानवीय सेवा सुविधाहरुको प्रयाप्तता, •उच्च आर्थिक क्रियाकलाप आदि। सहरीकरण (urbanization)भन्नाले के बुझ्नु हुन्छ? बस्ती रुपान्तरण हुँदै सहरमा परिणत हुने प्रक्रियालाई सहरीकरण भनिन्छ । जोन फ्रायडम्यानका अनुसार सहरीकरण भन्नाले जनसङ्ख्या, आर्थिक क्रियाकलाप र सहरी जीवनशैलीमा सामाजिक, सांस्कृतिक सहभागितालाई जनाउँछ। सहरीकरणको विश्वव्यापी प्रवृत्ति उल्लेख गर्नुहोस टर्कीको मध्य दक्षिणमा रहेको जेरिको र क्याटल हयूक प्रोटो सहर ६ हजार B.C. तिर देखा परेका थिए जुन मेसोपोटामीयाको सभ्यता भन्दा ३ हज़ार B.C पुरानो मानिन्छ । १८औं शताब्दीको अन्त्यतिर औद्योगिक क्रान्तीले आधुनिक सहरको जग बसालेको थियो । यस क्रान्तीले उत्पादनमा विशिष्टता, श्रम विभाजन, बजारीकरण गैरकृषि व्यवसाय, यातायातका साधन र प्रविधिका विकास जस्ता गतिविधिले सहरीकरणमा तिव्रता आयो । सन् १९६० पछि पुजीवादी अर्थतन्त्रको विकास, पुजीको एकीकरण र लगानीले सहरीकरणको विकासमा प्रमु

सहरीकरण: अवधारणा र विश्वव्यापी प्रवृत्ति

  एकाइ - 9 पाठ १ सहरीकरण: अवधारणा र विश्वव्यापी प्रवृत्ति मानिसहरुको बसोबास भएको स्थानलाई बस्ती भनिन्छ । बस्ती ग्रामीण र सहरी गरि दुई प्रकारका हुन्छन् । उच्च जनसङ्ख्या, केन्द्रिय सेवा सुविधा,गैरकृषि व्यवसाय र पेसामा विविधिकरण भएको स्थानलाई सहर भनिन्छ । विद्वान स्टेफिन एम ग्राम्स का अनुसार बस्तीमा एकल परिवार, बसोबास देखि ठूला सहरहरु समावेश हुन्छन् । उनका अनुसार जनसंख्याको वितरणलाई सहरीकरणको मुख्य आधार मानिएको छ । जहाँ एकल बस्तीमा एकल परिवार हुन्छ, बस्ती (Hamiet) मा १० देखि १०० जनसंख्या रहन्छ, गाउँ (Village) मा १०० देखि २५०० जनसंख्या रहन्छ, साना सहर (Small Town २५०० देखि २५००० जनसंख्या, ठुला सहर large Town२५,००० देखि १५०,००० जनसंख्या सहन्छ, सहर (City) १५०,००० देखि ५००,००० जनसंख्या रहन्छ , उपनगरीय बिस्तार २ मिलियन भन्दा माथि जनसंख्या र बृहत, सहर १० मिलियन भन्दा माथि जनसंख्या हुने उल्लेख गरेका छन् अग्रेजी शब्द 'City' को नेपाली रूपान्तरण 'सहर' हो । यो शब्द ल्याटीन भाषाको 'Cvitas' शब्दबाट उत्पति भएको हो । यसको शाब्दीक अर्थ नागरिकहरुको समुदाय भन्न

तपाईको प्रदेश मन्त्रीपरिषद्मा सदस्या सङ्ख्या कति छ ?

  पाठ ३ स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच अन्तरसम्बन्ध अति छोटो उत्तर दिनुहोस् : १. तपाईको प्रदेश मन्त्रीपरिषद्मा सदस्या सङ्ख्या कति छ ? उत्तर: १७ २. तपाईको प्रदेशका मुख्य मन्त्रीको नाम लेख्नुहोस् । उत्तर: मेरो प्रदेशका मुख्य मन्त्रीको नाम राजेन्द्र प्रसाद पाण्डे हो । . अन्तरप्रदेश परिषदको अध्यक्षता कसले गर्छ ? उत्तर: अन्तरप्रदेश परिषद्को अध्यक्षता प्रदेश मुख्य मन्त्रीले गर्छ । ४. सङ्घीय सरकार र प्रदेश सरकारबिच दुरी बढ्न सक्ने कुनै एक कारण लेख्नुहोस् । उत्तर: एकले अर्काको अधिकारक्षेत्र र कर्य माथी हस्तक्षेप गरेमा सङ्घीय सरकार र प्रदेश सरकारबिच दुरी बढ्न सक्छ। ५. प्रदेश, गाउँ पालिका र नगर पालिकाबिच कसले समन्वय गर्छ ? उत्तर: प्रदेश, गाउँ पालिका र नगर पालिकाबिच राष्ट्रिय समन्वय परिषदले समन्वय गर्छ ।

सामाजिक न्यायसम्बन्धी अधिकार र सामाजिक सुरक्षासम्बन्धी अधिकार बिच भिन्नता देखाउनुहोस् ।

  सामाजिक न्यायसम्बन्धी अधिकार र सामाजिक सुरक्षासम्बन्धी अधिकार बिच भिन्नता देखाउनुहोस् । उत्तर: सामाजिक न्यायसम्बन्धी अधिकारअनुसार कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण नदेखाई थुनामा राख्न नपाइने व्यवस्था गरिएको छ भने सामाजिक सुरक्षासम्बधी अधिकार अनुसार आफ्नो हेरचाह आफै गर्न नसकने व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बाल बालिका, लोपोन्मुख समुदाय आदिलाई सुरक्षा प्रदान गरिन्छ एक किशोरको हैसियतमा तपाईको आफ्नै अधिकार र कर्तव्यहरुको सूचि तयार पार्नुहोस् । उत्तर: एक किशोरको हैसियतमा आफ्नै अधिकार र कर्तव्यहरू यसप्रकार रहेका छन्ः अधिकार पारिवारिक माया र सहानुभूतिको अधिकार खेलकद र मनोरञ्जनसम्बन्धी अधिकार सहभागिताको अधिकार बालविवाहबाट मुक्त हुने अधिकार पौष्टिक आहारसम्बन्धी अधिकार कर्तव्य परिवार र समाजमा आफूले सक्ने कामको जिम्मेबारी लिने, परिवार र समाजप्रति गौरव गर्ने, पर्यावरण संरक्षणमा सहभागी हुने, कुनै पनि कुलतबाट टाढा रहने, अध्ययनशील, सिर्जनशील र सक्रिय रहने, स्वस्थ जीवनशैली अवलम्बन गर्ने,

कुर्नै पनि देशमा लोकतन्त्रको अवस्था कस्तो छ भन्ने कुरा थाहा पाउन त्यस देशको संविधानमा उल्लिखित नागरिक अधिकारहरु हेरे पुग्छ । यस भनाइलाई पुष्टि गर्नुहोस् ।

 कु र्नै पनि देशमा लोकतन्त्रको अवस्था कस्तो छ भन्ने कुरा थाहा पाउन त्यस देशको संविधानमा उल्लिखित नागरिक अधिकारहरु हेरे पुग्छ । यस भनाइलाई पुष्टि गर्नुहोस् । उत्तरः लोकतन्त्रमा जनताको हक र अधिकारको सुनिश्चिता गरेको हुन्छ । लोकतन्त्र बिना जनताले मौलिक हक र अधिकारको पूर्ण उपयोग गर्न सक्दैनन् । कुनै व्यक्ति वा सासकले मनोमानी ढङ्गले अधिनायकवादी शासन सञ्चालन गर्न सक्छ । लोकतन्त्रमा मौलिक हक अधिकारहरुको संरक्षणको लागि संवैधानिक उपचारको व्यवस्था सुनिश्चित गरिएको हुन्छ लोकतान्त्रीक शासन व्यवस्था भित्र जाती, भाषा, लिङ्ग, धर्म र भौगोलिक क्षेत्र आदिको आधारमा नागरिक अधिकारहरु बिना भेदभाव सबैलाई बराबर सुनिश्चित गरिएको हुन्छ ।यसको संरक्षणका लागि संवैधानिक निकायको व्यवस्था गरिएको छ नागरिक अधिकारको। रूपमा मानव अधिकारलाई सर्वोपरि ठानिन्छ र यसको संरक्षणको लागि मानव अधिकार आयोगको व्यवस्था गरिएको छ।जस्तै नेपालमा राष्ट्रिय मानव अधिकार आयोग (NHRC) रहेको छ विश्वव्यापी रुपमा हेर्दा जुन राष्ट्रले माथि उल्लेखित व्यवस्था र अधिकारहरुको प्रत्याभुत गरेको छ । त्यो राष्ट्रियलाई लोकतान्त्रिक राज्य व्यवस्थाको रुपमा मू

