प्रदेश १ आर्थिक अवस्था
यस प्रदेशमा ८१.9% मानिसहरू कृषि पेशामा संलग्न छन्
यहाँ मुख्य गरि खाद्यन्न बाली धान, मकै, गहुँ, कोदो आदि उत्पादन गरिन्छ । यस प्रदेशमा सबैभन्दा बढी धानको उत्पादन हुन्छ । हिमाली क्षेत्रमा पशुपालन, दुग्धजन्य पदार्थ उत्पादन र पर्यटन तथा जडिबुटी सङ्कलन मुख्य पेशाको रुपमा रहेका छन् । पहाडि क्षेत्रमा खाद्यन्न पशुपालन, अलैँची, अदुवा, कागती, सुन्तला, जुनार आदि जस्ता फलफूलको उत्पादन गरिन्छ । तराई क्षेत्रमा धान, मकै, जूट, उखु, चिया, सुर्ति, कपास,आदि उत्पादन गरिन्छ । यस प्रदेशमा जुट, चिनि, सलाई, साबुन, सिमेन्ट छड चिया प्रशोदन आदि उद्योगहरू रहेका छन् । विराटनगर, इटहरी,
धरान, दमक, धनकुटा, आदिमा व्यापार, व्यवसाय र होटलहरू संचालन भई रहेका छन् । काकडभिट्टा, रानीभन्सार, पशुपति नगर भारतसँग जोडिएका प्रमुख नाका हुन् । ओलाङचुङगोला, किमाथाङका,चीनसँग जोडिने व्यापारिक नाका हुन् । विश्वको सर्वोच्च शिखर
सगरमाथा लगायत मकालु, कन्चनजंघा, पुमोरी. आदि हिमालहरूले पर्यटन व्यवसायलाई टेवा पुयाएको छ ।
Comments
Post a Comment