कर्णालिप्रदेशको आर्थिक अवस्था

 ६. कर्णालिप्रदेशको आर्थिक अवस्था

कर्नालीप्रदेशको मुख्य आर्थिक केन्द्र सुर्खेत हो । यस प्रदेशमा जलविद्युत्, खानी, कृषि र वन सम्पदाको

क्षेत्रमा राम्रो सम्भावना रहेको छ । कर्नाली प्रदेशका करिव ७५ प्रतिशतमानिसहरू कृषि पेसामा संलग्न

छन्। यस प्रदेशको जिविकोपार्जनको प्रमुख आधार खेतिपाती र पशुपालन रहेको छ । मार्सी धान, कोदो, फापर, चिनो, उवा, स्याउआदि यहाँका मुख्यउपादन हुन्। ऋतुप्रवास पशुपालनव्यवसाय कर्नाली प्रदेशमा परम्परादेखि चल्दैआएको छ । यहाँ पशुपालन व्यवसायलाई पैतृक व्यवसायको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने चलन कहिकहि अझै पनि हुँदै आएको छ ।

कर्नाली प्रदेशमा थोरै मात्रउद्योगहरू छन् ।यहा घरेलु उद्योगहरू धेरै छन् ।

कर्नाली प्रदेशको प्रमुख व्यापारिक केन्द्र विरेन्द्रनगर हो । यसका साथै जुम्ला खलङ्गा, छिन्चु, चौर

झारी, दुनै आदि व्यापारिक केन्द्रहरू छन् । यो प्रदेशबाट सूर्खेत नेपालगञ्जहुँदै भारतसँग व्यापार हुँदै

आएको छ ।

कर्नाली प्रदेशमा पर्यटन उद्योगको विकासको प्रशस्त सम्भावना रहेको छ । यस प्रदेशमा काँक्रेविहार, से

फोकसुन्डो ताल, राराताल, चन्दनाथ, मानसरोवर पदयात्रा आदिलाई एकीकृत रूपमा विकास गर्नसके

कर्नाली प्रदेश पर्यटक गन्तव्यको केन्द्र हुन सक्छ ।

कर्नाली प्रदेशमा जलविद्युत् उत्पादनको पनि प्रशस्त सम्भावना रहेको छ । भेरी डाइभर्सन बहुद्देश्यीय परि

योजना यसै प्रदेशमा पर्छ । ठुली भेरी, सानी भेरी, कर्नाली, तिला, हुम्ला कर्नालीलगायत थुप्रै नदीहरूबाट

विद्युत् उत्पादन गर्न सकिन्छ ।

कर्नालीप्रदेशमा सडक पूर्वाधारकोविकास त्यति राम्रो भएको छैन तर हवाई यातायात भने धेरै जिल्लाहरू

चालु छ । नेपालगञ्ज र प्रदेश राजधानी सुर्खेतबाट हुम्ला, मुगु, डोल्पा, जुम्ला आदि जिल्लामा

हवाईयातायात चालु छ । यस प्रदेशमाहुम्ला बाहेक सबै जिल्ला सदरमुकामलाई सडक यातायातले छोएको छ ।

Comments