मौलिक हकको परिभाषा लेख्नुहोस्।

  पाठ-४ नागरिक अधिकार र कर्तव्य अति छोटो उत्तर दिनुहोस्: मौलिक हकको परिभाषा लेख्नुहोस्। उत्तर: राज्यको कानुनद्वारा संरक्षित व्याक्तित्व विकास र  नागरिकहरुलाइ राज्यका सेवा सुविधा तथा स्रोत साधनहरुको उपभोग गर्ने अवसर तथा नीति निर्माणमा सहभागी हुन सक्ने लगायत विभिन्न किसिमका स्वतन्त्रताहरुलाई मौलिक हक भनिन्छ। २. नेपालको संविधानमा कति ओटा मौलिक हकको व्यवस्था गरिएको छ? उत्तर: नेपालको संविधानमा ३१ ओटा मौलिक हकको व्यवस्था गरिएको ३. निवारक नजरबन्दको विरुद्धका हकले नागरिकको कस्तो अधिकारको संरक्षण गर्छ ? उत्तर- निवारक नजरबन्दको विरुद्धका हकले नागरिकको नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सार्वजनिक शान्ति एवम व्यवस्थामा तत्काल खलल पार्ने पर्याप्त आधार नभई कसैको नजरबन्दमा बस्न नमिल्ने अधिकारको संरक्षण गर्छ । ४. नागरिक कर्तव्य भनेको के हो ? उत्तर: राज्यबाट सेवासुविधा र संरक्षण प्राप्त गरेबावत प्रत्येक नागरिकले राज्यलाई सहयोग हुनेगरी गर्नुपर्ने जिम्मेवारीलाई नागरिक कर्तव्य भनिन्छ ।

संघिय, प्रदेश र स्थानीय सरकारबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस।

  संघिय, प्रदेश र स्थानीय सरकारबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस। संविधानको अनुसूची ७ मा सङ्घ तथा प्रदेशको साझा अधिकार र अनुसूची ९ मा सङ्घ प्रदेश र स्थानीय निकायबियको साझा अधिकारबिचको व्यवस्था गरिएको छ । तीनवटै सरकार बिचमा अन्तरसम्बन्ध छ भन्ने कुरा यसबाट पुष्टि हुन्छ ।त्यसैगरी सङ्घले बनाएको कानुन प्रदेश र स्थानीय निकायले पालना गर्नु पर्दछ । प्रदेश र स्थानीय तहले कानन बनाउँदा सङ्घीय कानुनसँग नबाझिने गरी बनाउनु पर्छ सङ्घीय लोकसेवा आयोग नबने सम्म प्रदेश र स्थानीय तहमा सङ्घले नै कर्मचारी व्यवस्था गर्ने छ । प्रदेश र स्थानीय तहले वैदेशिक साहयता लिन सङ्घीय सरकारको अनुमती लिनु पर्छ । सङ्‌घले सङ्कलन गरेको राजस्व प्रदेश र स्थानीय तहलाई न्यायोपिता वितरण गनु पर्ने छ । त्यसैगरी प्रदेश र स्थानीय तहले सङ्कलन गरेको राजस्वको केही हिस्सा केन्द्र, प्रदेश र स्थानीय तहमा कानून बमोजिम रहने छ । प्रदेश र स्थानीय तहको निर्वाचन सङ्घीय कानुन बमोजिम हुन्छ। राज्य सञ्चालनको क्रममा सङ्‌घले प्रदेश र स्थानीय तहलाई आवश्यक निर्देशन दिन सक्छ । यसरी तिनवटै सरकारको सहकार्य र समन्यबाट देशको समानुपातिक विकास गर्ने र जनता

नेपालमा सामाजिक रुपान्तरणका लागि कुनै पाँच सुझाव पेस गर्नुहोस

  नेपालमा सामाजिक रुपान्तरणका लागि कुनै पाँच सुझाव पेस गर्नुहोस उत्तर : नेपालमा सामाजिक रुपान्तरणका लागि पाँच सुझाव निम्नअनुसार रहेका छन्: • समाजमा स्थापित वर्गका मानिसहरुमा हुने नकारात्मक विभेद, शोषण,अन्याय र अत्याचारको प्रवृत्तिको पूर्ण निवारण गर्नुपर्छ, •समावेशीकरणको सिद्धान्त अनुसार पछाडि परेका वर्गहरूलाई राज्यको मूलधारमा समावेश गर्नुपर्छ, •सामाजिक एकता र सदभावलाई हानि गर्ने हरेक किसिमका कुरीति र विसङ्गति लाई हटाउन जरुरी छ । •देशमा रोजगारीको सिर्जना, शिक्षा र व्यवसायिक सिप प्रदान, पुँजी र अवसरको सहज उपलब्धता जस्ता उपायहरु पनि अवलम्बन गर्न सकिन्छ, •पोषण आधारभूत चिकित्सा सुविधा, ज्ञान एवम सूचना प्राप्ति र अनलाइन शासन प्रणालीमा नागरिकको सहज पहुँच र स्वतन्त्र प्रेसजस्ता विषयहरुलाई पनि बलियो बनाउनुपर्छ।

वर्गीय विभाजनले के कस्ता समस्या सिर्जना हुन्छन् ? बुंदगत रुपमा उल्लेख गर्नुहोस् ।

  वर्गीय विभाजनले के कस्ता समस्या सिर्जना हुन्छन् ? बुंदगत रुपमा उल्लेख गर्नुहोस् । उत्तर: विशेषगरी आर्थिक अवस्थालाई आर्थिक आधार मानेर समाजमा रहेको उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ण गरी तीन वर्ग पाइन्छ । कृषि र उद्योगको विकाससँगै समाजमा धनी र गरिब, सम्पति भएका र नभएका, शोषक र शोषित वर्गमा विभाजित भयो । परिमाणस्वरूप यसरी स्थापना भएको वर्गीय विभाजनका कारण निम्न प्रकाकारका समस्याहरू सिर्जना हुन्छन् • सामाजिक-सांस्कृतिष रुपमा रहेको एकता भङ्ग भएर पारस्परिक सहसम्बन्धमा खाडल आउन सक्छ, • विभिन्न वर्गका मानिसहरुबिच रहेको आर्थिक भिन्नतामा अझ बढी दरार र मनमुटाबको अवस्था हुनसक्छ, • राज्यबाट वितरण गरिने सेवासुविधा र स्रोतसाधनको समतामूलक वितरण हुन सक्दैन। विभिन्न विकासका योजनाहरूमा सबै नागरिकको सहभागिता समान तवरले हुन सक्दैन र अपेक्षित परिणाम प्राप्त हुँदैन । समाजमा गरिबीको रेखामुनि रहेका व्यक्तिहरूको सङ्ख्यामा वृद्धि हुन्छ र बन्दको अवस्था पनि सिर्जना हुन्छ २. समाजमा सबैभन्दा धेरै वर्गहरूको सिर्जना सामाजिक आधारमा हुन्छ । किन ? उत्तर: समाजलाई विभाजन गर्ने आर्थिक आधार वर्ग निर्माणको केबल एउटा

सामाजिक वर्गको परिचय दिनुहोस् ।

  एकाइ ७ पाठ १ सामाजिक वर्ग र रुपान्तरण अति छोटो उत्तर दिनुहोस् १. सामाजिक वर्गको परिचय दिनुहोस् । उत्तरः वर्गीकरणका आर्थिक, सामाजिक वा सांस्कृतिक आधारहरुमध्ये कुनै पनि आधारमा समान अवस्था वा हैसियतमा रहेका मानिसहरुको समूहलाई सामाजिक वर्ग भनिन्छ २. साधन र स्रोतमाथिको पहुँच बर्ग निर्माणको एक आधार हो । कसरी ? उत्तर: साधन र स्रोतको पहुँचका आधारमा स्तरीकरण गरी ठूलो सानो,सम्पन्न, विपन्नलगायतका विभिन्न वर्ग छुटिने भएकाले साधन र स्रोतको पहुँच वर्ग निर्माणको एक आधार हो । ३. सामाजिक वर्ग किन गतिशील हुन्छ ? उत्तर : समाज परिवर्तन र गतिशील भएकाले उत्पादनका साधन, तरिका, र ऊपादनका सम्बन्धमा निरन्तर परिवर्तन आइरहने हुनाले सामाजिक वर्ग गतिशिल हुन्छ । ४. सामाजिक वर्गले सिर्जना गर्ने कुनै दुई समस्याहरू लेख्नुहोस् उत्तर: सामाजिक वर्गले सिर्जना गर्ने कुनै दई समस्याहरु : सामाजिक सम्बन्ध र व्यवहारमा नकारात्मक प्रभाव विभेद र वर्गीयद्वन्द ५. सामाजिक रुपान्तरण भनेको के हो ? नेपालमा सामाजिक रुपान्तरणका कुनै दुई चुनौती उत्तर: समाजका विपन्न तथा वञ्चितीकरणमा पारिएका न्यून वर्गीय मानिसहरुको स्रोत र साध

मध्यकालीन र वर्तमान नेपाली समाजमा कुन कुन कुरामा समानता र कुन कुन कुरामा भिन्नता पाइन्छ ? कुनै पाँच समानता र पाँच भिन्न पक्षहरुको सूचि बनाउनुहोस ।

  लामो उत्तर दिनुहोस् : १. मध्यकालीन र वर्तमान नेपाली समाजमा कुन कुन कुरामा समानता र कुन कुन कुरामा भिन्नता पाइन्छ ? कुनै पाँच समानता र पाँच भिन्न पक्षहरुको सूचि बनाउनुहोस । उत्तर: मध्यकालीन र वर्तमान नेपाली समाजका समानता र भिन्नता यस प्रकार रहेका छन् : समानताहरू: • मध्यकालमा प्रचलित विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक, साहित्यिक,जात्रा, पर्व र कला आधुनिक कालमा पनि प्रचलित छन् । • मध्यकालमा विकास भएका मूर्तिकला, चित्रकला, वास्तुकला, आधुनिक कालमा परिस्कृत हुदै व्यावसायिककरणको विकास भएको छ । • मध्यकालमा सञ्चालित कपडा उद्योग, धातु उद्योग, खानी उद्योग,काष्ठ उद्योग लगायत विविध उद्योगहरू आधुनिक कालमा निरन्तर सञ्चालन भइरहेका छन् । •मल्लकालमा विकास भएको मानिसको मुख्य पेसा कृषि र पशुपालन थियो जुन आधुनिक कालमा पनि आम्दानीको मुख्य स्रोत रहेको छ । • वर्ण व्यवस्थामा आधारित सामाजिक विशेषता जसलाई जयस्थिति मल्लले मध्यकालमा व्यवस्थापन गरेका थिए, तिनै सामाजिक विशेषता र वर्ण व्यवस्था आधुनिक समाजमा पनि प्रचलनमा छन् । भिन्नताहरू : • मल्लकालिन समाजमा श्रमको विभाजन परम्परागत जातिय आधारमा थियो तर आ

मल्लकालीन आर्थिक अवस्था र हालको आर्थिक अवस्थाको तुलना गर्नुहोस् ।

  मल्लकालीन आर्थिक अवस्था र हालको आर्थिक अवस्थाको तुलना गर्नुहोस् । उतरः तुलनात्मक हिसाबले मल्लकालीन आर्थिक अवस्था र हालको आर्थिक अवस्था यस्तो रहेको छः • उद्योग, वाणिज्य र व्यवसायको विकासले मध्यकालको आर्थिक क्रियाकलापमा तिब्रता आएको थियो भने वर्तमान आर्थिक क्रियाकलापमा कृषि उद्योग, व्यापार, पर्यटन, वैदेशिक रोजगार जस्ता क्षेत्रहरु रहेका छन् तर तिव्रता भने लिनसकिरहेको छैन । • मध्यकालमा बाग्मती, विष्णुमती, मनोहरा, आदि नदी नालाबाट सिंचाइको व्यवस्थामा विशेष ध्यान दिइएकाले खाद्यन्न र नगदेवालीको खेती प्रशस्त मात्रामा गरिन्थ्यो भने वर्तमान समयमा कृषि उत्पादनका लागि विभिन्न रासायनिक मलको प्रयोग गरिन्छ । - मध्यकालमा घरेलु उद्योगतर्क, कपडा बुन्ने, माटाका भाँडा, ईटा झिंगटी पोल्ने, तेल पेल्ने, युद्धको लागि बन्दुक र हात हतियारहरु निर्माण गर्ने स-साना उद्योगधन्दाहरू निकै नै विकसित अवस्थामा थिए भने वर्तमान समयमा यी सबै ससाना उद्योगहरू ठूला उद्योगका रूपमा स्थापित भइसकेका छन् । मध्यकालीन समयमा नेपालको व्यापार तिब्बत, चीन र भारतसँग रही आएको पाइन्छ भने वर्तमान समयमा नेपालको व्यापार अन्य देशहरू सँग प

मध्यकालीन नेपालको वैदेशिक व्यापार सन्तोषजनक हुनुका कुनै पाँच कारणहरू पहिल्याउनुहोस् ।

  मध्यकालीन नेपालको वैदेशिक व्यापार सन्तोषजनक हुनुका कुनै पाँच कारणहरू पहिल्याउनुहोस् । उत्तर: मध्यकालीन नेपालको वैदशिक व्यापार सन्तोषजनक हुनुका पाँच कारणहरु यस प्रकारका रहेका छन् : •राजा महिन्द्र मल्लले नेपालको मुद्रा प्रयोग सम्बन्धमा भारतीय मुगल राजासँग सन्धि गर्नु, • राजा प्रताप मल्लले भीम मल्लको सहायताले तिब्बतमाथि आक्रमण गरी कुती र केरुङसम्म विजय गर्नु, • व्यापारबाट राज्यले कर उठाउनु व्यापारलाई व्यवस्थित गर्न नापतौलका उपकरणहरुको व्यवस्था गर्नु, •तत्कालीन तिब्बतमा नेपाली व्यापारीहरुको एकाधिकार हुनु

मध्यकालीन नेपाल आर्थिक दृष्टिले सम्पन्न थियो । यस भनाइलाई पुष्टि गर्नहोस ।

  छोटो उत्तर दिनुहोस : मध्यकालीन नेपाल आर्थिक दृष्टिले सम्पन्न थियो । यस भनाइलाई पुष्टि गर्नहोस । उत्तर:-मध्यकालीन नेपाल आर्थिक दृष्टिले सम्पन्न थियो भन्ने भनाइ निम्न बुदाहरुले पुष्टि हुन्छ : •यस कालमा काठ, ढङ्गा तथा धातुका कलात्मक वस्तुहरू उत्पादन गर्ने, भाँडाकुँडा बनाउते, तेल पेल्ने तथा घरेलु कपडा उत्पादन गर्ने उद्योगहरु स्थापना गरिएका थिए । •धातुका सामान, तामा र वितलकाभाँडाकुडा लगायतका  सामानहरु छाला, कस्तूरी,  जडीबुटीमा आधारित औषधीहरु नेपालले भारत तथा तिब्बतमा निर्यात गर्ने गर्दथ्यो । •मल्ल राजाहरुले व्यापारको महत्वलाई राम्ररी बुझी जनतालाई तान र चर्खा चलाई राडीपाखी बुन्न प्रेरित गर्दथे । •नेपालमा कागजको उत्पादन ठूलो मात्रामा हुन्थ्यो र नेपाली कागजको खपत भारत र तिब्बतमा हुन्थ्यो •भूमि, निर्माण तथा घरको पनि कर लिने प्रचलन थियो । माथि उल्लेखित विभिन्न आर्थिक गतिविधिहरुका कारण मध्यकालीन नेपाल आर्थिक दृष्टिले सम्पन्न थियो।

गुठी र बिर्ताबिच कुनै एक भिन्नता उल्लेख गर्नुहोस्।

  मध्यकालीन नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था अति छोटो उत्तर दिनुहोस : १. गुठी र बिर्ताबिच कुनै एक भिन्नता उल्लेख गर्नुहोस्। उत्तरः गुठीको लागि छुट्याइएको जमिनलाई गुठी भनिन्दयो भने राजाले दान दिएको भूमिलाई बिर्ता भनिन्थ्यो । पञ्चकचहरी भनेको के हो ? उत्तर- पञ्यकचहरी भनेको मध्यकालमा स्थानीय सामाजिक समस्या समाधान गर्न निर्माण गरिएको ५ जनाको समूह हो । मल्लकालीन नेपालमा प्रचलित कुनै दुई संस्कार कर्महरूको नाम लेख्नुहोस् । उत्तर: मल्लकालीन नेपालमा प्रचलित दुई संस्कार कर्महरु यस प्रकारका थिए: अन्नप्रासन व्रतवन्ध भीम स्थारोहण कस्तो संस्कार हो ? उत्तर: भीम रथारोहण ८० वर्ष उमेर पुगेका मानिसहरुलाई विशेष अनुष्ठान पछि रथारोहण गराउने नेवार समुदायको एउटा महत्त्वपूर्ण संस्कार हो । कस्तो प्रथालाई डोलाजी प्रथा भनिन्थ्यो ? राजा महाराजाहरूले आफ्ना छोरीहरुलाई बिहे गरेर बाहिर नपठाई बेहलालाई घरमै ल्याएर बिहे गरिदिने प्रयालाई डोलाजी प्रथा भनिन्थ्यो  पचपन्न झयाले दरबार कसले बनाएका हुन ? उत्तर: पचपन्न भ्याले दरबार भुपतीन्द्र मल्लले बनाएका हुन्

मध्यकालीन नेपालका मल्ल राज्यहरूको अस्तित्व हराउनको प्रमुख कारण मल्ल शासकहरूकै कमजोरी थियो । यस भनालाई पुष्टि गर्नुहोस्,

  मध्यकालीन नेपालका मल्ल राज्यहरूको अस्तित्व हराउनको प्रमुख कारण मल्ल शासकहरूकै कमजोरी थियो । यस भनालाई पुष्टि गर्नुहोस्, उत्तर: मध्यकालीन नेपालका मल्ल राज्यहरूको अस्तित्व हराउनुको प्रमुख कारण मल्ल शासकहरुकै कमजोरी थियो भन्ने कुरा निम्नानुसारका उदाहरणले पुष्टि हुन्छ : • मल्ल शासकहरू  एकले अर्कालाई अप्ठेरो परिस्थितिमा सहयोग गर्न तयार हुदैनथे बरु बाहिरी शक्ति आएर अर्काको राज्य धोस्त पारेको हेर्न चाहान्थे साना राज्यहरू एकआपसमा युद्ध संलग्न रहन्थे जसले गर्दा छिमेकीसँग खराब सम्बन्ध थियो साना राज्यका दरबारमा षड्यन्त्र र मनमुटावका कारण एक पक्ष शासन गर्थ्यो भने अर्को पक्ष गोर्खालाई एकिकरणका लागि आमन्त्रण गर्थे । • भारतमा अङ्ग्रेजको साम्राज्यवादी नितिका कारण नेपालीहरुमा विसाल र स्वतन्त्र राष्ट्र बनाउने इच्छा बढ्यो । त्यसैले गर्दा एकीकरण सुरु भयो र साना राज्यको अन्त्य हुन पुग्यो साना राज्यहरूको भाइभारदाहरुका बिचमा शक्तिशाली बन्ने महत्वाकाङ्क्षका कारण आपसी भिडन्तले राज्यहरू पतन हुन पुगे ।

पूर्व मध्य कालमा उपत्यकाको अवस्था कस्तो थियो ?

  छोटो उत्तर दिनुहोस् : १. पूर्व मध्य कालमा उपत्यकाको अवस्था कस्तो थियो ? उत्तर : मध्यकालीन वि.सं . १३६ देखि वि.सं . १५३७ सम्मको अवधिलाई पूर्व मध्यकाल भनिन्छ । पूर्व मध्यकालमा काठमाडौँ उपत्यका अथवा नेपाल मण्डलमा लिच्छवि, ठकुरी, गुप्त र पुन: लिच्छवि वंशका राजाहरूले राज्य गरेका थिए । विजयकामदेवको शासनमा पश्चिम तिरबाट मल्लहरुले उनको राज्यमा आक्रमण गरे । युद्धमा उनको हार भयो ।फलस्वरूप नेपाल मण्डल' अथवा काठमाडौँ उपत्यकामा वंशको शासन अन्त्य भई मल्ल शासनको सुरुआत भयो ।

मध्यकालका नाम चलेका मल्ल राजाहरुको नाम लेखी तिनीहरुले गरेका सुधार कार्यहरूको सूची बनाउनुहोस् ।

  मध्यकालका नाम चलेका मल्ल राजाहरुको नाम लेखी तिनीहरुले गरेका सुधार कार्यहरूको सूची बनाउनुहोस् । उत्तर: उत्तर मध्यकालका नाम चलेका मल्ल राजाहरुले गरेका सुधारका कार्यहरू निम्नानुसार रहेका छन् : जयस्थिति मल्ल: - जग्गालाई अब्बल, दोयम: सिम र चाहार गरी चार भागमा विभाजन; घर, जमिन बेचबिखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्था. जातिय पेसा र पहिरनको व्यवस्था यक्ष मल्ल:- तोमडी टोलको मन्दिर, दत्तात्रय मन्दिर, यक्षश्वर मन्दिर,ललितपुरको भीमनाथ मन्दिर स्थापना रत्न मल्ल:- तामाको मुद्रा प्रचलन; तलेजु मन्दिर निर्माण: पशुपतिमा सप्तर्षि र अष्टमातृकाका मूर्ति स्थापना सिद्धिनरसिंह मल्ल :- पाटनको कृष्ण मन्दिर निर्माण, भण्डारखालको धारा पोखरी निर्माण जगतज्योति मल्ल :- भक्तपुरमा विस्केट जात्रा सुरु गरेका

नेपाल संवत् र विक्रम संवतबिच कति वर्षको फरक छ ? अहिले नेपाल |संवत कति हो ?

  मध्यकालीन नेपाल अति छोटो उत्तर विनुहोस् : 9. नेपाल संवत् र विक्रम संवतबिच कति वर्षको फरक छ ? अहिले नेपाल |संवत कति हो ? |नेपाल संवत् र विक्रम संवतबिच ९३६ वर्षको फरक छ । अहिले ११४१ हो । २. जयस्थिति मल्ल र महीन्द्र मल्लले गरेका एक एक सुधार कार्य लेख्नुहोस् । उतर: जयस्थिति मल्लले गरेको सुधारः घर, जमिन बेचबिखन गर्ने र बन्धक राख्न पाइने व्यवस्था महीन्द्र मल्लले गरेको सुधार कार्य तलेजुनजिक महेन्द्रश्वर महादेव मन्दिर निर्माण पाटन राज्यको शासन सधैँ अस्थिर थियो । किन ? उत्तर: पाटन राज्यमा सधैँभरि राजा कमजोर हुनु र छजना प्रधानहरू राजा भन्दा शक्तिशाली भएकाले पाटन राज्यको शासन सधैँ अस्थिर थियो । ४. उपत्यकामा मल्ल राज्यका संस्थापक को थिए ? उत्तर: उपत्यकामा मल्ल राज्यका संस्थापक आरि मल्ल थिए। नेपालको इतिहासमा मध्यकाल भनेर कुन अवधिलाई चिनिन्छ ? उत्तर: नेपालको इतिहासमा वि. सं. ९३६ देखि वि.स. १८२५ सम्मको समयलाई मध्यकाल भनेर चिनिन्छ ।

लिच्छविकालीन नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्था गौरव गर्न लायक थियो । यस भनाइलाई विभिन्न उदाहरणसहित पुष्टि गर्नुहोस ।

  लिच्छविकालीन नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्था गौरव गर्न लायक थियो । यस भनाइलाई विभिन्न उदाहरणसहित पुष्टि गर्नुहोस । लिच्छविकालीन नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्था विभिन्न  कारणले गौरव गर्न लायक थियो लिच्छविकालीन नेपालको सामाजिक, आर्थिक,र राजनीतिक विशेषताहरु यस प्रकार रहेका छन • लिच्छविकालीन नेपाल सामाजिक र राजनीतिक रुपले व्यवस्थित र आर्थिक रूपले सम्पन्न थियो । • लिच्छवि समाजमा बसोबास गर्ने १८ जातका मानिसहरू विच जातीय सद्भाव थियो • सामाजिक कार्यका लागि प्रदीप गोष्ठी, पानीय गोष्ठी अर्चा गोष्ठी लगायतका विभिन्न गोष्ठीहरूको गठन गरिन्थ्यो । • परिवार पितृसत्तात्मक थियो तर समाजमा महिलाको पनि उत्तिकै सम्मान गरिन्थ्यो • राज्जय शक्तिको विकेन्द्रीकरणका लागि राज्यलाई विभिन्न एकाइहरूमा विभाजन गरिएको थियो । • प्रशासन सञ्चालनका लागि विभिन्न अड्डाहरूको व्यवस्था गरिएको थियो। • मूर्ति, काठका सामाना उनी कपासका कपडा। कम्बल, तेल आदि व्यावसायिक रूपमै ठूलो मात्रामा उत्पादन गरि बेचविखन गरिन्थ्यो। • नेपालमा उत्पादिन उनका समान तथा उनको खपत तिब्बत र भारतमा हुने गर्दथ्यो । • विदेशमा व्

लिच्छविकालमा प्रचलनमा रहेका विभिन्न करहरूको सूची बनाउनुहोस् ।

  लिच्छविकालमा प्रचलनमा रहेका विभिन्न करहरूको सूची बनाउनुहोस् । उत्तर: लिच्छविकालमा प्रचलनमा रहेका विभिन्न करहरू यसप्रकार रहेका छन कृषिसँग सम्बन्धित कर 'भाग,' पशुपालनमा लगाइने कर 'भोग, व्यापारमा लगाइने कर "कर," काठमा लगाइने कर " सिङ्कर" कपडामा लगाइने कर "चलकर" प्याजमा लगाइने कर "पलाण्डुकर" लसुनमा लगाउनेकर"लसुनकर" तेलमा लगाइने कर 'तैलकर" लामो उत्तर दिनुहोस:

लिच्छविकालीन समाज आर्थिक रुपले सम्पन्न हुनुका कारणहरू पहिल्याई बुदाँगत रूपमा उल्लेख गर्नुहोस् ।

  छोटो उत्तर दिनुहोस १. लिच्छविकालीन समाज आर्थिक रुपले सम्पन्न हुनुका कारणहरू पहिल्याई बुदाँगत रूपमा उल्लेख गर्नुहोस् । उत्तर: लिच्छविकालीन समाज आर्थिक रुपले सम्पन्न हुनुका कारणहरू निम्नानुसार रहेका छन् : मूर्ति, कलाका सामान, उनी तथा  कपासका कपडा, कम्बल, तेल आदि वस्तुहरूको व्यावसायिक रूपमें ठूलो मात्रामा उत्पादन गरी बेचविखन गरिनु, विदेशमा व्यापार गर्ने व्यापारीको सुरक्षाका लागि चौकीहरू स्थापना गरिनु, नेपालमा उत्पादित उनका समान तथा उनको खपत तिब्बत र भारतमा हुनु कृषि बाली उत्पादन र पशुपालन मुख्य पेसा भए पनि परिवारका लागि आवश्यक विभिन्न वस्तुहरु घरेलु उद्योगबाट उत्पादन गरिनु ।

लिच्छविकाल लाई किन स्वर्ण युग भनिन्छ ?

  पाठ-२ नेपालको प्राचीन इतिहास : लिच्छवि काल अति छोटो उत्तर दिनुहोस्: १. लिच्छविकाल लाई किन स्वर्ण युग भनिन्छ ? लिच्छविकालमा विभिन्न सामाजिक, आर्थिक, सुधारका कार्यहरु र कलाकौशनलको विकास भएकाले यस काललाई स्वर्ण युग भनिन्छ। २. राजा मानदेवलाई प्रयाग ऐतिहासिक राजा भन्नुको कारण के हो ? उत्तरः नेपालको इतिहासमा ऐतिहासिक तथ्यले पुष्टि गरेका राजा मानदेव प्रथम भएकोले उनलाई प्रथम ऐतिहासिक राजा भनिएको हो । इ. राजा अंशुवर्माका कुनै दुई सुधार कार्य लेख्नुहोस् । उत्तर: राजा अंशुवर्माका दुई सुधार कार्य यस प्रकार रहेको छन किसानलाई मर्का पर्नबाट बचाउन कुतसम्बन्धी व्यवस्था र सिंचाइको व्यवस्था ।पशुपालनलाई प्रोत्साहन वैदेशिक व्यापारमा वृद्धि, ४. लिच्छिवि कालमा त्रिकर भन्नाले के  बुझिन्थ्यो ? उत्तर: लिच्छवि कालमा त्रिकर भन्नाले कृषि, पशुपालन र व्यापारको संयुक्त कर भन्ने बुझिन्थ्यो ।

गोपाल र किराँतकालीन नेपालको सामाजिक र आर्थिक अवस्था वर्णन गर्नुहोस्:

  लामो उत्तर दिनुहोस् : गोपाल र किराँतकालीन नेपालको सामाजिक र आर्थिक अवस्था वर्णन गर्नुहोस्: उत्तर  गोपालकालीन नेपालको सामाजिक र आर्थिक अवस्था ऐतिहासिक तथ्य र प्रमाणका आधारमा गोपालहरुको सामाजिक,राजनीतिक एवम आर्थिक अवस्थाको बारेमा खासै अध्ययन र खोजी हुन सकेको छैन गोपालहरू भगवान श्रीकृष्णसँगै नेपाल प्रवेश गरेकाले उनीहरूले हिन्दू धर्म मान्थे भन्न सकिन्छ। त्यसैगरी जीविकाका लागि गोपालहरुले गाई पाल्ने गर्दथे । किराँतकालीन नेपालको सामाजिक र आर्थिक अवस्था किराँतकालीन नेपाली समाज पितृसत्तात्मक थियो । त्यसबेलाको समाजमा विभिन्न जातजातिका मानिसहरु जस्तै लिच्छवि, कोली, मल्ल शाक्य आदि नेपाल प्रवेश गरेका थिए । किराँतीहरु हिन्दू धर्म मान्थे ।उनीहरुले भगवान शिवलाई किरातेश्वर महादेवका रूपमा पूजा गर्दथे। यसबाहेक प्रकृतिका रुख, नदी, सूर्य, पहाडा आदिलाई पनि उनीहरुले ईश्वरका रुपमा पूजा गर्दथे । किराँतकालीन नेपालको आर्थिक अवस्था मजबुत थियो भन्ने कुरा कौटिल्यको अर्थशास्त्र र विभिन्न ग्रन्थहरूमा उल्लेख भएका प्रसङ्गहरुबाट पुष्टि हुन्छ । किराँतकालमा नेपालमा उत्पादित उन र उनीका कपडा तथा गलैचाहरु भारत र तिब्

नेपालको नामांकरण

  भाषागत आधारमा नेपालको नामांकरण कुन कुन भाषाबाट कसरी भएको मानिन्छ ? प्रत्येकको छोटकरीमा वर्णन गर्नुहोस् ! भाषणत आधारमा नेपालको नामकरण विभिन्न भाषाबाट निम्नानुसार भएको मानिन्छ : किराँती र नेवारी भाषामा नेपाल शब्दको अर्थ मध्य भागमा रहेको (ने. मध्य, पाल: देश/ भन्ने बुझिन्छ । काठमाडौँ उपत्यका मध्य पहाडी भागमा अवस्थित भएकाले किराँती र नेवारी भाषामा यसलाई मध्य पहाडी देश भन्नका लागि नेपाल शब्दको प्रयोग गरिएकाले यसको नाम नेपाल रहन गएको हुनुपर्छ । तिब्बती भाषामा 'नेपाल' शब्दको अर्थ उन पाइने ठाउँ वा घर 'ने' उन, 'पाल: घर / हुन्छ । त्यस समयमा उन लागि आउने तिब्बतीहरुले यस ठाउँलाई उनको घर वा उन पाइने ठाउँ भन्नका लागि नेपाल शब्दको प्रयोग गर्थे । तिब्बतीहरूले प्रयोग गरेको नेपाल यही नामका कारण पछि गएर यस ठाउँको नाम नेपाल रहन गयो भन्न सकिन्छ । • लिम्बु भाषामा 'नेपाल' को अर्थ समथर भुमी भन्ने हुन्छ । काठमाडौमा समथर भूमि भएको र लिम्बुहरुले यसलाई नेपाल भन्ने गरेकाले उपत्यकाको नाम नेपाल रहन गएको हो भन्न सकिन्छ  संस्कृत भाषाको 'नीप शब्दबाट काठमाडौँ उपत्यकाको नाम ने

नेपालमा किराँती शासनको सुरुआत र अन्त्य कसरी भयो ?

  नेपालमा किराँती शासनको सुरुआत र अन्त्य कसरी भयो ? उत्तर. किराँतहरु नेपालको पूर्वी पहाडका बासिन्दा थिए । उनीहरूले महिषपालवंशी राजा भुवन सिंहलाई युद्धमा परास्त गरेर नेपालमा आफ्नो शासन सञ्चालन गरेका थिए । यसरी नेपालमा किराँती शासनको सुरुआत भयो । किराँती वंशका २८ औं राजाका  पालादेखि किराँती राज्यमा सोमवंशी राजाहरुले आक्रमण थाले । पटक पटकको आक्रमणपछि किराँतीहरू कमजोर हुँदै गए र गास्ती नामका राजाको पालामा सोमवंशीले किराँत राज्यमाथि विजय प्राप्त गरेसँगै नेपालमा किराँती शासनको अन्त्य भयो ।

गोपालहरू को थिए, उनीहरू कसरी नेपालको पहिलो राजवंश बन्न पुगे ?

  छोटो उत्तर दिनुहोस् : १. गोपालहरू को थिए, उनीहरू कसरी नेपालको पहिलो राजवंश बन्न पुगे ? दक्षिणतिरबाट गाईको बथान लिएर चरनको खोजी गर्दै हिँडने क्रममा काठमाडौँ आइपुगेका समुदाय थिए । गोपालहरू काठमाडौँ प्रवेश गरेपछि स्थानीय नाग जातिका मानिसहरूसँग चरनका लागि भिडन्त भयो । उनीहरूले नाग जातिलाई हराई काठमाडौंबाट लखेटे । त्यस समयमा बाग्मती नदीको किनारमा तपस्या गरेर बस्ने ने नामका ऋषिले भुक्तमान नाम गरेका एकजना गोपाललाई काठमाडौँको राजा बनाएका थिए । यि भुक्तमानको शासनसँगै गोपाल वंशको शासन सुरु भयो । यसरी गोपालहरू नेपालको पहिलो राजवंश बन्न पुगे ।

नेपालको इतिहासको प्राचीन र मध्यकालको समय अवधि लेख्नुहोस् ।

  पाठ १ नेपालको प्राचीन इतिहास : गोपाल, महिषपाल र किराँतकाल अति छोटो उत्तर दिनुहोस् : १. नेपालको इतिहासको प्राचीन र मध्यकालको समय अवधि लेख्नुहोस् । नेपालको इतिहासको प्राचीन कालको समय वि.सं . ९३६ पूर्व र मध्यकालको समय अवधि वि.सं . ९३७ देखि १८२५ सम्म । २. प्राचीन नेपाल भूमिमा काठमाडौँ उपत्यकाभन्दा बाहिर रहेका दुई राज्यहरूको नाम लेख्नुहोस् उत्तर: प्राचीन नेपाल भूमिमा काठमाडौँ उपत्यकाभन्दा बाहिर रहेका दुई राज्यहरू मिथिला राज्य र कविलबस्तु राज्य थिए । किराँतहरुले हिन्दू धर्म मान्थे भन्ने कुरा कसरी पुष्टि हुन्छ ? एउटा उदाहरण दिनुहोस । उत्तरः किराँतहरुले भगवान शिवलाई किराँतेश्वर महादेवका रूपमा पूजा गर्थे भन्ने तयले उनीहरूले हिन्दु धर्म मान्थे भन्ने कुरा पुष्टि हुन्छ । किराँत वंशका पहिलो र अन्तिम राजाको नाम लेख्नुहोस्। उत्तर: किराँत वंशका पहिलो राजा यलम्बर र अन्तिम राजा गास्ती हुन्।

अन्तरप्रदेश परिषद्को गठन निम्न अनुसार हुन्छ ।

  अन्तरप्रदेश परिषद्को गठन निम्न अनुसार हुन्छ । प्रधानमन्त्री - अध्यक्ष नेपाल सरकारका गृहमन्त्री - सदस्य नेपाल सरकारका अर्थमन्त्री - सदस्य सम्बन्धित प्रदेशका मुख्यमन्त्री - सदस्य अन्तरप्रदेश परिषद अन्तरप्रदेशिक सम्बन्धले प्रदेशमा उपलब्ध स्रोत साधनको न्यायोचित वितरण, दिगो आर्थिक विकास, वातावरणीय दिगोपन र सामाजिक,सांस्कृतिक दिगोपनलाई जोड दिइएको छ । यो अन्तरसम्बन्धले तल्लो र माथिल्लो प्रवाह क्षेत्र बिच साधन, स्रोत बाँडफाँड गरिबी असमान्ता र बेरोजगारी समस्यालाई समेट्ने प्रयास गरेको देखिन्छ

प्रदेश प्रदेश बिचको कानूनी व्यावस्था

  प्रदेश प्रदेश बिचको कानूनी व्यावस्था एक प्रदेशले अर्को प्रदेशको कानुनी व्यावस्था वा न्यायीक एवम् प्रशासकिय निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नुपर्ने छ । एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितको विषयमा सूचना आदान प्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य र विषयका बारेमा आपसमा समन्वय गर्न र आपसी सहयोग बिस्तार गर्न सक्ने छ ।नेपालको संविधानको धारा २३४ मा सङ्घ र प्रदेश प्रदेश बिच ऊत्पन्न राजनैतिक तथा साधन स्रोत विवाद समाधान गर्न अन्तरप्रदेश परिषद्को व्यबस्था गरेको छ। • एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानुन बमोजिम समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउनु पर्ने छ ।

आर्थिक अन्तरसम्बन्ध

  आर्थिक अन्तरसम्बन्ध नेपाली नागरिकले कुनै पनि भागमा पेसा, रोजगार उद्योग व्यापार र व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ । प्रदेशमा उपलब्ध स्रोत, साधन र आर्थिक विकासको प्रतिफल न्यायोचित वितरण गर्नुपर्छ । यसका लागि औद्योगिक विकास र निर्यात गर्दै वस्तु तथा सेवाको बजार विविधीकरण र विस्तारकालागि अन्तरप्रदेशिक सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्दछ। औधोगिक विकास, विशेष आर्थिक क्षेत्र, राष्ट्रिय तथा निजी परियोजना मार्फत आर्थिक विकासलाई गतिशिलता प्रदान गर्न अन्तरप्रदेशिक आर्थिक सम्बन्ध आवश्यक हुन्छ । वातावरण संरक्षण र सम्बर्धन तिव्र सहरिकरण र औद्योगिकिकरण भएका क्षेत्रले कार्बन उत्पादन गरि वातावरण बिनाश गरिरहेका छन भने विकासका दृष्टिले पछाडि परेका प्रदेशले हरियाली जोगाएर सन्तुलित र अनुकूलित कार्बन उत्पादनलाई बढाउन मद्दत गरिरहेका छन् । यस्ता प्रदेशले वातावरण जोगाउन निर्वाह गरेको भूमिकालाई दृष्टिगत गर्दै कार्बन व्यापार गर्न पनि अन्तर प्रादेशिक सम्बन्ध आवश्यक हुन्छ ।

सामाजिक सांस्कृतिक अन्तरसम्बन्ध

  सामाजिक सांस्कृतिक अन्तरसम्बन्ध एक प्रदेशका नागरिक बिना रोकटोक अर्को प्रदेशमा आवतजावत गर्न सक्ने, स्थाई वा अस्थाई बसोबासमा अवरोध नहुने उल्लेख छ । मानिसले कुनै पनि प्रदेशमा विवाहवारी गर्दा अवरोध र बाधा व्यवधान हुने छैन । प्रदेशको सामाजिक सम्बन्धलाई संबोधन गर्न स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरि असल समाजको निर्माण एतिहासिक, पुरातात्तिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र विकास गर्ने निति लिएको छ । धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणमा एक प्रदेशले अर्को प्रदेशलाई सहयोग गर्नसकछ । प्रदेशका सामाजिक, सांस्कृतिक र सेवामूलक क्षेत्रमा स्थानिय समुदायको सिर्जनशिलता र सहभागितालाई सुनिश्चित गर्दै सामाजिक र सांस्कृतिक रूपान्तारण गर्ने नितिगत व्यवस्थाले अन्तरप्रादेशिक सम्बन्ध सुदृढ बनाउन सकिन्छ ।

अन्तरप्रदेशिक सम्बन्धका आयामहरू भन्नाले के बुझिन्छ ?

  पाठ ५ अन्तरप्रादेशिक सम्बन्धका आयामहरू अन्तरप्रदेशिक सम्बन्धका आयामहरू भन्नाले के बुझिन्छ ? एक प्रदेशबाट अर्को प्रदेशमा व्यक्तिको आवगमन, यातयात सञ्चालन र वस्तु तथा सूचना सञ्चारका लागि कुनै वाधा, अवरोधको नहुने अवस्थालाई अन्तरप्रदेशिक सम्बन्ध भनिन्छ । नेपालमा प्रदेशहरू प्राकृतिक स्रोत,वातावरण, सामाजिक, सांस्कृतिक, आर्थिक र, यातवात तथा सञ्चारका आधारमा अन्तरसम्बन्धित छन् । प्रदेशको सिमाङ्कन नदी र जलाधार क्षेत्रबाट गरिएको छ  यसले प्रदेशको भौगोलिक र सांस्कृतिक विशेषतालाई स्पष्ट पारेको छ कतिपय प्रदेशको एउटै साझा नदी छ। नदीको पानी उपयोग गर्ने सवालमा प्रदेश बिच दोन्ध हुनसक्छ । एक प्रदेशबाट अर्को प्रदेशमा निर्वाध रुपले हुने यातयात र वस्तु निकासीमा अवरोध आउन सक्छ । त्यसैले यि सबै समस्यालाई सम्बोधन गर्न अन्तरप्रादेशिक सम्बन्धको आवश्यकता पर्दछ नेपालको संविधानको भाग ५मा राज्यको संरचना र राज्य शक्तिको बाडफाड तथा सङ्घ प्रदेश र स्थानीय तह बिचको सम्बन्धको व्यवस्था गरेको छ । यो संविधानको धारा२३२मा संघ प्रदेश र स्थानीय तह बिचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वय संविधानमा आधारित हुने र राष्ट्रि

कर्णालिप्रदेशको आर्थिक अवस्था

 ६. कर्णालिप्रदेशको आर्थिक अवस्था कर्नालीप्रदेशको मुख्य आर्थिक केन्द्र सुर्खेत हो । यस प्रदेशमा जलविद्युत्, खानी, कृषि र वन सम्पदाको क्षेत्रमा राम्रो सम्भावना रहेको छ । कर्नाली प्रदेशका करिव ७५ प्रतिशतमानिसहरू कृषि पेसामा संलग्न छन्। यस प्रदेशको जिविकोपार्जनको प्रमुख आधार खेतिपाती र पशुपालन रहेको छ । मार्सी धान, कोदो, फापर, चिनो, उवा, स्याउआदि यहाँका मुख्यउपादन हुन्। ऋतुप्रवास पशुपालनव्यवसाय कर्नाली प्रदेशमा परम्परादेखि चल्दैआएको छ । यहाँ पशुपालन व्यवसायलाई पैतृक व्यवसायको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने चलन कहिकहि अझै पनि हुँदै आएको छ । कर्नाली प्रदेशमा थोरै मात्रउद्योगहरू छन् ।यहा घरेलु उद्योगहरू धेरै छन् । कर्नाली प्रदेशको प्रमुख व्यापारिक केन्द्र विरेन्द्रनगर हो । यसका साथै जुम्ला खलङ्गा, छिन्चु, चौर झारी, दुनै आदि व्यापारिक केन्द्रहरू छन् । यो प्रदेशबाट सूर्खेत नेपालगञ्जहुँदै भारतसँग व्यापार हुँदै आएको छ । कर्नाली प्रदेशमा पर्यटन उद्योगको विकासको प्रशस्त सम्भावना रहेको छ । यस प्रदेशमा काँक्रेविहार, से फोकसुन्डो ताल, राराताल, चन्दनाथ, मानसरोवर पदयात्रा आदिलाई एकी

बागमती प्रदेशको आर्थिक अवस्था

 ३. बागमती प्रदेशको आर्थिक अवस्था बागमती प्रदेश नेपालको प्रमुख आर्थिक केन्द्र हो । यस प्रदेशको सन् २०१९ / २० मा कुल ग्रार्हस्थ उत्पादनमा ३१.९ प्रतिशत योगदान रहेको छ भने ६० प्रतिशतभन्दा धेरै मानिस कृषि पेसामा लागेको देखिन्छ । बागमती प्रदेशमा धान, मकै, गहुँ, कोदो, फापर, दलहन, तेलहन बाली उत्पादन हुन्छन् । बागमती प्रदेश फलफूल, तरकारी, मासु र दुध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुखरहेको छ । बागमती प्रदेशमा बालाजु, पाटन, भक्तपुर र हेटौँडामा औद्योगिक क्षेत्रहरू रहेका छन् । बागमती प्रदेशकाकाठमाडौँ, नारायणगढ, वनेपा, हेटौँडा प्रमुख व्यापारिक केन्द्रहरू हुन् । रसुवागढी र तातोपानी नाका यस प्रदेशका प्रमुख व्यापारिक नाकाहरू । यहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यापार हुन्छ । बागमती प्रदेशमा प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूले पर्यटन उद्योगको विकासको सम्भावनावृद्धि गरेका छन्। यहाँ विश्व सम्पदामा सूचीकृत पशुपति मन्दिर, चाँगु नारायण, बौद्धस्तूप, दरबारस्क्वायरहरू र राष्ट्रिय निकुञ्ज रहेका छन् । शिवपुरी राष्ट्रिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्छन् यो प्रदेश विद्

सदुरपश्चिम प्रदेशको आर्थिक अवस्था

  स दु रपश्चिम प्रदेशको आर्थिक अवस्था यहाँको पेशा कृषि हो । यस प्रदेशमा ६०% भन्दा बढी मानिसहरु कृषि पेशामा संलग्न छन् । यहाँ मुख्य धान, मकै, गहुँ, कोदो,अन्य आलु, दाल, जडीबुटीसँग सम्बन्धित बालीहरु उत्पादन गरिन्छ ।हिमाली क्षेत्रमा पशुपालन व्यवसायको सम्भावना धेरै छ । यहाँ विभिन्न उद्योगहरू रहेका छन जसले लगभग २१% रोजगारी सृजना गरेको छ । यहाँको मुख्य औद्योगिक केन्द्र धनगढी हो । त्यस्तै व्यापारिक नाकाहरूमा महेन्द्रनगर, टिकापुर, अत्तरिया, डडेलधुरा,दिपायल, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट आदि प्रमुख छन् । विभिन्न प्राकृतिक तथा धार्मिक स्थलहरूले, पर्यटन विकासमा योगदान पुयाउने सम्भावना उच्च रहेको छ यस प्रदेशमा माहाकाली, सेती, चौलानी, बडीगङ्गा आदि नदीहरुबाट जलविद्युतको सम्भावना धेरै छ।यहाँका मानिसहरु वैदेशिक रोजगारीको लागि भारतका विभिन्न सहरहरुमा गईरहेको देखिन्छ । यस प्रदेशको तराई क्षेत्रमा सडक र हवाईमार्गको पूर्वाधार विकास भएको छ । धनगढीबाट पहाड र हिमाल जोड्ने सडक मार्ग बनेका छन् यो प्रदेशका सबै जिल्ला सदरमुकाम सडकले जोडिएका छन् ।

लुम्बिनी प्रदेश आर्थिक अवस्था

  लुम्बिनी प्रदेश आर्थिक अवस्था यहाँको मुख्य पेसा कृषि हो । यहाँ धान, गहुँ, मकै, कोदो, फापर, लगायतका अन्न, बाली र उखु, कपास, कफि जस्ता नगदे बाली लगाइन्छ । यो प्रदेशमा भैरवहा, दाङ, नेपालगन्ज, बुटवल,  जस्ता औद्योगिक तथा व्यापारिक सहरहरू रहेका छन । लम्बिनी, तानसेन, स्वर्गद्वारी आदि क्षेत्रमा पर्यटनको राम्रो विकास भएको छ । शिदार्थ राजमार्ग, हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गले यस क्षेत्रको आर्थिक विकासमा सहयोग गरेको छ । यहाँ भिमरुक, रिडी, बुटवल पावर कम्पनीले विद्युत उत्पादन गरि रहेका छन् ।कर्णाली प्रदेश यहाँका मानिसहरुको मुख्य पेशा कृषि र पशुपालन हो । हिमाली क्षेत्रमा आलु, फापर,कोदो, स्याउ फापर खेति गरिन्छ । विश्व के सबैभन्दा उच्च स्थानमा हुने मार्सि धानको खेती गरिन्छ। यार्सागुम्बा लगायतका बहुमुल्य जडिबुटीहरू सङ्‌कलन गर्ने कार्य यहाँको आम्दानीको  मुख्य स्रोत हो ।रारा ताला फोक्सुन्डो लगायत प्राकृतिक सौन्दर्यले पर्यटन व्यवसायको सम्भावना बोकेको छ । जलश्रोत र जडिबुद्धिका दृष्टिले यो प्रदेश निकै धनि छ तर पूर्वाधारको अभावले विकास हुन सकेको छैन ।विरेन्द्रनगर, खलङ्गा, छिन्चु, चौरझारी आदी य

गण्डकी प्रदेश आर्थिक अवस्था

  गण्डकी प्रदेश आर्थिक अवस्था यहाँका मानिसहरूको मुख्य पेसा कृषि हो । ७२.४% मानिसहरु कृषिमा संलग्न छन् । यो प्रदेशको हिमाली क्षेत्रमा आलु फापर उवा लगायतका बाली उत्पादन हुन्छ । पहाडी क्षेत्रमा मकै, कोदो, गहुँ, धान, र तरकारी खेती लगाइन्छ।भने भित्री मधेस र तराईका जिल्लामा धान उत्पादन गरिन्छ । यो प्रदेशको मुख्य व्यापारिक केन्द्र पोखरा हो भने अन्य स्थानमा वालिङ गैंडाकोट, कावासोती, दमौली, बेनि, जोमसोम आदि प्रमुख छन् । यहाँ पोखरा, अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ, गोरखा मनकामना आदि क्षेत्रमा पर्यटन व्यावसाय विकास भएको छ । यो प्रदेशमा कालिगण्डकी 'ए' मस्यादी लगायत ठुला साना जलविद्युत आयोजनाहरु सञ्चालनमा छन् । नेपाल भित्रनै विदेशी पर्यटकहरु मध्ये ३३% पर्यटक गण्डकी प्रदेशमा आउँछन् । यो प्रदेश यातायातका पूर्वाधारको विकासमा अगाडि छ। सबै जिल्लाहरु काठमाडौं र तराई जोड्ने सडक तथा हवाई मार्गसँग जोडिएका छन् ।

मधेस प्रदेश आर्थिक अवस्था

  मधेस प्रदेश आर्थिक अवस्था यहाँका लगभग ६६% मानिसहरु कृषि पेसामा संलग्न छन् ।यस प्रदेशमा धान, , गहुँ, मकै, दलहन, तेलहन, सुर्ति, आदि जस्ता अन्न र नगदे बाली उत्पादन हुन्छ । पशुपालन यस प्रदेशको अर्थतन्त्रको मुख्य आधार हो । यस प्रदेशको मुख्य औद्योगिक केन्द्र विरगन्ज पथलैया करिडोर हो । लाहान, सिरहा, जनकपुर, जलेश्वर, मलङगा, बर्दिवास आदि  यस प्रदेशको प्रमुख औद्योगिक केन्द्र हुन् । यहाँका मानिसहरू पर्यटन,उद्योग, व्यापार,र सेवा क्षेत्रमा पनि संलग्न रहेका छन् । देश कै ठुलो व्यापारिक नाका  विरगञ्ज यहिँ प्रदेशमा रहेको छ ।  व्यापार होटल जस्ता व्यवसायहरू सहारि क्षेत्रमा सञ्चालन भइरहेका छन् ।बाग्मति प्रदेश यस प्रदेशमा ६०% भन्दा बढी  मानिसहरु कृषि पेसामा संलग्न रहेका छन् । यहाँ धान, मकै, तोरी, स्याऊ, कफि, तरकारी बालीहरु उत्पादन हुन्छन् । देशको सबैभन्दा ठुलो व्यापारिक केन्द्र काठमडौँ सहित बनेपा हेटौडा, रसुवागढी, तातोपानी आदि पर्दछन् । यो प्रदेश सडक  मार्गको पूर्वाधारमा सम्पन्न छ  । त्रिभुवन राजपथ, पृथ्वी राजमर्ग हुलाकीमार्ग तथा द्रुत मार्गले तराईका जिल्लाहरुसँग जोडेको छ। अरनिको राजमार्ग, पासाङ ल्हाम

प्रदेश १ आर्थिक अवस्था

  प्रदेश १ आर्थिक अवस्था यस प्रदेशमा ८१.9% मानिसहरू कृषि पेशामा संलग्न छन् यहाँ मुख्य गरि खाद्यन्न बाली धान, मकै, गहुँ, कोदो आदि उत्पादन गरिन्छ । यस प्रदेशमा सबैभन्दा बढी धानको उत्पादन हुन्छ । हिमाली क्षेत्रमा पशुपालन, दुग्धजन्य पदार्थ उत्पादन र पर्यटन तथा जडिबुटी सङ्कलन मुख्य पेशाको रुपमा रहेका छन् । पहाडि क्षेत्रमा खाद्यन्न पशुपालन, अलैँची, अदुवा, कागती, सुन्तला, जुनार आदि जस्ता फलफूलको उत्पादन गरिन्छ । तराई क्षेत्रमा धान, मकै, जूट, उखु, चिया, सुर्ति, कपास,आदि उत्पादन गरिन्छ । यस प्रदेशमा जुट, चिनि, सलाई, साबुन, सिमेन्ट छड चिया प्रशोदन आदि उद्योगहरू रहेका छन् । विराटनगर, इटहरी, धरान, दमक, धनकुटा, आदिमा व्यापार, व्यवसाय र होटलहरू संचालन भई रहेका छन् । काकडभिट्टा, रानीभन्सार, पशुपति नगर भारतसँग जोडिएका प्रमुख नाका हुन् । ओलाङचुङगोला, किमाथाङका,चीनसँग जोडिने व्यापारिक नाका हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत मकालु, कन्चनजंघा, पुमोरी. आदि हिमालहरूले पर्यटन व्यवसायलाई टेवा पुयाएको छ ।

नेपालका प्रदेशहरूको आर्थिक अवस्था र विशेषतालाई वर्णन गर्नुहोस

  पाठ ४ नेपालका प्रदेशहरूको आर्थिक अवस्था र विशेषतालाई वर्णन गर्नुहोस आर्थिक आयाम अन्तर्गत मानिसहरुको उत्पादनका साधनहरुमा पहुँच र श्रम बजारमा सहभागी हुने क्षमतालाई जनाउँछ । नेपालका सबै प्रदेशहरूको अर्थतन्त्र कृषि र विप्रेषणमा निर्भर देखिन्छ  यहाँका मानिसहरू नोकरी, व्यापार, मजदूरी, वैदेशिक रोजगारी, घरेलु तथा साना उद्योग आदिमा पनि संलग्न छन्  । कुल गारस्थ उत्पादनमा बाग्मती प्रदेशको योगदान सबैभन्दा बढि (३५.८%) र कर्णाली प्रदेशको सबैभन्दा कम (4.3%.) रहेको देखिन्छ । नेपालको हिमाली क्षेत्रमा पशुपालन, पहाडी क्षेत्रमा अमिला जातका फलफूल र तरकारी र तराई क्षेत्रमा खाधन्न बालि धान, मकै, गहुँ, र नगदे बाली उखु,जुट, दलहन, तेलहन , चिया, आदि उत्पादन हुन्छन् ।

कर्णाली प्रदेश सामाजिक सास्कृतिक अवस्था

  कर्णाली प्रदेशको सामाजिक सास्कृतिक अवस्था यो प्रदेश खस आर्यहरूको उद्गम स्थल मानिन्छ । ब्राह्मण, क्षेत्री,थारु, ठकुरी, डोल्पो, मुगाली, गुरुङ, नेवारी आदि जातिका मानिसहरुको बसोबास रहेको छ । यहाँ खस, नेपाली,गुरुङ, तिब्बती   मगर, थारु, डोल्पो, मुगाली,भाषा बोलिन्छ । दुशैँ, तिहार, लहोसार यहाँका प्रमुख चाड हुन्। चन्दननाथ, देउति बझै कालिका मालिका, मष्टा, हाल्जी बौद्ध गुम्बा, ज्वाला देवी काक्रे विहार, त्रिपुरासुन्दरी, आदि प्रमुख धार्मिक स्थल हुन हिन्दु, बौद्ध,मुस्लिम, इसाई धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । यो प्रदेशको HDI 0.53 रहेको छ । सदरपश्चिम प्रदेशको सामाजिक सास्कृतिक अवस्था यस प्रदेशमा मुख्य गरि क्षेत्रि, ब्राह्मण, ठकुरी, थारु, दलित आदि मिश्रित जातिहरुको बसोबास रहेको छ । यस प्रदेशमा हिन्दु (97.2%.). बौद्ध, इसाई, इस्लाम, प्रकृति र अन्य धर्म मान्ने मानिसहरू रहेका छन ।यहाँका प्रमुख भाषाहरुमा डोटेली, नेपाली, थारू, बैतडेली, अक्षामी,बझाङी, मगर आदि प्रमुख छन् । यस प्रदेशको औसत शाक्षत्ता दर 63% रहेको रहेको छ । यस प्रदेशको मानव विचाक सुचाङ्क 0.54 रहेको छ यहाका प्रमुख चाडपर्वहरुमा गौरा पर

गण्डकी प्रदेशकोसामाजिक सास्कृतिक अवस्था

  गण्डकी प्रदेश को सामाजिक सास्कृतिक अवस्था यो प्रदेशमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, नेवार, तामाङ, थकाली,कुमाल, दराई, थारु आदि जातिका मानिसहरूको बसोबास रहेको छ । यहाँका प्रमुख भाषाहरु नेपाली, गुरुङ, मगर, नेवारी, तामाङ, थकाली,कुमाल, दराई आदि प्रमुख छन् । मनकामना, मौलाकाली, गोरखनाथ,विन्ध्यवासिनि, मुक्तिनाथ', गलेश्वर, त्रिवेणी धाम, ताल बाराहि आदि प्रमुख धार्मिक स्सालहरू हुन् । दसैँ, तिहार, बुद्ध जयन्ति, ल्होसार, क्रिस्मस, होली लगायतका चाडहरू मनाइन्छ । यस प्रदेशमा हिन्दु, बौद्ध, इसाई, इस्लाम र बोन धर्म मान्ने मानिसहरुको बसोबास छ । घाँटु, कौरा र सोरठी यस प्रदेशका मौलिक नृत्य हुन् यस प्रदेशको HDI 0.61 रहेको छ । लुम्बिनी प्रदेश यस प्रदेशमा ब्राह्मण, क्षेत्री, थारु, राजवंशी,मुसलमान, मगर,दलित आदि समुदायका मानिसहरूको बसोबास रहेको छ । नेपाली, अवधि,भोजपुरी, थारु, मगर, गुरुङ, लगायतका विभिन्न भाषा बोलिन्छ । यो प्रदेशमा हिन्दु, बौद्ध, इसाई र इस्लाम धर्म मान्ने मानिसहरुको बसोबास छ। यहाँका प्रमुख चाडहरू। दसैं, तिहार, होलि, ल्होसार, इद, क्रिस्मस, बुद्ध जयन्ती,आदि हुन् । गौतम बुद्धको जन्मस्थान

बागमती प्रदेशकोसामाजिक सास्कृतिक अवस्था

  बागमती प्रदेश को सामाजिक सास्कृतिक अवस्था यो प्रदेशमा ब्राह्मण क्षेत्री, नेवार, तामाङ, दलित, चेपाङ, शेर्पा राई, थारू, जिरेल जातिका मानिसहरूको बसोबास रहेको छ । नेपाली नेवारी, तामाङ, शेर्पा, थारु, जिरेल,बज्जीका, अवधि, भोजपुरी आदि भाषा बोलिन्छन् । दसैं, तिहार, छठ, होलि, ल्होसार, शिवरात्री, गाईजात्रा, इन्द्र जात्रा, बिस्केट जात्रा, आदि प्रमुख छन् । पशुपतिनाथ बौद्धनाथ, चाङ्गुनारायण, गोसाइकुण्ड, देवघाट, कालिन्चोक, भिमेश्वर,पलान्चोक भगवती धार्मिक स्वालहरू प्रसिद्ध छन् । यहाँ हिन्दु, बौद्ध, इसाई इस्लाम र किराँती धर्मका मानिसहरू बसोबास गर्दछन् । यस प्रदेशको HDI 0.66 रहेको छ ।

मधेस प्रदेशकोसामाजिक सास्कृतिक अवस्था

  मधेस प्रदेश को सामाजिक सास्कृतिक अवस्था यस प्रदेशमा मधेसी समुदायको बाहुल्यता रहेको छ । थारु यादव,मुसलमान. झाँ, शाह, बाह्मण, क्षेत्री लगायतका जातिहरुको बसोबास रहेको छ । लोपोन्मुख समूहका जातिहरु तेलि, कुशवाहू, धानक मुसहर, कुर्मी, आदि समेत बसोबास गर्दछन् । यहाँ भोजपुरी बज्जिका, नेपाली, उर्दू, थारु हिन्दी आदि भाषा बोलिन्छन ।यहाँका मानिसहरू मुख्य रुपमा हिन्दु, बौद्ध, इसाई, इस्लाम, किराँत, आदी धर्म मान्दछन् । मुख्य चाडपर्वहरुमा छट, होली, दशैँ, तिहार, विवाहपञ्चमी,भिंझियाँ पर्व आदि मनाउदछन् । जनकपुर धाम, गढीमाइ, जलेश्वर छिन्नमस्ता आदि धार्मिक स्थलहरु यस प्रदेशमा रहेका छन् ।यस प्रदेशको मानव विकास सुचाङ्क सबैभन्दा कमजोर छ सन् २०१९ को UNDP प्रतिवेदन अनुसार ०.५1 रहेको छ ।

प्रदेशहरुको सामाजिक सांस्कृतिक अवस्था कस्तो छ छोटकरिमा वर्णन गर्नुहोस

  पाठ:3 प्रदेशहरुको सामाजिक सांस्कृतिक अवस्था कस्तो छ छोटकरिमा वर्णन गर्नुहोस जातिय हिसाबले नेपाल बहुजाती र बहुसंस्कृति भएको देश हो । यहाँ 125 प्रकारका जाति तथा जनजातिहरु र यिनीहरूले बोलने 123 भाषा रहेका छन् । (जनगणना २०६८ ) धार्मिक हिसाबले नेपालीहरू हिन्दु, बौद्ध, इस्लाम, इसाई, किराँत, सिख आदि धर्म मान्दछन् । प्रदेश १ को सामाजिक सास्कृतिक अवस्था यस प्रदेशमा ब्राह्मण, क्षेत्री, मगर, राई, लिम्बु, लेप्चा, तामाङ, शेर्पा,मेचे, कोचे,सतार, धिमाल, राजवंशी, थारु, आदि जातिका मानिसहरूको बसोबास रहेको छ ।भाषागत आधारमा मैथिली, चाम्लिङ, वान्तवा, कुलुङ, यम्फू,नेपाली, याक्खा, लेप्चा, सुनुवार,तामाङ, शेर्पा आदि बोलिन्छन् ।यस प्रदेशमा मनाइने मुख्य चाडपर्वहरु उद्यौली, उभौली, शेर्पाको ल्होसार, मानिरिम्दु, दुम्जी हिन्दुहरुको दशैं, तिहार र मधेसी समुदायको होली छठ जस्ता चाडपर्वहरू मुख्य छन् । यहाँका मुख्य धार्मिक स्थलमा पाथिभरा, माइपोखरी,चतरा धाम, बराह क्षेत्र, हलेसी महादेव बुढासुब्बा आदि प्रमुख रहेका छन् । सन् २०१९ को UNDP प्रतिवेदन अनुसार यस प्रदेशको मानव विकास संचाइक ०.५८ रहेको छ ।

नेपालको प्रदेश अनुसारको जनसंख्याउल्लेख गर्नुहोस

  पाठ-२ नेपालको प्रदेश अनुसारको जनसंख्याउल्लेख गर्नुहोस जनसंख्याको वितरण भौगोलिक क्षेत्र र प्रशासनिक विभाजन अनुसार फरक फरक रहेको छ । भौगोलिक क्षेत्र अनुसार सबैभन्दा बढी जनसंख्या तराईमा छ भने सबैभन्दा कम हिमाली क्षेत्रमा रहेको छ । प्रशासनिक विभाजन अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी जनसङ्ख रहेको छ भने  कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या रहेको छ। क्षेत्र              जनसंख्या                            जनघनत्व           2068                2078             2068       2078 नेपाल 26494504      2,91,92,480         १८०     १९८ हिमाल १७८१७९२        १७७८१०४               34       34 पहाड 1,13, 94007      117,48,548          १८६   १९२     तराई 1,33,18,705       45665828          ३९२    ४६१ प्रदेश १ 45,34,943       49,7 2,0 21       176    192 मधेस प्रदेश54,04, १45    61 ,26,288        561   636 बाग्मती प्रदेश  55,29, 452   60 ,84, 042    273   300 गण्डकी प्रदेश 2403752      24,79,745     112    116 लम्बिनी प्रदेश 4499272      51, 24.225      202   230 कर्णाली प्रदेश 1570418